< अय्यूब 15 >

1 तब एलीपज तेमानीले जवाफ दिए र भने,
А Елифас Теманац одговори и рече:
2 “के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू?
Хоће ли мудар човек казивати празне мисли и пунити трбух ветром источним,
3 के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू?
Препирући се говором који не помаже и речима које нису ни на шта?
4 वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।
А ти уништаваш страх Божји и укидаш молитве к Богу.
5 किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो ।
Јер безакоње твоје показују уста твоја, ако и јеси изабрао језик лукав.
6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।
Осуђују те уста твоја, а не ја; и усне твоје сведоче на те.
7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र?
Јеси ли се ти први човек родио? Или си пре хумова саздан?
8 तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?
Јеси ли тајну Божију чуо и покупио у себе мудрост?
9 तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस्?
Шта ти знаш што ми не бисмо знали? Шта ти разумеш што не би било у нас?
10 कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।
И седих и старих људи има међу нама, старијих од оца твог.
11 परमेश्‍वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्‍यादै तुच्‍छ छन् र?
Мале ли су ти утехе Божије? Или имаш шта сакривено у себи?
12 तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?
Што те је занело срце твоје? И што севају очи твоје,
13 जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?
Те обраћаш против Бога дух свој и пушташ из уста својих такве речи?
14 मानिस के हो र ऊ शुद्ध हुनुपर्‍यो? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो?
Шта је човек, да би био чист, и рођени од жене, да би био прав?
15 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न । वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन ।
Гле, не верује свецима својим, и небеса нису чиста пред очима Његовим;
16 घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।
А камоли гадни и смрдљиви човек, који пије неправду као воду?
17 म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्‍नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु,
Ја ћу ти казати, послушај ме, и приповедићу ти шта сам видео,
18 बुद्धिमान् मानिसहरूले आफ्‍ना पुर्खाहरूबाट हस्‍तान्‍त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्‍नेछु ।
Шта мудраци казаше и не затајише, шта примише од отаца својих,
19 यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन ।
Којима самим дана би земља, и туђин не прође кроз њу.
20 दुष्‍टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् । दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्‍ख्‍या तोकिएका छन् ।
Безбожник се мучи свега века свог, и насилнику је мало година остављено.
21 उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ ।
Страх му зуји у ушима, у мирно доба напада пустошник на њ.
22 अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ ।
Не верује да ће се вратити из таме, одсвуда привиђа мач.
23 ऊ रोटी खोज्‍दै विभिन्‍न ठाउँमा यसो भन्‍दै जान्‍छ, ‘खोई त्‍यो कहाँ छ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ ।
Тумара за хлебом говорећи: Где је? Зна да је за њ спремљен дан тамни.
24 निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन् ।
Туга и невоља страше га, и наваљују на њ као цар готов на бој.
25 परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ,
Јер је замахнуо на Бога руком својом, и Свемогућем се опро.
26 यो दुष्‍ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्‍वरलाई आक्रमण गर्न दौडन्छ ।
Трчи исправљена врата на њ с многим високим штитовима својим.
27 आफ्‍नो अनुहार आफ्‍नो बोसोले ढाकेको, अनि आफ्‍नो कम्मरमा बोसो जाम्‍मा गरेको भए पनि,
Јер је покрио лице своје претилином, и наваљао сало на бокове своје.
28 र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।
И седео је у градовима раскопаним и у кућама пустим, обраћеним у гомилу камења.
29 ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
Неће се обратити нити ће остати благо његово, и неће се раширити по земљи добро његово.
30 उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।
Неће изаћи из мрака, огранке његове осушиће пламен, однеће га дух уста његових.
31 आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।
Нека се не узда у таштину преварени, јер ће му таштина бити плата.
32 उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।
Пре свог времена свршиће се, и грана његова неће зеленети.
33 नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।
Откинуће се као с лозе незрео грозд његов и пупци ће се његови као с маслине побацати.
34 किनकि ईश्‍वरहीन मानिसहरूको समूह बाँझो हुनेछ । तिनीहरूको घुसका पालहरूलाई आगोले भष्‍म पार्नेछ ।
Јер ће опустети збор лицемерски, и огањ ће спалити шаторе оних који примају поклоне.
35 तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।
Зачињу невољу и рађају муку, и трбух њихов саставља превару.

< अय्यूब 15 >