< अय्यूब 21 >
1 तब अय्यूबले जवाफ दिए र भने,
Da tok Job til orde og sa:
2 “मेरा वचनलाई ध्यान दिएर सुन्नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् ।
Hør aktsomt på mitt ord og la dette være den trøst I yder mig!
3 मलाई सुन्नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्तर गिल्ला गर्नुहोस् ।
Tål mig, så jeg kan få tale, og når jeg har talt, kan du spotte.
4 मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?
Mon min klage gjelder et menneske? Eller hvorfor skulde min ånd ikke bli utålmodig?
5 मलाई हेर्नुहोस् र छक्क पर्नुहोस्, र आफ्नो हातले आफ्नो मुख छुनुहोस् ।
Vend eder til mig og bli forferdet og legg hånd på munn!
6 मैले आफ्नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।
Kommer jeg det i hu, så forferdes jeg, og mitt kjød gripes av skjelving.
7 दुष्ट मानिसहरू किन निरन्तर बाँच्छन्, बुढा हुन्छन् र सामर्थ्यमा शक्तिशाली हुन्छन्?
Hvorfor blir de ugudelige i live, blir gamle og tiltar endog i velmakt?
8 तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन् ।
De ser sine barn trives omkring sig, og sine efterkommere har de for sine øine.
9 तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्छन् । न त परमेश्वरको छडी नै तिनीहरूमाथि परेको हुन्छ ।
Deres hus er sikre mot redsler, og Guds ris kommer ikke over dem.
10 तिनीहरूका बहर मिसिन्छन् । त्यसो गर्न चुक्दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।
Hans okse parrer sig og spiller ikke, hans ku kalver og kaster ikke i utide.
11 तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् ।
De slipper sine barn ut som småfeet, og deres smågutter hopper omkring.
12 तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् ।
De synger til tromme og citar, og de gleder sig ved fløitens lyd.
13 तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्त बएर तल चिहानमा जान्छन् । (Sheol )
De lever sine dager i lykke, og i et øieblikk farer de ned til dødsriket. (Sheol )
14 तिनीहरूले परमेश्वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।
Og dog sa de til Gud: Vik fra oss! Vi har ikke lyst til å kjenne dine veier.
15 सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?'
Hvad er den Allmektige, at vi skulde tjene ham, og hvad gagn skulde vi ha av å vende oss til ham med bønn?
16 हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्नै हातमा छैन र? दुष्ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।
Ja, men deres lykke står ikke i deres egen hånd. - De ugudeliges tanker er langt fra mine tanker.
17 कतिपल्ट दुष्ट मानिसहरूको बत्ती निभाइन्छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्ट दुःख पठाउनुहुन्छ?
Hvor ofte utslukkes vel de ugudeliges lampe, og hvor ofte hender det at ulykke kommer over dem? Hvor ofte tildeler han dem vel smerter i sin vrede?
18 कतिपल्ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?
Hvor ofte blir de vel som strå for vinden, som agner stormen fører bort?
19 तपाईंहरू भन्नुहुन्छ, 'मानिसको दोषको दण्ड परमेश्वरले उसका छोराछोरीलाई दिनुहुन्छ ।' त्यो उसैले भोग्नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् ।
Men Gud gjemmer hans straff til hans barn. - Ja, men han burde straffe ham selv, så han fikk kjenne det.
20 उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्को क्रोध उसले पिउनुपरोस् ।
Med egne øine burde han få se sin undergang, og av den Allmektiges vrede burde han få drikke selv.
21 किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र?
For hvad bryr han sig om sitt hus efter sin død, når hans måneders tall er ute?
22 परमेश्वरले त उच्चमा हुनेहरूको पनि न्याय गर्नुहुन्छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?
Vil nogen lære Gud visdom, han som dømmer de høieste?
23 एक जना मानिस पूरा बलियो अवस्थामा, बिलकुल शान्ति र चैनमा मर्छ ।
Den ene dør midt i sin velmakt, helt trygg og rolig;
24 उसको शरीर ह्रष्टपुष्ट हुन्छ, र उसको हड्डीहरूको मासी ताजा हुन्छ ।
hans kar var fulle av melk, og margen i hans ben var saftfull.
25 अर्को मानिस मनको तिक्ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन ।
Den andre dør med sorg i hjertet og har aldri nytt nogen lykke.
26 तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।
Begge ligger de i støvet, og makk dekker dem.
27 हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्दछु ।
Se, jeg kjenner eders tanker og de onde råd hvormed I gjør urett mot mig;
28 किनकि तपाईंहरू भन्नुहुन्छ, 'अहिले त्यो राजकुमारको घर कहाँ छ? दुष्ट मानिस कुनै समयमा बस्ने गरेको पाल कहाँ छ?'
for I sier: Hvor er tyrannens hus, og hvor er det telt de ugudelige bor i?
29 यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्नुभएको छैन? तिनीहरूले भन्ने प्रमाण तपाईंहरूलाई थाहा छैन,
Har I aldri spurt dem som har faret vidt omkring? Og I vil vel ikke forkaste deres vidnesbyrd,
30 कि दुष्ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्छ?
at den onde spares på ulykkens dag, på vredens dag føres han unda.
31 दुष्ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्छ र?
Hvem foreholder ham hans ferd like i hans ansikt? og når han gjør noget, hvem gjengjelder ham det?
32 तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।
Til graven bæres han med ære, og over gravhaugen holder de vakt.
33 मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ । अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन् ।
Søt er hans hvile i dalens muld, og alle mennesker vandrer i hans spor, og det er ikke tall på dem som har gått foran ham.
34 तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन?”
Hvor kan I da trøste mig med så tom en trøst? Av eders svar blir det bare troløshet tilbake.