< अय्यूब 18 >

1 तब बिल्दद शुहीले जवाफ दिए र भने,
Tad Bildads no Šuhas atbildēja un sacīja:
2 “आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
Cik ilgi vēl jūs grābstīsities pēc vārdiem? Pieņemiet padomu, un tad runāsim.
3 तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?
Kāpēc mēs topam turēti par lopiem, un par muļķiem jūsu acīs?
4 तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्‍ति पृथ्वीलाई त्यागिदिने? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?
Tava dvēsele no dusmām plīst; vai tad tevis dēļ zeme paliks tukša un klintis celsies no savas vietas?
5 वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।
Tomēr bezdievīgo gaisma izdzisīs, un viņa uguns liesma nespīdēs.
6 उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
Gaišums paliek tumšs viņa dzīvoklī, un viņa spīdeklis pār viņu izdziest.
7 उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।
Viņa varas ceļi paliek šauri, un paša padoms viņu gāž.
8 किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ ।
Jo viņa kājas to iedzen tīklā, un viņš staigā pār slazda valgiem.
9 पासोले त्यसलाई कुर्कुच्‍चोमा समात्‍ने छ । जालले त्यसलाई पसाउनेछ ।
Valgs saista viņa pēdas, un saites viņu satver.
10 उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ ।
Viņa valgs ir apslēpts zemē, un viņa slazds uz ceļa.
11 त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्‍नेछन् ।
Visapkārt bailība viņu iztrūcina un viņu dzen uz visiem soļiem.
12 उसको धन-सम्पत्तिले भोकमा पुर्‍याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।
Nelaime taisās viņu rīt, un posts ir gatavs viņu gāzt.
13 उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।
Tas ēd viņa miesas, un nāves pirmdzimušais rij viņa locekļus.
14 आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ ।
Viņa cerība tiek atņemta no viņa dzīvokļa, un viņam jānoiet pie briesmu ķēniņa.
15 अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन् ।
Viņa dzīvoklī dzīvo visai sveši, uz viņa mājas vietu kaisa sēru.
16 उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
No apakšas sakalst viņa saknes, un no augšienes novīst viņa zari.
17 पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
Viņa piemiņa iznīkst no zemes, un slava viņam nepaliek pasaulē.
18 उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।
No gaismas to izstumj tumsā un aizdzen no zemes virsas.
19 उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।
Viņam nav nedz bērna, nedz bērnu bērna savos ļaudīs, un neviens neatliek viņa māju vietās.
20 एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।
Kas rietumos, iztrūcinājās par viņa dienu, un kas austrumos, tos pārņem šaušalas.
21 निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्‍छन् । परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन् ।
Tiešām, tā notiek netaisno dzīvokļiem un tādu ļaužu vietai, kas Dievu neatzīst.

< अय्यूब 18 >