< अय्यूब 24 >

1 दुष्‍ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्‌ले किन तोक्‍नुभएको छैन? परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन्?
“Chifukwa chiyani Wamphamvuzonse sayikiratu nthawi yoti aweruze? Chifukwa chiyani iwo amene amadziwa Iyeyo amayembekezera pachabe masiku oterewa?
2 यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्‍छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।
Anthu amasuntha miyala ya mʼmalire, kuti akuze dziko lawo; amadyetsa ziweto zimene aba.
3 अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्‍ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्‍धकका रूपमा लैजान्छन् ।
Amalanda abulu a ana amasiye ndipo amatenganso ngʼombe ya mkazi wamasiye ngati chikole.
4 दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।
Amachotsa mʼmisewu anthu osauka, ndipo amathamangitsa amphawi onse mʼdziko.
5 हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।
Amphawiwo amakhala ngati mbidzi mʼchipululu, amayendayenda kufuna chakudya; dziko lowuma limapereka chakudya cha ana awo.
6 गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन् ।
Iwo amakolola za mʼminda ya eni ake, ndipo amakunkha mphesa mʼminda ya anthu oyipa.
7 तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्‍नलाई तिनीहरूसित केही हुँदैन ।
Amagona maliseche usiku wonse kusowa zovala; pa nthawi yozizira amasowa chofunda.
8 तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्‍थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्‍गाको छेउमा पल्टिन्छन् ।
Amavumbwa ndi mvula ya mʼmapiri ndipo amakangamira ku matanthwe kusowa pobisalapo.
9 यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन् ।
Amatsomphola mwana wamasiye wa ku bere; ndipo amagwira mwana wakhanda wa mʼmphawi kuti akhale chikole.
10 तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन् ।
Amphawi amangoyenda maliseche kusowa zovala; amasenza mitolo ya tirigu, koma nʼkumagonabe ndi njala.
11 गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।
Iwo amayenga mafuta a olivi mʼminda ya anthu oyipa; amapsinya mphesa, koma nʼkumamvabe ludzu.
12 सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्‍च्याउँछ । तर परमेश्‍वरले दोष लगाउनुहुन्‍न ।
Kubuwula kwa anthu amene akufa kumamveka kuchokera mu mzinda, anthu ovulala akulirira chithandizo. Koma Mulungu sakuyimba mlandu wina aliyense.
13 केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।
“Pali ena amene amakana kuwala, amene safuna kuyenda mʼkuwalako kapena kukhala mʼnjira zake.
14 उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।
Dzuwa likalowa, wopha anzake amadzuka ndipo amakapha osauka ndi amphawi; nthawi ya usiku iye amasanduka mbala.
15 साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्‍छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्‍नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।
Munthu wachigololo amadikira chisisira; iyeyo amaganiza kuti, ‘Palibe amene akundiona,’ ndipo amaphimba nkhope yake.
16 अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
Mbala zimathyola nyumba usiku, koma masana zimadzitsekera; izo zimathawa kuwala.
17 तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
Pakuti kwa onsewa mdima wandiweyani ndiye kuti kwawachera. Iwo amachita ubale ndi zoopsa za mdima.
18 तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।
“Komatu iwowo ndi thovu loyandama pa madzi; minda yawo ndi yotembereredwa pa dzikolo kotero kuti palibe amene amapita ku minda ya mpesa.
19 जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्‍छ । (Sheol h7585)
Monga momwe kutentha ndi chilala zimasungunulira madzi owundana ndi momwemonso mmene manda amachotsera omwe achimwa. (Sheol h7585)
20 उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ ।
Mayi wowabereka amawayiwala, mphutsi zimasangalala powadya; anthu oyipa sakumbukiridwanso koma amathyoka ngati mtengo.
21 बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ । उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन ।
Amachitira nkhanza mayi wosabala ndi mayi amene alibe mwana, ndipo sakomera mtima mkazi wamasiye.
22 तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।
Koma Mulungu amawononga munthu wamphamvu mwa mphamvu zake; ngakhale munthuyo atakhazikika, alibe chiyembekezo cha moyo wake.
23 तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्‍वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्‍छन् ।
Mulungu atha kuwalola kuti akhale mosatekeseka, koma amakhala akupenyetsetsa njira zawo.
24 यी मानिसहरू उच्‍च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्‍न स्‍तरमा पर्‍याइनेछ । अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्‍नको बालाझैं तिनीहरूलाई काटिनेछ ।
Kwa kanthawi kochepa oyipa amakwezedwa ndipo kenaka saonekanso; amatsitsidwa ndipo amachotsedwa monga ena onse; amadulidwa ngati ngala za tirigu.
25 यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?
“Ngati zimenezi sizoona, ndani angaonetse kuti ndine wabodza ndi kusandutsa mawu anga kukhala wopanda pake?”

< अय्यूब 24 >