< अय्यूब 16 >

1 तब अय्यूबले जवाफ दिए र भने,
约伯回答说:
2 “धेरै यस्ता कुराहरू मैले सुनेको छु । सान्‍वना दिने तपाईंहरू सबैले दुःख दिनुहुन्छ ।
这样的话我听了许多; 你们安慰人,反叫人愁烦。
3 के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्‍छन् कि? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ?
虚空的言语有穷尽吗? 有什么话惹动你回答呢?
4 तपाईंहरू ठाउँमा हुनुहुन्‍थ्‍यो भने, तपाईंहरूले बोलेझैं म पनि बोल्‍न सक्‍थें, तपाईंहरूको विरुद्धमा शब्दहरू जम्मा गर्न र मिलाउन सक्थें, र गिल्ला गर्दै मेरो शिर हल्लाउन सक्थें ।
我也能说你们那样的话; 你们若处在我的境遇, 我也会联络言语攻击你们, 又能向你们摇头。
5 मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें, र मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें ।
但我必用口坚固你们, 用嘴消解你们的忧愁。
6 मैले बोल्‍दा त मेरो शोक कम हुँदैन । मैले बोल्न छाडें भने मलाई कसरी मदत हुन्छ?
我虽说话,忧愁仍不得消解; 我虽停住不说,忧愁就离开我吗?
7 तर हे परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ । तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको छ ।
但现在 神使我困倦, 使亲友远离我,
8 तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।
又抓住我,作见证攻击我; 我身体的枯瘦也当面见证我的不是。
9 परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।
主发怒撕裂我,逼迫我, 向我切齿; 我的敌人怒目看我。
10 मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।
他们向我开口, 打我的脸羞辱我, 聚会攻击我。
11 परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ ।
神把我交给不敬虔的人, 把我扔到恶人的手中。
12 म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।
我素来安逸,他折断我, 掐住我的颈项,把我摔碎, 又立我为他的箭靶子。
13 उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ ।
他的弓箭手四面围绕我; 他破裂我的肺腑,并不留情, 把我的胆倾倒在地上,
14 उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्‍टिनुहुन्छ ।
将我破裂又破裂, 如同勇士向我直闯。
15 आफ्‍नो शरीर ढाक्‍नलाई मैले भाङ्ग्रा सिएको छु । मैले आफ्‍नो टाउकोलाई भुइँमा गाडेको छु ।
我缝麻布在我皮肤上, 把我的角放在尘土中。
16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ । मेरो आँखाको वरिपरि मृत्युको छाया छ,
我的脸因哭泣发紫, 在我的眼皮上有死荫。
17 जबकि मेरा हातमा कुनै हिंसा छैन र मेरो प्रार्थना शुद्ध छ ।
我的手中却无强暴; 我的祈祷也是清洁。
18 ए पृथ्वी, मेरो रगतलाई नछोप । मेरो रोदनले विश्राम नपाओस् ।
地啊,不要遮盖我的血! 不要阻挡我的哀求!
19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ । मलाई स्‍याबासी दिनुहुने उच्‍चमा हुनुहुन्छ ।
现今,在天有我的见证, 在上有我的中保。
20 मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्‍वरमा आँसु बगाउँछ ।
我的朋友讥诮我, 我却向 神眼泪汪汪。
21 मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।
愿人得与 神辩白, 如同人与朋友辩白一样;
22 किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।
因为再过几年, 我必走那往而不返之路。

< अय्यूब 16 >