< अय्यूब 11 >
1 सोपर नमातीले जवाफ दिए र यसो भने,
Naamalı Sofar şöyle yanıtladı:
2 “यति धेरै शब्दका जवाफ दिनुहुँदैन र? धेरै बोल्ने यी मानिसलाई विश्वास गर्नुपर्छ र?
“Bunca söz yanıtsız mı kalsın? Çok konuşan haklı mı sayılsın?
3 तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?
Saçmalıkların karşısında sussun mu insanlar? Sen alay edince kimse seni utandırmasın mı?
4 किनकि तपाईं परमेश्वरलाई भन्नुहुन्छ, 'मेरो विश्वास शुद्ध छ; तपाईंको दृष्टिमा म दोषरहित छु ।'
Tanrı'ya, ‘İnancım arıdır’ diyorsun, ‘Senin gözünde temizim.’
5 तर परमेश्वर बोल्नुभए हुन्थ्यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्नुभए हुन्थ्यो ।
Ama keşke Tanrı konuşsa, Sana karşı ağzını açsa da,
6 उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्थ्यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्ड परमेश्वरले तपाईं दिनुहुन्छ भनी जान्नुहोस् ।
Bilgeliğin sırlarını bildirse! Çünkü bilgelik çok yönlüdür. Bil ki, Tanrı günahlarından bazılarını unuttu bile.
7 परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
“Tanrı'nın derin sırlarını anlayabilir misin? Her Şeye Gücü Yeten'in sınırlarına ulaşabilir misin?
8 यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्नुहुन्छ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्न सक्नुहुन्छ? (Sheol )
Onlar gökler kadar yüksektir, ne yapabilirsin? Ölüler diyarından derindir, nasıl anlayabilirsin? (Sheol )
9 यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।
Ölçüleri yeryüzünden uzun, Denizden geniştir.
10 उहाँ आउनुहुन्छ र कसैलाई थुन्नुहुन्छ, र कसैलाई इन्साफको लागि बोलाउनुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र?
“Gelip seni hapsetse, mahkemeye çağırsa, Kim O'na engel olabilir?
11 किनकि झुटा मानिसहरूलाई उहाँले चिन्नुहुन्छ । जब उहाँले अधर्म देख्नुहुन्छ, तब उहाँले त्यो ख्याल गर्नुहुन्न र?
Çünkü O yalancıları tanır, Kötülüğü görür de dikkate almaz mı?
12 तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्त गर्छन् ।
Ne zaman yaban eşeği insan doğurursa, Aptal da o zaman sağduyulu olur.
13 तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्वरतिर फैलाएको भए,
“O'na yüreğini adar, Ellerini açarsan,
14 मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्यसलाई तपाईंले आफूबाट टाढा पुर्याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्न नदिएको भए ।
İşlediğin günahı kendinden uzaklaştırır, Çadırında haksızlığa yer vermezsen,
15 तब तपाईंले निश्चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्थ्यो । वास्तवमा तपाईं दृढ बन्नुहुन्थ्यो र डराउनुहुने थिएन ।
Utanmadan başını kaldırır, Sağlam ve korkusuz olabilirsin.
16 तपाईंले आफ्नो दुःख बिर्सनुहुन्थ्यो । तपाईंले त्यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्थ्यो ।
Sıkıntılarını unutur, Akıp gitmiş sular gibi anarsın onları.
17 तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्थ्यो । त्यहाँ अँध्यारो भए पनि, त्यो बिहानजस्तै हुन्थ्यो ।
Yaşamın öğlen güneşinden daha parlak olur, Karanlık sabaha döner.
18 त्यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्थ्यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्थ्यो र तपाईंको विश्राम सुरक्षित हुन्थ्यो ।
Güven duyarsın, çünkü umudun olur, Çevrene bakıp güvenlik içinde yatarsın.
19 साथै, तपाईं विश्राममा पल्टनुहुन्थ्यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्थे ।
Uzanırsın, korkutan olmaz, Birçokları senden lütuf diler.
20 तर दुष्ट मानिसहरूका आँखा चुक्नेछन् । भाग्नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”
Ama kötülerin gözlerinin feri sönecek, Kaçacak yer bulamayacaklar, Tek umutları son soluklarını vermek olacak.”