< अय्यूब 26 >

1 तब अय्यूबले जवाफ दिए र भने,
そこでヨブは答えて言った、
2 “शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ!
「あなたは力のない者をどれほど助けたかしれない。気力のない腕をどれほど救ったかしれない。
3 बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!
知恵のない者をどれほど教えたかしれない。悟りをどれほど多く示したかしれない。
4 कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो?
あなたはだれの助けによって言葉をだしたのか。あなたから出たのはだれの霊なのか。
5 मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।
亡霊は水およびその中に住むものの下に震う。
6 परमेश्‍वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्‍न सक्‍दैन । (Sheol h7585)
神の前では陰府も裸である。滅びの穴もおおい隠すものはない。 (Sheol h7585)
7 उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।
彼は北の天を空間に張り、地を何もない所に掛けられる。
8 उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।
彼は水を濃い雲の中に包まれるが、その下の雲は裂けない。
9 उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ ।
彼は月のおもてをおおい隠して、雲をその上にのべ、
10 उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।
水のおもてに円を描いて、光とやみとの境とされた。
11 उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् ।
彼が戒めると、天の柱は震い、かつ驚く。
12 आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।
彼はその力をもって海を静め、その知恵をもってラハブを打ち砕き、
13 आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।
その息をもって天を晴れわたらせ、その手をもって逃げるへびを突き通される。
14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”
見よ、これらはただ彼の道の端にすぎない。われわれが彼について聞く所はいかにかすかなささやきであろう。しかし、その力のとどろきに至っては、だれが悟ることができるか」。

< अय्यूब 26 >