< इयोब 2 >
1 तब अर्को दिनमा परमेश्वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए । शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो ।
又有一天, 神的众子来侍立在耶和华面前,撒但也来在其中。
2 परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ ।”
耶和华问撒但说:“你从哪里来?”撒但回答说:“我从地上走来走去,往返而来。”
3 परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ । विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ ।”
耶和华问撒但说:“你曾用心察看我的仆人约伯没有?地上再没有人像他完全正直,敬畏 神,远离恶事。你虽激动我攻击他,无故地毁灭他,他仍然持守他的纯正。”
4 शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “वस्तवमा नै छालाको साटो छाला हुन्छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ ।
撒但回答耶和华说:“人以皮代皮,情愿舍去一切所有的,保全性命。
5 तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन् ।”
你且伸手伤他的骨头和他的肉,他必当面弃掉你。”
6 परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्नैपर्छ ।”
耶和华对撒但说:“他在你手中,只要存留他的性命。”
7 तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो ।
于是撒但从耶和华面前退去,击打约伯,使他从脚掌到头顶长毒疮。
8 आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
约伯就坐在炉灰中,拿瓦片刮身体。
9 तब तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस् ।”
他的妻子对他说:“你仍然持守你的纯正吗?你弃掉 神,死了吧!”
10 तर तिनले उनलाई भने, “एक जना मूर्ख स्त्रीले बात गरेझैं तिमी बात गर्छ्यौ । के हामीले परमेश्वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन् ।
约伯却对她说:“你说话像愚顽的妇人一样。嗳!难道我们从 神手里得福,不也受祸吗?”在这一切的事上约伯并不以口犯罪。
11 जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले ।
约伯的三个朋友—提幔人以利法、书亚人比勒达、拿玛人琐法—听说有这一切的灾祸临到他身上,各人就从本处约会同来,为他悲伤,安慰他。
12 जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्ना सोर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले ।
他们远远地举目观看,认不出他来,就放声大哭。各人撕裂外袍,把尘土向天扬起来,落在自己的头上。
13 तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे । कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे ।
他们就同他七天七夜坐在地上,一个人也不向他说句话,因为他极其痛苦。