< अय्यूब 23 >
1 तब अय्यूबले जवाफ दिए र यसो भने,
Then Job answered and said:
2 “आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्दनको कारणले मेरो हात गह्रौं भएको छ ।
Still is my complaint bitter; But my wound is deeper than my groaning.
3 ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए!
O that I knew where I might find him! That I might go before his throne!
4 उहाँको सामु म आफ्नो मुद्दालाई क्रमैसित राख्नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।
I would order my cause before him, And fill my mouth with arguments;
5 उहाँले मलाई जवाफ दिएर भन्नुहुने वचनहरू म सिक्नेथिएँ, र उहाँले मलाई भन्नुहुने कुरा बुझ्नेथिएँ ।
I should know what he would answer me, And understand what he would say to me.
6 उहाँले आफ्नो शक्तिको महान्तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।
Would he contend with me with his mighty power? No! he would have regard to me.
7 त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्थ्यो ।
Then would an upright man contend with him, And I should be fully acquitted by my judge.
8 हेर्नुहोस्, म पूर्वतिर जान्छु, उहाँ त्यहाँ हुनुहुन्न, अनि पश्चिमतिर जान्छु, तर म उहाँलाई भेट्न सक्दिन ।
But, behold, I go eastward, and he is not there; And westward, but I cannot perceive him;
9 उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्छ, जसले गर्दा म उहाँलाई देख्न सक्दिनँ ।
To the north, where he worketh, but I cannot behold him; He hideth himself on the south, and I cannot see him.
10 तर म हिंड्ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्नुहुन्छ, तब म खारिएको सुनझैं हुनेछु ।
But he knoweth the way which is in my heart; When he trieth me, I shall come forth as gold.
11 मेरो खुट्टाले उहाँका पाइला पक्का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।
My feet have trodden in his steps; His way I have kept, and have not turned aside from it.
12 उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।
I have not neglected the precepts of his lips; Above my own law have I esteemed the words of his mouth.
13 तर उहाँ बेग्लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
But he is of one mind, and who can turn him? And what he desireth, that he doeth.
14 किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्यस्ता कुराहरू त्यहाँ धेरै छन् ।
He performeth that which is appointed for me; And many such things are in his mind!
15 त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।
Therefore I am in terror on account of him; When I consider, I am afraid of him.
16 किनकि परमेश्वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्ले मलाई त्रसित पार्नुभएको छ ।
For God maketh my heart faint; Yea, the Almighty terrifieth me;
17 अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्त्य भएको छैन ।
Because I was not taken away before darkness came, And he hath not hidden darkness from mine eyes.