< अय्यूब 19 >

1 तब अय्यूबले जवाफ दिए र भने,
Then Job answered and said,
2 “कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्‍छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्‍छ?
How long will ye vex my soul and break me in pieces with words?
3 यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।
These ten times have ye reproached me: ye are not ashamed that ye deal hardly with me.
4 मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्‍नै सरोकारको कुरो हो ।
And be it indeed that I have erred, mine error remaineth with myself.
5 तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,
If indeed ye will magnify yourselves against me, and plead against me my reproach:
6 तब तपाईंहरूले जान्‍नुपर्छ, परमेश्‍वरले मेरो हानि गर्नुभएको र मलाई आफ्‍नो पासोमा पार्नुभएको छ।
Know now that God hath subverted me [in my cause], and hath compassed me with his net.
7 हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।
Behold, I cry out of wrong, but I am not heard: I cry for help, but there is no judgment.
8 मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।
He hath fenced up my way that I cannot pass, and hath set darkness in my paths.
9 उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।
He hath stripped me of my glory, and taken the crown from my head.
10 उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्‍छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्‍नुभएको छ ।
He hath broken me down on every side, and I am gone: and mine hope hath he plucked up like a tree.
11 उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।
He hath also kindled his wrath against me, and he counteth me unto him as [one of] his adversaries.
12 उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।
His troops come on together, and cast up their way against me, and encamp round about my tent.
13 उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्‍नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।
He hath put my brethren far from me, and mine acquaintance are wholly estranged from me.
14 मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।
My kinsfolk have failed, and my familiar friends have forgotten me.
15 मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू र दासीहरूले मलाई बिरोनो ठान्छन् । तिनीहरूको दृष्‍टिमा म अनौठो भएको छु ।
They that dwell in mine house, and my maids, count me for a stranger: I am an alien in their sight.
16 म आफ्‍नो सेवकलाई बोलाउँछु, तर उसले मलाई जवाफ दिंदैन । मैले आफ्‍नै मुखले त्यसलाई बिन्ती गर्छु ।
I call unto my servant, and he giveth me no answer, [though] I entreat him with my mouth.
17 मेरो सास मेरी पत्‍नीलाई दुर्गन्धित लाग्छ । मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन् ।
My breath is strange to my wife, and my supplication to the children of my [mother’s] womb.
18 सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्‍दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।
Even young children despise me; if I arise, they speak against me.
19 मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।
All my inward friends abhor me: and they whom I loved are turned against me.
20 मेरा हड्‍डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्‍ना दाँतको छालाले मात्र बाँचेको छु ।
My bone cleaveth to my skin and to my flesh, and I am escaped with the skin of my teeth.
21 मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्‍वरको हातले मलाई छोएको छ ।
Have pity upon me, have pity upon me, O ye my friends; for the hand of God hath touched me.
22 परमेश्‍वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्‍ट पार्छ र?
Why do ye persecute me as God, and are not satisfied with my flesh?
23 ओहो, मेरो वचनहरू यति बेला लेखिए त! ओहो, ती एउटा पुस्तकमा लेखिए त!
Oh that my words were now written! oh that they were inscribed in a book!
24 ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त!
That with an iron pen and lead they were graven in the rock for ever!
25 तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।
But I know that my redeemer liveth, and that he shall stand up at the last upon the earth:
26 मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।
And after my skin hath been thus destroyed, yet from my flesh shall I see God:
27 मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।
Whom I shall see for myself, and mine eyes shall behold, and not another. My reins are consumed within me.
28 तपाईंहरूले यसो भन्‍नुहुन्‍छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्‍टको जड ऊ आफै हो,'
If ye say, How we will persecute him! seeing that the root of the matter is found in me;
29 तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्‍याय हुन्‍छ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”
Be ye afraid of the sword: for wrath [bringeth] the punishments of the sword, that ye may know there is a judgment.

< अय्यूब 19 >