< अय्यूब 15 >
1 तब एलीपज तेमानीले जवाफ दिए र भने,
Temanlı Elifaz belə cavab verdi:
2 “के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू?
«Müdrik insan boş sözlərlə cavab verərmi? Köksünü şərq küləyi ilə doldurarmı?
3 के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्ने बोलीले तर्क गर्नू?
Faydasız sözlərlə, dəyərsiz nitqlərlə Mübahisə etmək olarmı?
4 वास्तवमा तपाईंले परमेश्वरको आदर घटाउनुहुन्छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।
Amma sən Allah qorxusunu bir kənara qoyursan, Allah hüzurunda düşünməyə mane olursan.
5 किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्नुभयो ।
Çünki sənin ağzın günahdan dərs alıb, Hiyləgərlərin dili ilə danışırsan.
6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्छ ।
Səni məhkum edən mən deyiləm, öz dilindir. Dodaqların öz əleyhinə şəhadət edir.
7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र?
İlk doğulan insan sənsənmi? Yoxsa dağlardan da əvvəl sən var olmusan?
8 तपाईंले परमेश्वरको ज्ञानको गुप्त कुरा सुन्नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?
Allahın sirrinəmi qulaq asmısan? Təkcə özünümü müdrik sayırsan?
9 तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्नुहुन्छ, जुन हामीमा पनि नभएको होस्?
Sən nəyi bilirsən ki, biz onu bilmirik? Sənin dərk etdiyin nədir ki, biz onu dərk etmirik?
10 कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।
Bizdə ağsaçlı da, yaşlı da var, Onlar atandan da yaşlı olar.
11 परमेश्वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्यादै तुच्छ छन् र?
Sənə Allahın təsəllisi, Söylədiyi xoş sözlər kifayət deyilmi?
12 तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?
Niyə qəlbin səni belə çaşdırır, Gözlərindən od çıxır?
13 जसले गर्दा आफ्नो आत्मालाई तपाईंले परमेश्वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्नुहुन्छ?
Niyə Allaha qəzəbini göstərirsən, Dilindən belə sözlər çıxır?
14 मानिस के हो र ऊ शुद्ध हुनुपर्यो? स्त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्यो?
İnsan, həqiqətən, təmiz ola bilərmi? Qadından doğulan insan saleh ola bilərmi?
15 हेर्नुहोस्, परमेश्वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्नुहुन्न । वास्तवमा उहाँको दृष्टिमा स्वर्ग पनि शुद्ध छैन ।
Allah müqəddəslərinə belə, etibar etmirsə, Göylər belə, Onun gözündə təmiz deyilsə,
16 घृणित र भ्रष्ट व्यक्ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।
Haqsızlığı su kimi içən, İyrənc, korlanmış insana O etibar edərmi?
17 म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु,
Dinlə məni, sənə deyim, Gördüyümü bəyan edim –
18 बुद्धिमान् मानिसहरूले आफ्ना पुर्खाहरूबाट हस्तान्त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्नेछु ।
Hikmətli adamların dediklərini, Atalarından alıb gizlətmədiyi şeyləri.
19 यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन ।
O atalar ki ölkə yalnız onlara verilmişdi, Aralarına yadelli girməmişdi.
20 दुष्टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् । दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्ख्या तोकिएका छन् ।
Pis insan həyatı boyu əzab çəkir, Zorakı adama ayrılan illərin sayı bilinir.
21 उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्नति हुँदा नै विनाशक उसमा आउनेछ ।
Qulağından dəhşətli səslər əskilmir, Dinc oturanda soyğunçular ona hücum edir.
22 अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ ।
İnana bilməz ki, qaranlıqdan qurtara bilər, Onu qılınc gözlər.
23 ऊ रोटी खोज्दै विभिन्न ठाउँमा यसो भन्दै जान्छ, ‘खोई त्यो कहाँ छ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ ।
“Haradadır?” deyib çörək üçün avara gəzər, Qara günlərinin yanında olduğunu bilər.
24 निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्व जमाउँछन् ।
Ağrı və sıxıntı onu qorxudar, Zəfər çalan padşah kimi onu məğlubiyyətə uğradar.
25 परमेश्वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ,
Çünki Allaha belə, əl uzadıb, Külli-İxtiyara meydan oxuyub.
26 यो दुष्ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्वरलाई आक्रमण गर्न दौडन्छ ।
Dikbaşlıq edib, dəyirmi sipərini tutub, Allahın üstünə hücum çəkir.
27 आफ्नो अनुहार आफ्नो बोसोले ढाकेको, अनि आफ्नो कम्मरमा बोसो जाम्मा गरेको भए पनि,
Onun üzü tosqunluqdan şişər, Qarnı nə qədər piyləşər,
28 र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।
O, dağılmış şəhərlərdə, Kimsəsiz, yerlə yeksan olan viranələrdə, Aqibəti dağılmaq olan evlərdə yaşayacaq.
29 ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
Varlı olmayacaq, sərvətləri tükənəcək, Malları ölkəni bürüməyəcək.
30 उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्वरको मुखको सासले ऊ मर्नेछ ।
Qaranlıqdan qurtulmayacaq, Pöhrələrini alov tutacaq, Allahın ağzının nəfəsi ilə yox olacaq.
31 आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।
Qoy boş şeyə güvənərək özünü aldatmasın, Çünki əvəzində nəsibi boşluq olacaq.
32 उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।
İşi vaxtsız bitəcək, Budağı göyərməyəcək.
33 नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।
Qorası tökülən üzüm ağacı kimi, Çiçəyi tökülən zeytun ağacı kimi olacaq.
34 किनकि ईश्वरहीन मानिसहरूको समूह बाँझो हुनेछ । तिनीहरूको घुसका पालहरूलाई आगोले भष्म पार्नेछ ।
Çünki allahsız icma qısır olar, Rüşvətxorların çadırı od tutub yanar.
35 तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।
Onlar bəlaya hamilə olub şər doğar, Bətnləri hiylə ilə dolar».