< अय्यूब 16 >
1 तब अय्यूबले जवाफ दिए र भने,
Then Job answered:
2 “धेरै यस्ता कुराहरू मैले सुनेको छु । सान्वना दिने तपाईंहरू सबैले दुःख दिनुहुन्छ ।
“I have heard many things like these; miserable comforters are you all.
3 के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्छन् कि? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ?
Is there no end to your long-winded speeches? What provokes you to continue testifying?
4 तपाईंहरू ठाउँमा हुनुहुन्थ्यो भने, तपाईंहरूले बोलेझैं म पनि बोल्न सक्थें, तपाईंहरूको विरुद्धमा शब्दहरू जम्मा गर्न र मिलाउन सक्थें, र गिल्ला गर्दै मेरो शिर हल्लाउन सक्थें ।
I could also speak like you if you were in my place; I could heap up words against you and shake my head at you.
5 मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें, र मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें ।
But I would encourage you with my mouth, and the consolation of my lips would bring relief.
6 मैले बोल्दा त मेरो शोक कम हुँदैन । मैले बोल्न छाडें भने मलाई कसरी मदत हुन्छ?
Even if I speak, my pain is not relieved, and if I hold back, how will it go away?
7 तर हे परमेश्वर, तपाईंले मलाई थकित पार्नुभएको छ । तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको छ ।
Surely He has now exhausted me; You have devastated all my family.
8 तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।
You have bound me, and it has become a witness; my frailty rises up and testifies against me.
9 परमेश्वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।
His anger has torn me and opposed me; He gnashes His teeth at me. My adversary pierces me with His eyes.
10 मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।
They open their mouths against me and strike my cheeks with contempt; they join together against me.
11 परमेश्वरले मलाई ईश्वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्ट मानिसहरूका हातमा फाल्नुहुन्छ ।
God has delivered me to unjust men; He has thrown me to the clutches of the wicked.
12 म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।
I was at ease, but He shattered me; He seized me by the neck and crushed me. He has set me up as His target;
13 उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्छन् । परमेश्वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्नुहुन्न । उहाँले मेरो पित्त भुइँमा पोख्नुहुन्छ ।
His archers surround me. He pierces my kidneys without mercy and spills my gall on the ground.
14 उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्टिनुहुन्छ ।
He breaks me with wound upon wound; He rushes me like a mighty warrior.
15 आफ्नो शरीर ढाक्नलाई मैले भाङ्ग्रा सिएको छु । मैले आफ्नो टाउकोलाई भुइँमा गाडेको छु ।
I have sewn sackcloth over my skin; I have buried my horn in the dust.
16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ । मेरो आँखाको वरिपरि मृत्युको छाया छ,
My face is red with weeping, and deep shadows ring my eyes;
17 जबकि मेरा हातमा कुनै हिंसा छैन र मेरो प्रार्थना शुद्ध छ ।
yet my hands are free of violence and my prayer is pure.
18 ए पृथ्वी, मेरो रगतलाई नछोप । मेरो रोदनले विश्राम नपाओस् ।
O earth, do not cover my blood; may my cry for help never be laid to rest.
19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ । मलाई स्याबासी दिनुहुने उच्चमा हुनुहुन्छ ।
Even now my witness is in heaven, and my advocate is on high.
20 मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्वरमा आँसु बगाउँछ ।
My friends are my scoffers as my eyes pour out tears to God.
21 मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्वरसित बहस गरिदिन म बिन्ती गर्छु ।
Oh, that a man might plead with God as he pleads with his neighbor!
22 किनकि जब केही वर्ष बितेर जान्छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।
For when only a few years are past I will go the way of no return.