< अय्यूब 17 >
1 मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।
Moyo wangu umevunjika, siku zangu zimefupishwa, kaburi linaningojea.
2 निश्चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।
Hakika wenye mizaha wamenizunguka; macho yangu yamebaki kutazama uadui wao.
3 मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र?
“Ee Mungu, nipe dhamana unayodai. Ni nani mwingine atakayeweka dhamana kwa ajili yangu?
4 किनकि हे परमेश्वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्न ।
Umezifunga akili zao zisipate ufahamu, kwa hiyo hutawaacha wapate ushindi.
5 इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् ।
Kama mtu akiwashutumu rafiki zake ili apate ujira, macho ya watoto wake yatashindwa kuona.
6 तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।
“Mungu amenifanya kitu cha dhihaka kwa kila mtu, mtu ambaye watu humtemea mate usoni.
7 शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।
Macho yangu yamefifia kwa ajili ya majonzi; umbile langu lote ni kama kivuli.
8 यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्वरहीन मानिसहरूको विरुद्धमा सुर्याउनेछ ।
Watu wanyofu wanatishwa na hili; watu wasio na hatia wanasimama dhidi ya wasiomcha Mungu.
9 धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ । शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ ।
Hata hivyo, waadilifu watazishika njia zao, nao wale wenye mikono safi wataendelea kupata nguvu.
10 तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।
“Lakini ninyi njooni, ninyi nyote, jaribuni tena! Sitampata mtu mwenye hekima miongoni mwenu.
11 मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्यस्तै भयो ।
Siku zangu zimepita, mipango yangu imevunjika, vivyo hivyo shauku za moyo wangu.
12 यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्छन् । उज्यालो अँध्यारको नजिकै छ ।
Watu hawa hufanya usiku kuwa mchana, kwenye giza wao husema, ‘Mwanga u karibu.’
13 मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने, (Sheol )
Kama nyumba pekee ninayoitarajia ni kaburi, kama nikikitandika kitanda changu gizani, (Sheol )
14 र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने,
kama nikiuambia uharibifu, ‘Wewe u baba yangu,’ na kuliambia buu, ‘Wewe u mama yangu’ au ‘Dada yangu,’
15 तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्न सक्छ र?
liko wapi basi tarajio langu? Ni nani awezaye kuona tarajio lolote kwa ajili yangu?
16 जब हामी धूलोमा फर्कन्छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र? (Sheol )
Je, litashuka chini hadi kwenye malango ya mauti? Je, tutashuka pamoja mavumbini?” (Sheol )