< अय्यूब 17 >
1 मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।
My spirit is consumed, my days are extinct, the grave is ready for me.
2 निश्चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।
Surely there are mockers with me, and mine eye abideth in their provocation.
3 मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र?
Give now a pledge, be surety for me with Thyself; who else is there that will strike hands with me?
4 किनकि हे परमेश्वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्न ।
For Thou hast hid their heart from understanding; therefore shalt Thou not exalt them.
5 इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् ।
He that denounceth his friends for the sake of flattery, even the eyes of his children shall fail.
6 तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।
He hath made me also a byword of the people; and I am become one in whose face they spit.
7 शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।
Mine eye also is dimmed by reason of vexation, and all my members are as a shadow.
8 यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्वरहीन मानिसहरूको विरुद्धमा सुर्याउनेछ ।
Upright men are astonished at this, and the innocent stirreth up himself against the godless.
9 धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ । शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ ।
Yet the righteous holdeth on his way, and he that hath clean hands waxeth stronger and stronger.
10 तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।
But as for you all, do ye return, and come now; and I shall not find a wise man among you.
11 मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्यस्तै भयो ।
My days are past, my purposes are broken off, even the thoughts of my heart.
12 यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्छन् । उज्यालो अँध्यारको नजिकै छ ।
They change the night into day; the light is short because of darkness.
13 मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने, (Sheol )
If I look for the nether-world as my house; if I have spread my couch in the darkness; (Sheol )
14 र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने,
If I have said to corruption: 'Thou art my father', to the worm: 'Thou art my mother, and my sister';
15 तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्न सक्छ र?
Where then is my hope? And as for my hope, who shall see it?
16 जब हामी धूलोमा फर्कन्छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र? (Sheol )
They shall go down to the bars of the nether-world, when we are at rest together in the dust. (Sheol )