< अय्यूब 13 >

1 हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ ।
“Macho yangu yameona hili lote, masikio yangu yamesikia na kulielewa.
2 तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।
Hayo mnayoyajua mimi pia ninayajua; mimi si mtu duni kuliko ninyi.
3 तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।
Lakini ninayo shauku ya kuzungumza na Mwenyezi na kuhojiana shauri langu na Mungu.
4 तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्छ ।
Ninyi, hata hivyo, hunipakaza uongo; ninyi ni matabibu wasiofaa kitu, ninyi nyote!
5 तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।
Laiti wote mngenyamaza kimya! Kwa kuwa kwenu hilo lingekuwa hekima.
6 अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।
Sikieni sasa hoja yangu; sikilizeni kusihi kwangu.
7 परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
Je, mtazungumza kwa uovu kwa niaba ya Mungu? Je, mtazungumza kwa udanganyifu kwa niaba yake?
8 उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?
Mtamwonyesha upendeleo? Mtamtetea Mungu kwenye mashtaka yake?
9 उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र?
Je, ingekuwa vyema Mungu akiwahoji ninyi? Je, mngeweza kumdanganya kama ambavyo mngeweza kuwadanganya wanadamu?
10 तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ ।
Hakika angewakemea kama mkiwapendelea watu kwa siri.
11 उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?
Je, huo ukuu wake haungewatisha ninyi? Je, hofu yake isingewaangukia ninyi?
12 तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।
Maneno yenu ni mithali za majivu; utetezi wenu ni ngome za udongo wa mfinyanzi.
13 तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् ।
“Nyamazeni kimya nipate kusema; kisha na yanipate yatakayonipata.
14 म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।
Kwa nini nijiweke mwenyewe kwenye hatari na kuyaweka maisha yangu mikononi mwangu?
15 हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।
Ingawa ataniua, bado nitamtumaini; hakika nitazitetea njia zangu mbele zake.
16 यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्‍वरहीन व्यक्ति उहाँको सामु आउँदैन ।
Naam, hili litanigeukia kuwa wokovu wangu, kwa maana hakuna mtu asiyemcha Mungu atakayethubutu kuja mbele yake!
17 हे परमेश्‍वर, मेरो कुरा ध्‍यानले सुन्‍नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।
Sikilizeni maneno yangu kwa makini; nayo masikio yenu yaingize kile nisemacho.
18 हेर्नुहोस्, आफ्‍नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्‍दछु ।
Sasa kwamba nimekwisha kutayarisha mambo yangu, ninajua mimi nitahesabiwa kuwa na haki.
19 मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।
Je, kuna yeyote anayeweza kuleta mashtaka dhidi yangu? Kama ndivyo, nitanyamaza kimya na nife.
20 हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।
“Ee Mungu, unijalie tu mimi haya mambo mawili, nami sitajificha uso wako:
21 आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।
Ondoa mkono wako uwe mbali nami, nawe uache kuniogofya kwa hofu zako kuu.
22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।
Niite kwenye shauri nami nitajibu, au niache niseme, nawe upate kujibu.
23 मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
Ni makosa na dhambi ngapi nilizotenda? Nionyeshe kosa langu na dhambi yangu.
24 आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?
Kwa nini kuuficha uso wako na kunihesabu mimi kuwa adui yako?
25 तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र?
Je, utaliadhibu jani lipeperushwalo na upepo? Je, utayasaka makapi makavu?
26 किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।
Kwa kuwa unaandika mambo machungu dhidi yangu na kunifanya nizirithi dhambi za ujana wangu.
27 तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्‍नुहुन्छ ।
Umeifunga miguu yangu kwenye pingu. Unazichunga kwa makini njia zangu zote kwa kutia alama kwenye nyayo za miguu yangu.
28 यद्यपि म खेर जाने सडेगलेको कुराजस्‍तै, किराहरूले खाएको एउटा वस्‍त्रजस्‍तै छु ।
“Hivyo mwanadamu huangamia kama kitu kilichooza, kama vazi lililoliwa na nondo.

< अय्यूब 13 >