< अय्यूब 26 >
1 तब अय्यूबले जवाफ दिए र भने,
Då svara Job og sagde:
2 “शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ!
Kvar helst hev du den veike hjelpt? Når studde du den trøytte arm?
3 बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!
Kvar gav du uklok mann ei råd? Kor ovleg visdom hev du synt?
4 कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो?
Kven hev du bore melding til? Kva ånd hev tala gjenom deg?
5 मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।
Skuggarne i angest skjelva, vatsdjup og dei som deri bur.
6 परमेश्वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्न सक्दैन । (Sheol )
Helheimen open ligg for honom, avgrunnen utan noko dekkje. (Sheol )
7 उत्तरी आकाशलाई उहाँले खुल्ला अन्तरिक्षमा तन्काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।
Nordheimen han i audni spana, og hengde jordi yver inkje.
8 उहाँले पानीलाई आफ्नो बाक्लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।
Han vatnet inn i skyer bind; og skyi brest ei under det.
9 उहाँले चन्द्रमाको सतहलाई ढाक्नुहुन्छ, र आफ्ना बादलहरू त्यसमाथि फैलाउनुहुन्छ ।
Kongsstolen sin han gøymer burt og breider skyer yver honom.
10 उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।
Kring vatni han ei grensa set, der som ljos og myrker byta skal.
11 उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्क पर्छन् ।
Stolparne under himmelen skjelv, og rædde vert dei for hans trugsmål.
12 आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।
Han rører havet upp med velde, og med sit vit han krasar ubeist.
13 आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।
Og himmelen klårnar ved hans ande; hans hand den snøgge ormen drap.
14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”
Sjå her utkanten av hans veg; det berre kviskring er me høyrer. Kven skynar, når hans allmagt torar?