< अय्यूब 27 >
1 अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,
ヨブまた語を繼ていはく
2 “परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान् जसले मेरो जीवन तितो बनाउनुभएको छ ।
われに義しき審判を施したまはざる神 わが心魂をなやまし給ふ全能者 此神は活く
3 जबसम्म मेरो जीवन ममा रहन्छ, अनि परमेश्वरको सास मेरो नाकमा रहन्छ, तबसम्म म यही कुरा गर्नेछु ।
(わが生命なほ全くわれの衷にあり 神の氣息なほわが鼻にあり)
4 मेरो ओठले दुष्ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।
わが口は惡を言ず わが舌は謊言を語らじ
5 तपाईंहरू तिन जनाले ठिक बोल्नुहुन्छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्यु नभएसम्म म आफ्नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ ।
我決めて汝等を是とせじ 我に死るまで我が罪なきを言ことを息じ
6 म आफ्नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्यसलाई जान दिन्नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्दित पार्नेछैनन् ।
われ堅くわが正義を持ちて之を棄じ 我は今まで一日も心に責られし事なし
7 मेरो शत्रु एक जना दुष्ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।
我に敵する者は惡き者と成り我を攻る者は義からざる者と成るべし
8 किनकि परमेश्वरले ईश्वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
邪曲なる者もし神に絶れその魂神を脱とらるるに於ては何の望かあらん
9 उसमाथि सङ्कष्ट आइपर्दा, के परमेश्वरले उसको पुकारा सुन्नुहुन्छ र?
かれ艱難に罹る時に神その呼號を聽いれたまはんや
10 के ऊ सर्वशक्तिमान्मा आनन्दित हुन्छ, अनि उसले हर समयमा परमेश्वरलाई पुकारा गर्छ?
かれ全能者を喜こばんや 常に神を龥んや
11 म तपाईंहरूलाई परमेश्वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्का विचारहरूलाई लुकाउनेछैनँ ।
われ神の御手を汝等に教へん 全能者の道を汝等に隱さじ
12 हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त?
視よ汝等もみな自らこれを觀たり 然るに何ぞ斯愚蒙をきはむるや
13 दुष्ट मानिसले परमेश्वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्बाट अत्याचारीले पाउने आफ्नो पैतृक-अंश यही हो ।
惡き人の神に得る分 強暴の人の全能者より受る業は是なり
14 उसका छोराछोरीको सङ्ख्या बढ्छन् भने, त्यो तरवारको निम्तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।
その子等蕃れば劍に殺さる その子孫は食物に飽ず
15 ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्ति विलाप गर्नेछैनन् ।
その遺れる者は疫病に斃れて埋められ その妻等は哀哭をなさず
16 दुष्ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि,
かれ銀を積むこと塵のごとく衣服を備ふること土のごとくなるとも
17 उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्नो बिचमा बाँड्नेछन् ।
その備ふる者は義き人これを着ん またその銀は無辜者これを分ち取ん
18 माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्नो घर बनाउँछ ।
その建る家は蟲の巣のごとく また番人の造る茅家のごとし
19 ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।
彼は富る身にて寢臥し重ねて興ること無し また目を開けば即ちその身きえ亡す
20 पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्याउनेछ ।
懼ろしき事大水のごとく彼に追及き 夜の暴風かれを奪ひ去る
21 पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्नेछ । त्यसले उसलाई आफ्नो बासस्थानबाट पुर्याउनेछ ।
東風かれを颺げて去り 彼をその處より吹はらふ
22 उसमाथि त्यो हुत्तिन्छ, र रोकिन्न । त्यसको पन्जाबाट ऊ भाग्न खोज्छ ।
神かれを射て恤まず 彼その手より逃れんともがく
23 उसको गिल्ला गरेर त्यसले आफ्नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।
人かれに對ひて手を鳴し嘲りわらひてその處をいでゆかしむ