< अय्यूब 18 >
1 तब बिल्दद शुहीले जवाफ दिए र भने,
Then Bildad the Shuhite answered and said,
2 “आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
“When will you stop your talk? Consider, and afterwards we will speak.
3 तपाईंको दृष्टिमा हामीलाई किन जङ्गली पशुहरू जस्तै मूर्ख छौं?
Why are we regarded as beasts, stupid in your sight?
4 तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्ति पृथ्वीलाई त्यागिदिने? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?
You who tear at yourself in your anger, should the earth be forsaken for you or should the rocks be removed out of their places?
5 वास्तवमा दुष्ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।
Indeed, the light of the wicked person will be put out; the spark of his fire will not shine.
6 उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
The light will be dark in his tent; his lamp above him will be put out.
7 उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।
The steps of his strength will be made short; his own plans will cast him down.
8 किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्नेछ । ऊ खल्डोतिर भौंतारिंदै जानेछ ।
For he will be thrown into a net by his own feet; he will walk into a pitfall.
9 पासोले त्यसलाई कुर्कुच्चोमा समात्ने छ । जालले त्यसलाई पसाउनेछ ।
A trap will take him by the heel; a snare will lay hold on him.
10 उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्नेछ ।
A noose is hidden for him on the ground; and a trap for him in the way.
11 त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्नेछन् ।
Terrors will make him afraid on every side; they will chase him at his heels.
12 उसको धन-सम्पत्तिले भोकमा पुर्याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।
His wealth will turn into hunger, and calamity will be ready at his side.
13 उसको शरीरका अंगहरू नष्ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।
The parts of his body will be devoured; indeed, the firstborn of death will devour his parts.
14 आफ्नो पालको सुरक्षाबाट उसलाई घिस्याइन्छ, र त्रासको राजाकहाँ लगिन्छ ।
He is torn from the safety of his tent and marched off to the king of terrors.
15 अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्ने छैनन् ।
People not his own will live in his tent after they see that sulfur is scattered within his home.
16 उसका जराहरू तलतिरका नै सुक्नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
His roots will be dried up beneath; above will his branch be cut off.
17 पृथ्वीबाट उसको सम्झना लुप्त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
His memory will perish from the earth; he will have no name in the street.
18 उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।
He will be driven from light into darkness and be chased out of this world.
19 उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।
He will have no son or son's son among his people, nor any remaining kinfolk where he had stayed.
20 एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्चिममा बस्नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्नेहरू त्यसमा त्रसित हुनेछन् ।
Those who live in the west will be horrified at what happens to him one day; those who live in the east will be frightened by it.
21 निश्चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्छन् । परमेश्वरलाई नचिन्नेहरूका ठाउँहरू यस्तै हुने छन् ।
Surely such are the homes of unrighteous people, the places of those who do not know God.”