< अय्यूब 22 >

1 तब एलीपज तेमानीले जवाफ दिए र यसो भने,
Then answered Eliphaz the Temanite, and said:
2 “के मानिस परमेश्‍वरको लागि उपयोगी हुन सक्छ र? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ र?
Can a man be profitable unto God? Or can he that is wise be profitable unto Him?
3 तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, त्यो उहाँको लाभ हो र?
Is it any advantage to the Almighty, that thou art righteous? Or is it gain to Him, that thou makest thy ways blameless?
4 तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?
Is it for thy fear of Him that He reproveth thee, that He entereth with thee into judgment?
5 के तपाईंको दुष्‍टता विशाल छैन र? के तपाईंको अधर्मको असीमित छैन र?
Is not thy wickedness great? And are not thine iniquities without end?
6 किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्‍नुभएको छ, अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुभएको छ ।
For thou hast taken pledges of thy brother for nought, and stripped the naked of their clothing.
7 थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।
Thou hast not given water to the weary to drink, and thou hast withholden bread from the hungry.
8 तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्‍जतदार मानिस त्‍यसमा बसोबास गर्नुभए पनि,
And as a mighty man, who hath the earth, and as a man of rank, who dwelleth in it,
9 तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।
Thou hast sent widows away empty, and the arms of the fatherless have been broken.
10 त्यसकारण पासोहरू तपाईंको चारैतिर छन्, र एक्‍कासि आउने डरले तपाईंलाई कष्‍ट दिन्छ ।
Therefore snares are round about thee, and sudden dread affrighted thee,
11 अन्धकार हुन्‍छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न । पानीको भलले तपाईंलाई डुबाउँछ ।
Or darkness, that thou canst not see, and abundance of waters cover thee.
12 के परमेश्‍वर स्‍वर्गको उच्‍चमा हुनुहुन्‍न र? आकाशका ताराहरूको उच्‍चता हेर्नुहोस्, ती कति उच्‍चमा छन्!
Is not God in the height of heaven? And behold the topmost of the stars, how high they are!
13 तपाईं भन्‍नुहुन्छ, 'परमेश्‍वरलाई के थाहा छ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ र?
And thou sayest: 'What doth God know? Can He judge through the dark cloud?
14 उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ ।'
Thick clouds are a covering to Him, that He seeth not; and He walketh in the circuit of heaven.'
15 दुष्‍ट मानिसहरू हिंडेका पुरानै मार्गमा, तपाईं पनि हिंड्नुहुन्‍छ र—
Wilt thou keep the old way which wicked men have trodden?
16 तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको छ,
Who were snatched away before their time, whose foundation was poured out as a stream;
17 जसले परमेश्‍वरलाई यसो भने, 'हामीबाट जानुहोस्, ' जसले यसो भने, 'सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्छ र?'
Who said unto God: 'Depart from us'; and what could the Almighty do unto them?
18 तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।
Yet He filled their houses with good things — but the counsel of the wicked is far from me.
19 धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन्, र खुसी हुन्छन् । निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन् ।
The righteous saw it, and were glad, and the innocent laugh them to scorn:
20 तिनीहरू भन्छन्, 'निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'
'Surely their substance is cut off, and their abundance the fire hath consumed.'
21 अब परमेश्‍वरसित सहमत हुनुहोस्, र मिलाप गर्नुहोस् । त्‍यसरी तपाईंकहाँ भलाइ आउनेछ ।
Acquaint now thyself with Him, and be at peace; thereby shall thine increase be good.
22 म तपाईंलाई बिन्ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्‍नो हृदयमा जम्‍मा गर्नुहोस् ।
Receive, I pray thee, instruction from His mouth, and lay up His words in thy heart.
23 तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुहुन्‍छ भने, अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्‍नुहुन्‍छ भने, तपाईंको निर्माण हुनेछ ।
If thou return to the Almighty, thou shalt be built up — if thou put away unrighteousness far from thy tents,
24 आफ्‍नो खजाना भुइँको धूलोमा, ओपीरको सुनलाई खोलाका ढुङ्गाहरूका बिचमा फाल्‍नुहोस्,
And lay thy treasure in the dust, and the gold of Ophir among the stones of the brooks;
25 अनि सर्वशक्तिमान्‌ तपाईंको खजाना, तपाईंको बहुमूल्य चाँदी बन्‍नुहुनेछ ।
And the Almighty be thy treasure, and precious silver unto thee;
26 किनकि त्‍यसपछि तपाईं सर्वशक्तिमान्‌मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्‍वरमा उचाल्‍नुहुनेछ ।
Then surely shalt thou have thy delight in the Almighty, and shalt lift up thy face unto God.
27 तपाईंले आफ्‍नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ, अनि उहाँले तपाईंको बिन्‍ती सुन्‍नुहुनेछ । तपाईंले उहाँमा आफ्नो भाकल पुरा गर्नुहुनेछ ।
Thou shalt make thy prayer unto Him, and He will hear thee, and thou shalt pay thy vows;
28 तपाईंले कुनै पनि आदेश दिनुहुनेछ, र तपाईंको निम्‍ति त्‍यो कुरो पुरा हुनेछ । तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ ।
Thou shalt also decree a thing, and it shall be established unto thee, and light shall shine upon thy ways.
29 परमेश्‍वरले घमण्डी मानिसलाई निम्‍न स्‍तरमा झर्नुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।
When they cast thee down, thou shalt say: 'There is lifting up'; for the humble person He saveth.
30 जो निर्दोष छैन त्‍यो मानिसलाई पनि उहाँले छुटकारा दिनुहुन्छ । तपाईंका हातको शुद्धताले गर्दा तिनीहरूले छुटकारा पाउनेछन् ।”
He delivereth him that is innocent, yea, thou shalt be delivered through the cleanness of thy hands.

< अय्यूब 22 >