< अय्यूब 13 >

1 हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ ।
Se, mit Øje har skuet alt dette, mit Øre har hørt og mærket sig det;
2 तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।
hvad I ved, ved ogsaa jeg, jeg falder ikke igennem for jer.
3 तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।
Men til den Almægtige vil jeg tale, med Gud er jeg sindet at gaa i Rette,
4 तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्छ ।
mens I smører paa med Løgn; usle Læger er I til Hobe.
5 तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।
Om I dog vilde tie stille, saa kunde I regnes for vise!
6 अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।
Hør dog mit Klagemaal, mærk mine Læbers Anklage!
7 परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
Forsvarer I Gud med Uret, forsvarer I ham med Svig?
8 उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?
Vil I tage Parti for ham, vil I træde i Skranken for Gud?
9 उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र?
Gaar det godt, naar han ransager eder, kan I narre ham, som man narrer et Menneske?
10 तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ ।
Revse jer vil han alvorligt, om I lader som intet og dog er partiske.
11 उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?
Vil ikke hans Højhed skræmme jer og hans Rædsel falde paa eder?
12 तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।
Eders Tankesprog bliver til Askesprog, som Skjolde af Ler eders Skjolde.
13 तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् ।
Ti stille, at jeg kan tale, saa overgaa mig, hvad der vil!
14 म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।
Jeg vil bære mit Kød i Tænderne og tage mit Liv i min Haand;
15 हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।
se, han slaar mig ihjel, jeg har intet Haab, dog lægger jeg for ham min Færd.
16 यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्‍वरहीन व्यक्ति उहाँको सामु आउँदैन ।
Det er i sig selv en Sejr for mig, thi en vanhellig vover sig ikke til ham!
17 हे परमेश्‍वर, मेरो कुरा ध्‍यानले सुन्‍नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।
Hør nu ret paa mit Ord, lad mig tale for eders Ører!
18 हेर्नुहोस्, आफ्‍नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्‍दछु ।
Se, til Rettergang er jeg rede, jeg ved, at Retten er min!
19 मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।
Hvem kan vel trætte med mig? Da skulde jeg tie og opgive Aanden!
20 हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।
Kun for to Ting skaane du mig, saa kryber jeg ikke i Skjul for dig:
21 आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।
Din Haand maa du tage fra mig, din Rædsel skræmme mig ikke!
22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।
Saa stævn mig, og jeg skal svare, eller jeg vil tale, og du skal svare!
23 मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।
Hvor stor er min Skyld og Synd? Lad mig vide min Brøde og Synd!
24 आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?
Hvi skjuler du dog dit Aasyn og regner mig for din Fjende?
25 तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र?
Vil du skræmme et henvejret Blad, forfølge et vissent Straa,
26 किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।
at du skriver mig saa bitter en Dom og lader mig arve min Ungdoms Skyld,
27 तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्‍नुहुन्छ ।
lægger mine Fødder i Blokken, vogter paa alle mine Veje, indkredser mine Fødders Trin!
28 यद्यपि म खेर जाने सडेगलेको कुराजस्‍तै, किराहरूले खाएको एउटा वस्‍त्रजस्‍तै छु ।
Og saa er han dog som smuldrende Trøske, som Klæder, der ædes op af Møl,

< अय्यूब 13 >