< अय्यूब 10 >
1 म आफ्नो जीवनदेखि थाकित छु । म आफ्नो गुनासो स्वतन्त्र भएर पोखाउनेछु । म आफ्नो प्राणको तिक्ततामा बोल्नेछु ।
“Abrabɔ afono me; enti mɛka mʼasɛm a meremfa hwee nsie na mɛkasa afi me kra yawdi mu.
2 म परमेश्वरलाई भन्नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
Mɛka akyerɛ Onyankopɔn se: Mmu me kumfɔ, na mmom kyerɛ kwaadu a wobɔ me.
3 आफ्ना हातको कामलाई तुच्छ ठान्नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्टहरूका योजनाहरूमा तपाईं मुस्काउनुहुन्छ?
Ɛyɛ wo fɛ sɛ wohyɛ me so, de po wo nsa ano adwuma, na woserew hwɛ amumɔyɛfo nhyehyɛe?
4 के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्नुहुन्छ?
Wowɔ ɔhonam mu ani ana? Wuhu ade te sɛ ɔdesani ana?
5 के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,
Wo nkwanna te sɛ ɔdesani anaa wo mfe te sɛ onipa hoɔdenfo,
6 तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,
a enti ɛsɛ sɛ wohwehwɛ me mfomso na wopɛɛpɛɛ me bɔne mu?
7 म दोषी छैनँ भनी तपाईं जान्नुहुन्छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्छ?
Ɛwɔ mu, wunim sɛ minni fɔ, na obiara nso ntumi nnye me mfi wo nsam.
8 तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्ट पार्दै हुनुहुन्छ ।
“Wo nsa na ɛnwenee me na ɛbɔɔ me. Afei wobɛdan wo ho asɛe me ana?
9 म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्याउनुहुन्छ?
Kae sɛ wonwen me sɛ dɔte. Na wobɛdan me ayɛ me mfutuma bio ana?
10 के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन, अनि पनीरझैं जमाउनुभएको छैन?
So woanhwie me sɛ nufusu na woammɔ me toa sɛ srade,
11 तपाईंले मलाई छाला र मासुले ढाक्नुभएको छ, अनि हड्डी र नसाहरूले एकसाथ गाँस्नुभएको छ ।
amfa were ne honam ankata me ho ankeka nnompe ne ntin antoatoa mu ana?
12 तपाईंले मलाई जीवन र करारको विश्वस्तता दिनुभएको छ । तपाईंको मदतले मेरो आत्माको रक्षा भएको छ ।
Womaa me nkwa, yii ayamye kyerɛɛ me, na ɔhwɛsie mu wohwɛɛ me honhom so.
13 तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो । तपाईंले यस्तो सोच्दै हुनुहुन्थ्यो भनी म जान्दछुः
“Nanso eyi na wode siee wo koma mu, na minim sɛ na eyi wɔ wʼadwene mu.
14 मैले पाप गरें भने तपाईंले त्यो ख्याल गर्नुहुन्छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्न ।
Sɛ meyɛɛ bɔne a anka wobɛhwɛ me na wobɛma me so asotwe.
15 मैले दुष्टतासाथ काम गरेको भए, मलाई धिक्कार छ! र मैले धार्मिकतासाथ काम गरे पनि, मैले आफ्नो शिर ठाडो पार्न सकिनँ, किनकि म अपमानले भरिएको छु— मेरो कष्ट हेर्नुहोस् ।
Na sɛ midi fɔ a, nnome nka me! Na sɛ mpo midi bem a, merentumi mma me ti so, efisɛ aniwu ahyɛ me ma na mʼamanehunu amene me.
16 मेरो शिर ठाडो पारिएको भए, सिंहले झैं तपाईंले मलाई सिकार बनाउनुहुन्थ्यो । अनि तपाईंले फेरि पनि मेरो विरुद्धमा शक्तिका आश्चर्यपूर्ण कामहरूले आफूलाई देखाउनुहुन्थ्यो ।
Na sɛ mema me ti so a, wodɛɛdɛɛ me sɛ gyata, na bio woda wʼanwonwatumi no adi tia me.
17 तपाईंले मेरो विरुद्धमा नयाँ साक्षीहरू ल्याउनुहुन्छ, र मेरो विरुद्धमा आफ्नो रिस बढाउनुहुन्छ । तपाईंले मलाई नयाँ फौजले आक्रमण गर्नुहुन्छ ।
Wode nnansefo foforo betia me na woma wʼabufuw ano yɛ den wɔ me so; wʼasraafo tu ba me so bere biara.
18 त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्थ्यो ।
“Adɛn nti na woma wɔwoo me? Ɛkaa me nko a anka miwui ansa na ani bi rehu me.
19 म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्थें । म गर्भबाट नै चिहानमा लगिन्थें ।
Sɛ anka mamma nkwa yi mu, anaasɛ wɔsoaa me fi awotwaa mu de me kɔɔ ɔda mu tee!
20 के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,
So ɛnkaa kakraa bi na me nna kakraa no to ntwaa ana? Gyaa me na minya anigye bere tiaa bi
21 जहाँबाट म कहिलै फर्कन्न त्यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा,
ansa na makɔ koransan kusuuyɛ ne sunsuma kabii asase so,
22 मध्यरात जस्तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्यालो नै मध्यरातजस्तो हुन्छ ।’”
asase a ɛyɛ anadwo sum kabii, sum kabii ne sakasaka, baabi a ɛhɔ hann mpo te sɛ sum.”