< अय्यूब 20 >
1 तब सोपर नमातीले जवाफ दिए र यसो भने,
Naamalı Sofar şöyle yanıtladı:
2 “ममा भएको चिन्ताको कारणले, मेरा विचारहरूले मलाई झट्टै जवाफ दिने बनाउँछन् ।
“Sıkıntılı düşüncelerim beni yanıt vermeye zorluyor, Bu yüzden çok heyecanlıyım.
3 मलाई अनादार गर्ने हप्की म सुन्छु, तर मेरो सुझबुझको आत्माले मलाई जवाफ दिन्छ ।
Beni utandıran bir azar işitiyorum, Anlayışım yanıt vermemi gerektiriyor.
4 यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्वरले मानिसलाई पृथ्वीमा राख्नुभयोः
“Bilmiyor musun eskiden beri, İnsan dünyaya geldiğinden beri,
5 दुष्ट मानिसको जित क्षणिक हुन्छ, र ईश्वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्छ ।
Kötünün zafer çığlığı kısadır, Tanrısızın sevinciyse bir anlıktır.
6 उसको उच्चता आकाशसम्मै पुगे, र उसको शिर बादलसम्मै पुगे पनि,
Boyu göklere erişse, Başı bulutlara değse bile,
7 त्यस्तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्ट हुनेछ । उसलाई देखेकाहरूले सोध्नेछन्, 'ऊ कहाँ छ?'
Sonsuza dek yok olacak, kendi pisliği gibi; Onu görmüş olanlar, ‘Nerede o?’ diyecekler.
8 ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्त हुनेछ ।
Düş gibi uçacak, bir daha bulunamayacak, Gece görümü gibi yok olacak.
9 उसलाई देखेका आँखाले फेरि उसलाई देख्नेछैन । उसको ठाउँले फेरि उसलाई देख्नेछैन ।
Kendisini görmüş olan gözler bir daha onu görmeyecek, Yaşadığı yerde artık görünmeyecektir.
10 उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्नेछन् । उसको धन-सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ ।
Çocukları yoksulların lütfunu dileyecek, Malını kendi eliyle geri verecektir.
11 उसका हड्डीहरू युवावस्थाका ताकतले भरिएका छन्, तर ऊसँगै ती पनि भुइँमा ढल्नेछन् ।
Kemiklerini dolduran gençlik ateşi Kendisiyle birlikte toprakta yatacak.
12 उसको मुखमा दुष्टता गुलियो भए पनि, उसले त्यसलाई आफ्नो जिब्रोमुनि लुकाए पनि,
“Kötülük ağzında tatlı gözükse, Onu dilinin altına gizlese bile,
13 उसले त्यो त्यहीं राख्छ अनि त्यसलाई, फुत्किन दिंदैन तर त्यो आफ्नो मुखेमा राख्छ भने पनि,
Tutsa, bırakmasa, Damağının altına saklasa bile,
14 उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्यो सर्पको विषझैं बन्छ ।
Yediği yiyecek midesinde ekşiyecek, İçinde kobra zehirine dönüşecek.
15 उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्ता गर्छ । परमेश्वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्छ ।
Yuttuğu servetleri kusacak, Tanrı onları midesinden çıkaracak.
16 उसले सर्षको विष चुस्नेछ । साँभे-सर्पको जिब्रोले उसलाई मार्नेछ ।
Kobra zehiri emecek, Engereğin zehir dişi onu öldürecek.
17 महको धारा अर्थात् तरलता, र घिउको आनन्द उसले लिन पाउनेछैन ।
Akarsuların, bal ve ayran akan derelerin Sefasını süremeyecek.
18 आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्नेछैन । आफ्नो व्यापारद्वारा कमाएको सम्पत्तिको आनन्द उसले पाउनेछैन ।
Zahmetle kazandığını Yemeden geri verecek, Elde ettiği kazancın tadını çıkaramayacak.
19 किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्ती कब्जा गरेको छ ।
Çünkü yoksulları ezip yüzüstü bıraktı, Kendi yapmadığı evi zorla aldı.
20 ऊ आफैमा सन्तुष्ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्नेछैन ।
“Hırsı yüzünden rahat nedir bilmedi, Serveti onu kurtaramayacak.
21 उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्बृद्धि स्थायी हुनेछैन ।
Yediğinden artakalan olmadı, Bu yüzden bolluğu uzun sürmeyecek.
22 आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्नेछ ।
Varlık içinde yokluk çekecek, Sıkıntı tepesine binecek.
23 उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्छ । उसले खाइरहँदा परमेश्वरले उसमाथि त्यो बर्साउनुहुन्छ ।
Karnını tıka basa doyurduğunda, Tanrı kızgın öfkesini ondan çıkaracak, Üzerine gazap yağdıracak.
24 त्यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
Demir silahtan kaçacak olsa, Tunç ok onu delip geçecek.
25 आफ्नो पिठिउँबाट उसले त्यो तान्नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
Çekilince ok sırtından, Parıldayan ucu ödünden çıkacak, Dehşet çökecek üzerine.
26 उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्यसले भष्म पार्नेछ ।
Koyu karanlık onun hazinelerini gözlüyor. Körüklenmemiş ateş onu yiyip bitirecek, Çadırında artakalanı tüketecek.
27 स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।
Suçunu gökler açığa çıkaracak, Yeryüzü ona karşı ayaklanacak.
28 उसको घरको धन लुप्त हुनेछ । परमेश्वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्नेछन् ।
Varlığını seller, Azgın sular götürecek Tanrı'nın öfkelendiği gün.
29 परमेश्वरबाट दुष्ट मानिसले पाउने भाग, परमेश्वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।
Budur kötünün Tanrı'dan aldığı pay, Budur Tanrı'nın ona verdiği miras.”