< अय्यूब 24 >
1 दुष्ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्ले किन तोक्नुभएको छैन? परमेश्वरप्रति विश्वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन्?
“Niçin Her Şeye Gücü Yeten yargı için vakit saptamıyor? Neden O'nu tanıyanlar bu günleri görmesin?
2 यस्ता दुष्ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।
İnsanlar sınır taşlarını kaldırıyor, Çaldıkları sürüleri otlatıyorlar.
3 अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्धकका रूपमा लैजान्छन् ।
Öksüzlerin eşeğini kovuyor, Dul kadının öküzünü rehin alıyorlar.
4 दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।
Yoksulları yoldan saptırıyor, Ülkenin düşkünlerini gizlenmeye zorluyorlar.
5 हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।
Bakın, yoksullar çöldeki yaban eşekleri gibi Yiyecek bulmak için erkenden işe çıkıyorlar, Çocuklarına yiyeceği kırlar sağlıyor.
6 गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्टहरूका फसलबाट टिप्न छुटेका दाख बटुल्छन् ।
Yemlerini tarlalardan topluyor, Kötülerin bağındaki artıkları eşeliyorlar.
7 तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्नलाई तिनीहरूसित केही हुँदैन ।
Geceyi giysisiz, çıplak geçiriyorlar, Örtünecek şeyleri yok soğukta.
8 तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्गाको छेउमा पल्टिन्छन् ।
Dağlara yağan sağanaktan ıslanıyor, Sığınakları olmadığı için kayalara sarılıyorlar.
9 यस्ता दुष्ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्धकको रूपमा लैजान्छन् ।
Öksüz memeden uzaklaştırılıyor, Düşkünün bebeği rehin alınıyor.
10 तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्नका बिटाहरू बोक्छन् ।
Giysisiz, çıplak dolaşıyor, Aç karnına demet taşıyorlar.
11 गरिब मानिसहरूले ती दुष्टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।
Teraslar arasında zeytin eziyor, Susuzluktan kavrulurken Şarap için üzüm sıkıyorlar.
12 सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्च्याउँछ । तर परमेश्वरले दोष लगाउनुहुन्न ।
Kentlerden insan iniltileri yükseliyor, Yaralı canlar feryat ediyor, Ama Tanrı haksızlığı önemsemiyor.
13 केही दुष्ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।
“Bunlar ışığa başkaldıranlardır; Onun yolunu tanımaz, İzinde yürümezler.
14 उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।
Gün ağarınca katil kalkar, Düşkünü, yoksulu öldürür, Hırsız gibi sıvışır geceleyin.
15 साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।
Zina edenin gözü alaca karanlıktadır, ‘Beni kimse görmez’ diye düşünür, Yüzünü örtüyle gizler.
16 अन्धकारमा दुष्टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
Hırsızlar karanlıkta evleri deler, Gündüz gizlenir, ışık nedir bilmezler.
17 तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
Çünkü zifiri karanlık, sabahıdır onların, Karanlığın dehşetiyle dostturlar.
18 तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।
“Diyorsunuz ki, ‘Suyun üstündeki köpüktür onlar, Lanetlidir ülkedeki payları, Kimse bağlara gitmez.
19 जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्छ । (Sheol )
Kuraklık ve sıcağın eriyen karı alıp götürdüğü gibi Ölüler diyarı da günahlıları alıp götürür. (Sheol )
20 उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्टतालाई टुक्राटुक्रा पारिनेछ ।
Rahim onları unutacak, Kurtlara yem olacak, Bir daha anılmayacaklar. Haksızlık bir ağaç gibi kırılacak.
21 बच्चा नजन्माएकी बाँझी स्त्रीलाई दुष्टले निलिहाल्छ । उसले विधवाको निम्ति कुनै असल कुरा गर्दैन ।
Onlar çocuğu olmayan kısır kadınları yolar, Dul kadına iyilik etmezler.
22 तापनि परमेश्वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्न ।
Tanrı, gücüyle zorbaları yok eder, Harekete geçince zorbaların yaşama umudu kalmaz.
23 तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्छन् ।
Tanrı onlara güven verir, O'na güvenirler, Ama gözü yürüdükleri yoldadır.
24 यी मानिसहरू उच्च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्न स्तरमा पर्याइनेछ । अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्नको बालाझैं तिनीहरूलाई काटिनेछ ।
Kısa süre yükselir, sonra yok olurlar, Düşerler, tıpkı ötekiler gibi alınıp götürülür, Başak başı gibi kesilirler.’
25 यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?
“Böyle değilse, kim beni yalancı çıkarabilir, Söylediklerimin boş olduğunu gösterebilir?”