< अय्यूब 13 >
1 हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ ।
“Behold, my eye has seen all, My ear has heard, and it attends to it.
2 तपाईंहरू जे जान्नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।
According to your knowledge I have known—also I. I am not more fallen than you.
3 तापनि, बरु म सर्वशक्तिमान्सित बोल्छु । म परमेश्वरसित तर्क गर्ने इच्छा गर्छु ।
Yet I speak for the Mighty One, And I delight to argue for God.
4 तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्छ वैद्यहरू हुनुहुन्छ ।
And yet, you [are] forgers of falsehood, Physicians of nothing—all of you,
5 तपाईंहरू सबैजना सँगै चूप लाग्नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्छ ।
O that you would keep perfectly silent, And it would be to you for wisdom.
6 अब मेरो आफ्नै तर्क सुन्नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्नुहोस् ।
Please hear my argument, And attend to the pleadings of my lips,
7 परमेश्वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
Do you speak perverseness for God? And do you speak deceit for Him?
8 उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?
Do you accept His face, if you strive for God?
9 उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्नुहुन्छ र?
Is [it] good that He searches you, If, as one mocks at a man, you mock at Him?
10 तपाईंहरूले गुप्तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्चय नै तपाईंहरूलाई हप्काउनुहुन्छ ।
He surely reproves you, if you accept faces in secret.
11 उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?
Does His excellence not terrify you? And His dread fall on you?
12 तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।
Your remembrances [are] allegories of ashes, For high places of clay [are] your heights.
13 तपाईंहरू चूप लाग्नुहोस्, यसैले कि म बोल्न सकूँ । मलाई जे हुनु छ होस् ।
Keep silent from me, and I speak, And pass over me what will.
14 म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्नो जीवनलाई आफ्नो हातमा लिनेछु ।
Why do I take my flesh in my teeth? And my soul put in my hand?
15 हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्ना मार्गको बचाउ गर्नेछु ।
Behold, He slays me—I do not wait! Only, I argue my ways to His face.
16 यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्वरहीन व्यक्ति उहाँको सामु आउँदैन ।
Also—He [is] to me for salvation, For the profane do not come before Him.
17 हे परमेश्वर, मेरो कुरा ध्यानले सुन्नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।
Hear my word diligently, And my declaration with your ears.
18 हेर्नुहोस्, आफ्नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्दछु ।
Now behold, I have set the cause in order, I have known that I am righteous.
19 मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्छु, र आफ्नो जीवन दिन्छु ।
Who [is] he that strives with me? For now I keep silent and gasp.
20 हे परमेश्वर, मेरो निम्ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।
Only two things, O God, do with me, Then I am not hidden from Your face:
21 आफ्नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।
Put Your hand far off from me, And do not let Your terror terrify me.
22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्नेछु र तपाईंले जवाफ दिनुहोस् ।
And You call, and I answer, Or—I speak, and You answer me.
23 मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
How many iniquities and sins do I have? Let me know my transgression and my sin.
24 आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्छ, अनि मलाई आफ्नो शत्रुजस्तो व्यवहार किन गर्नुहुन्छ?
Why do You hide Your face? And reckon me for an enemy to You?
25 तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्छ र?
Do You terrify a leaf driven away? And do You pursue the dry stubble?
26 किनकि मेरो विरुद्धमा तपाईंले तिक्त कुराहरू लेख्नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।
For You write bitter things against me, And cause me to possess iniquities of my youth,
27 तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्नुहुन्छ ।
And you put my feet in the stocks, And observe all my paths—You set a print on the roots of my feet,
28 यद्यपि म खेर जाने सडेगलेको कुराजस्तै, किराहरूले खाएको एउटा वस्त्रजस्तै छु ।
And he, as a rotten thing, wears away, A moth has consumed him as a garment.”