< अय्यूब 19 >
1 तब अय्यूबले जवाफ दिए र भने,
respondens autem Iob dixit
2 “कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्छ?
usquequo adfligitis animam meam et adteritis me sermonibus
3 यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्नुहुन्न ।
en decies confunditis me et non erubescitis opprimentes me
4 मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्नै सरोकारको कुरो हो ।
nempe et si ignoravi mecum erit ignorantia mea
5 तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्छ, र मेरो तुच्छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
at vos contra me erigimini et arguitis me obprobriis meis
6 तब तपाईंहरूले जान्नुपर्छ, परमेश्वरले मेरो हानि गर्नुभएको र मलाई आफ्नो पासोमा पार्नुभएको छ।
saltim nunc intellegite quia Deus non aequo iudicio adflixerit me et flagellis suis me cinxerit
7 हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्पक्ष व्यवहार हुँदैन ।
ecce clamabo vim patiens et nemo audiet vociferabor et non est qui iudicet
8 मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्नुभएको छ ।
semitam meam circumsepsit et transire non possum et in calle meo tenebras posuit
9 उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।
spoliavit me gloria mea et abstulit coronam de capite meo
10 उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्नुभएको छ ।
destruxit me undique et pereo et quasi evulsae arbori abstulit spem meam
11 उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्नुहुन्छ ।
iratus est contra me furor eius et sic me habuit quasi hostem suum
12 उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।
simul venerunt latrones eius et fecerunt sibi viam per me et obsederunt in gyro tabernaculum meum
13 उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।
fratres meos longe fecit a me et noti mei quasi alieni recesserunt a me
14 मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।
dereliquerunt me propinqui mei et qui me noverant obliti sunt mei
15 मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू र दासीहरूले मलाई बिरोनो ठान्छन् । तिनीहरूको दृष्टिमा म अनौठो भएको छु ।
inquilini domus meae et ancillae meae sicut alienum habuerunt me et quasi peregrinus fui in oculis eorum
16 म आफ्नो सेवकलाई बोलाउँछु, तर उसले मलाई जवाफ दिंदैन । मैले आफ्नै मुखले त्यसलाई बिन्ती गर्छु ।
servum meum vocavi et non respondit ore proprio deprecabar illum
17 मेरो सास मेरी पत्नीलाई दुर्गन्धित लाग्छ । मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन् ।
halitum meum exhorruit uxor mea et orabam filios uteri mei
18 सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।
stulti quoque despiciebant me et cum ab eis recessissem detrahebant mihi
19 मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।
abominati sunt me quondam consiliarii mei et quem maxime diligebam aversatus est me
20 मेरा हड्डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्ना दाँतको छालाले मात्र बाँचेको छु ।
pelli meae consumptis carnibus adhesit os meum et derelicta sunt tantummodo labia circa dentes meos
21 मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्वरको हातले मलाई छोएको छ ।
miseremini mei miseremini mei saltim vos amici mei quia manus Domini tetigit me
22 परमेश्वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्ट पार्छ र?
quare persequimini me sicut Deus et carnibus meis saturamini
23 ओहो, मेरो वचनहरू यति बेला लेखिए त! ओहो, ती एउटा पुस्तकमा लेखिए त!
quis mihi tribuat ut scribantur sermones mei quis mihi det ut exarentur in libro
24 ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त!
stilo ferreo et plumbi lammina vel certe sculpantur in silice
25 तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।
scio enim quod redemptor meus vivat et in novissimo de terra surrecturus sim
26 मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्वरलाई देख्नेछु ।
et rursum circumdabor pelle mea et in carne mea videbo Deum
27 मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।
quem visurus sum ego ipse et oculi mei conspecturi sunt et non alius reposita est haec spes mea in sinu meo
28 तपाईंहरूले यसो भन्नुहुन्छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्टको जड ऊ आफै हो,'
quare ergo nunc dicitis persequamur eum et radicem verbi inveniamus contra eum
29 तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्याय हुन्छ भनी तपाईंहरूले जान्नुहुनेछ ।”
fugite ergo a facie gladii quoniam ultor iniquitatum gladius est et scitote esse iudicium