< अय्यूब 25 >

1 तब बिल्दद शुहीले जवाफ दिए र यसो भने,
А Вилдад Сушанин одговори и рече:
2 “प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्‍नो उच्‍च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ ।
Власт је и страх у Њега, чини мир на висинама својим.
3 के उहाँको फौजको गन्ति गर्न सकिन्छ र? कसमाथि उहाँको ज्योति चम्कँदैन र?
Војскама Његовим има ли броја? И кога не обасјава видело Његово?
4 तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त? स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ?
И како ће човек бити праведан пред Богом? И како ће чист бити рођени од жене?
5 हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्‍दैन । उहाँको दृष्‍टिमा ताराहरू सिद्ध छैनन् ।
Гле, ни месец не би сјао, ни звезде не би биле чисте пред Њим,
6 मानिस त झन् नगन्‍य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो!
А камоли човек, црв, и син човечји, мољац.

< अय्यूब 25 >