< अय्यूब 20 >

1 तब सोपर नमातीले जवाफ दिए र यसो भने,
ナアマ人ゾパルこたへて曰く
2 “ममा भएको चिन्ताको कारणले, मेरा विचारहरूले मलाई झट्टै जवाफ दिने बनाउँछन् ।
これに因てわれ答をなすの思念を起し心しきりに之がために急る
3 मलाई अनादार गर्ने हप्की म सुन्छु, तर मेरो सुझबुझको आत्माले मलाई जवाफ दिन्छ ।
我を辱しむる警語を我聞ざるを得ず 然しながらわが了知の性われをして答ふることを得せしむ
4 यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः
なんぢ知らずや古昔より地に人の置れしより以來
5 दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ ।
惡き人の勝誇は暫時にして邪曲なる者の歡樂は時の間のみ
6 उसको उच्‍चता आकाशसम्मै पुगे, र उसको शिर बादलसम्मै पुगे पनि,
その高天に逹しその首雲に及ぶとも
7 त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ?'
終には己の糞のごとくに永く亡絶べし 彼を見識る者は言ん彼は何處にありやと
8 ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।
彼は夢の如く過さりて復見るべからず 夜の幻のごとく追はらはれん
9 उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।
彼を見たる目かさねてかれを見ることあらず 彼の住たる處も再びかれを見ること無らん
10 उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्‍नेछन् । उसको धन-सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ ।
その子等は貧しき者に寛待を求めん 彼もまたその取し貨財を手づから償さん
11 उसका हड्‍डीहरू युवावस्थाका ताकतले भरिएका छन्, तर ऊसँगै ती पनि भुइँमा ढल्‍नेछन् ।
その骨に少壯氣勢充り 然れどもその氣勢もまた塵の中に彼とおなじく臥ん
12 उसको मुखमा दुष्‍टता गुलियो भए पनि, उसले त्‍यसलाई आफ्नो जिब्रोमुनि लुकाए पनि,
かれ惡を口に甘しとして舌の底に藏め
13 उसले त्‍यो त्‍यहीं राख्‍छ अनि त्‍यसलाई, फुत्‍किन दिंदैन तर त्‍यो आफ्‍नो मुखेमा राख्‍छ भने पनि,
愛みて捨ず 之を口の中に含みをる
14 उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्‍यो सर्पको विषझैं बन्छ ।
然どその食物膓の中にて變り 腹の内にて蝮の毒とならん
15 उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्‍ता गर्छ । परमेश्‍वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्‍छ ।
かれ貨財を呑たれども復之を吐いださん 神これを彼の腹より推いだしたまふべし
16 उसले सर्षको विष चुस्‍नेछ । साँभे-सर्पको जिब्रोले उसलाई मार्नेछ ।
かれは蝮の毒を吸ひ 虺の舌に殺されん
17 महको धारा अर्थात् तरलता, र घिउको आनन्‍द उसले लिन पाउनेछैन ।
かれは蜂蜜と牛酪の湧て流るる河川を視ざらん
18 आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन ।
その勞苦て獲たる物は之を償して自ら食はず 又それを求めたる所有よりは快樂を得じ
19 किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको छ ।
是は彼貧しき者を虐遇げて之を棄たればなり 假令家を奪ひとるとも之を改め作ることを得ざらん
20 ऊ आफैमा सन्तुष्‍ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन ।
かれはその腹に飽ことを知ざるが故に自己の深く喜ぶ物をも保つこと能はじ
21 उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन ।
かれが遺して食はざる物とては一も無し 是によりてその福祉は永く保たじ
22 आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ ।
その繁榮の眞盛において彼は艱難に迫られ 乏しき者すべて手をこれが上に置ん
23 उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्‍वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्‍छ । उसले खाइरहँदा परमेश्‍वरले उसमाथि त्‍यो बर्साउनुहुन्‍छ ।
かれ腹を充さんとすれば神烈しき震怒をその上に下し その食する時にこれをその上に降したまふ
24 त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
かれ鐡の器を避れば銅の弓これを射透す
25 आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
是に於て之をその身より拔ば閃く鏃その膽より出きたりて畏懼これに臨む
26 उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।
各種の黒暗これが寳物ををほろぼすために蓄へらる 又人の吹おこせしに非る火かれを焚き その天幕に遺りをる者をも焚ん
27 स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।
天かれの罪を顯はし 地興りて彼を攻ん
28 उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।
その家の儲蓄は亡て神の震怒の日に流れ去ん
29 परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग, परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।
是すなはち惡き人が神より受る分 神のこれに定めたまへる數なり

< अय्यूब 20 >