< अय्यूब 27 >

1 अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,
And Job again took up his measure, and said: —
2 “परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान्‌ जसले मेरो जीवन तितो बनाउनुभएको छ ।
As GOD liveth who hath taken away my right, even the Almighty, who hath embittered my soul;
3 जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु ।
All the while my inspiration is in me, and the spirit of GOD is in my nostrils,
4 मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।
Verily my lips shall not speak perversity, nor shall, my tongue, utter deceit.
5 तपाईंहरू तिन जनाले ठिक बोल्‍नुहुन्‍छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्‍यु नभएसम्म म आफ्‍नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ ।
Far be it from me! that I should justify, you, —Even until I breathe my last, will I not let go mine integrity from me:
6 म आफ्‍नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्‍यसलाई जान दिन्‍नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्‍दित पार्नेछैनन् ।
On my righteousness, have I taken fast hold, and will not give it up, My heart shall not reproach any of my days.
7 मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।
Let mine enemy be a veritably lawless one! And, he that lifteth himself up against me, one veritably perverse!
8 किनकि परमेश्‍वरले ईश्‍वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्‍वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
For what shall be the hope of the impious, though he graspeth with greed, when GOD shall draw forth his soul?
9 उसमाथि सङ्कष्‍ट आइपर्दा, के परमेश्‍वरले उसको पुकारा सुन्‍नुहुन्‍छ र?
His outcry, will GOD hear, when there cometh upon him distress?
10 के ऊ सर्वशक्तिमान्‌मा आनन्दित हुन्‍छ, अनि उसले हर समयमा परमेश्‍वरलाई पुकारा गर्छ?
Verily, in the Almighty, he will not find delight, nor call on GOD continually!
11 म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्‌का विचारहरूलाई लुकाउनेछैनँ ।
I would teach you, by the hand of GOD, That which is with the Almighty, will I not conceal.
12 हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्‍नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त?
Lo! ye, have, all of you, seen, Wherefore, then, is it, that ye are utterly without purpose?
13 दुष्‍ट मानिसले परमेश्‍वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्‌बाट अत्याचारीले पाउने आफ्‍नो पैतृक-अंश यही हो ।
This, is the portion of a lawless man with GOD, That, the heritage of tyrants—from the Almighty, he shall receive.
14 उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।
If his children be multiplied, for them, [there is] the sword, and, his offspring, shall not be filled with bread;
15 ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।
His survivors, by pestilence, shall come to the grave, and, his widows, shall not weep;
16 दुष्‍ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि,
Though he heap up silver like, dust, and, like a pile, he prepare clothing,
17 उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन् ।
He may prepare, but, the righteous, shall put on, and, the silver, shall the innocent apportion.
18 माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ ।
He hath built, like a moth, his house, —like a hut, which a watcher hath made.
19 ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।
The rich man, shall lie down, and not do it again, his eyes, hath he opened, and then is not.
20 पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ ।
There shall reach him—like waters—terrors, By night, a storm-wind hath stolen him away;
21 पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।
An east wind shall lift him up, and he shall depart, and it shall sweep him away out of his place;
22 उसमाथि त्‍यो हुत्तिन्‍छ, र रोकिन्‍न । त्‍यसको पन्जाबाट ऊ भाग्‍न खोज्‍छ ।
And He will cast upon him and not spare, Out of his hand, shall he, swiftly flee;
23 उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।
He shall clap over him his hands, and shall hiss him forth out of his place.

< अय्यूब 27 >