< अय्यूब 13 >
1 हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ ।
“Idanuna sun ga waɗannan duka, kunnuwana sun ji sun kuma gane.
2 तपाईंहरू जे जान्नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।
Abin da kuka sani, ni ma na sani; ba ku fi ni ba.
3 तापनि, बरु म सर्वशक्तिमान्सित बोल्छु । म परमेश्वरसित तर्क गर्ने इच्छा गर्छु ।
Amma ina so in yi magana da Maɗaukaki, in kai kukana wurin Allah kai tsaye.
4 तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्छ वैद्यहरू हुनुहुन्छ ।
Ku kuma kun ishe ni da ƙarairayi; ku likitocin wofi ne, dukanku!
5 तपाईंहरू सबैजना सँगै चूप लाग्नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्छ ।
In da za ku yi shiru gaba ɗaya! Zai zama muku hikima.
6 अब मेरो आफ्नै तर्क सुन्नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्नुहोस् ।
Ku ji gardamata yanzu; ku ji roƙon da zai fito daga bakina.
7 परमेश्वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
Za ku iya yin muguwar magana a madadin Allah? Ko za ku yi ƙarya a madadinsa?
8 उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?
Ko za ku nuna masa sonkai? Ko za ku yi gardama a madadinsa?
9 उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्नुहुन्छ र?
In ya bincike ku zai tarar ba ku da laifi? Ko za ku iya ruɗe shi yadda za ku ruɗi mutane?
10 तपाईंहरूले गुप्तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्चय नै तपाईंहरूलाई हप्काउनुहुन्छ ।
Ba shakka zai kwaɓe ku in kun nuna sonkai a ɓoye.
11 उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?
Ko ikonsa ba ya ba ku tsoro? Tsoronsa ba zai auka muku ba?
12 तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।
Duk surutanku kamar toka suke; kāriyarku na yimɓu ne.
13 तपाईंहरू चूप लाग्नुहोस्, यसैले कि म बोल्न सकूँ । मलाई जे हुनु छ होस् ।
“Ku yi shiru zan yi magana; sa’an nan abin da zai same ni yă same ni.
14 म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्नो जीवनलाई आफ्नो हातमा लिनेछु ।
Don me na sa kaina cikin hatsari na yi kasada da raina?
15 हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्ना मार्गको बचाउ गर्नेछु ।
Ko da zai kashe ni ne, begena a cikinsa zai kasance; ba shakka zan kāre kaina a gabansa
16 यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्वरहीन व्यक्ति उहाँको सामु आउँदैन ।
lalle wannan zai kawo mini kuɓuta gama ba wani marar tsoron Allah da zai iya zuwa wurinsa!
17 हे परमेश्वर, मेरो कुरा ध्यानले सुन्नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।
Ku saurara da kyau ku ji abin da zan faɗa; bari kunnuwanku su ji abin da zan ce.
18 हेर्नुहोस्, आफ्नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्दछु ।
Yanzu da na shirya ƙarata, na san za a ce ba ni da laifi.
19 मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्छु, र आफ्नो जीवन दिन्छु ।
Ko wani zai ce ga laifin da na yi? In an same ni da laifi, zan yi shiru in mutu.
20 हे परमेश्वर, मेरो निम्ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।
“Kai dai biya mini waɗannan bukatu biyu kawai ya Allah, ba zan kuwa ɓoye daga gare ka ba;
21 आफ्नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।
Ka janye hannunka nesa da ni, ka daina ba ni tsoro da bantsoronka.
22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्नेछु र तपाईंले जवाफ दिनुहोस् ।
Sa’an nan ka kira ni, zan kuwa amsa, ko kuma ka bar ni in yi magana sai ka amsa mini.
23 मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
Abubuwa nawa na yi waɗanda ba daidai ba, kuma zunubi ne? Ka nuna mini laifina da zunubina.
24 आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्छ, अनि मलाई आफ्नो शत्रुजस्तो व्यवहार किन गर्नुहुन्छ?
Don me ka ɓoye mini fuskarka; ka kuma sa na zama kamar maƙiyinka?
25 तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्छ र?
Ko za a wahalar da ganye wanda iska take hurawa? Ko za ka bi busasshiyar ciyawa?
26 किनकि मेरो विरुद्धमा तपाईंले तिक्त कुराहरू लेख्नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।
Gama ka rubuta abubuwa marasa daɗi game da ni; ka sa na yi gādon zunuban ƙuruciyata.
27 तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्नुहुन्छ ।
Ka daure ƙafafuna da sarƙa; kana kallon duk inda na taka ta wurin sa shaida a tafin ƙafafuna.
28 यद्यपि म खेर जाने सडेगलेको कुराजस्तै, किराहरूले खाएको एउटा वस्त्रजस्तै छु ।
“Haka mutum yake lalacewa kamar ruɓaɓɓen abu, kamar rigar da asu ya cinye.