< यर्मिया 7 >
1 परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,
Yei ne asɛm a ɛfiri Awurade hɔ baa Yeremia nkyɛn:
2 “परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।
“Gyina Awurade asɔredan no ɛpono ano, na ka saa asɛm yi: “‘Montie Awurade asɛm, mo nnipa a mo wɔ Yuda nyinaa a mofa apono yi ano kɔsom Awurade.
3 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।
Yei ne deɛ Asafo Awurade, Israel Onyankopɔn no seɛ: Monsesa mo akwan ne mo nneyɛɛ, na mɛma mo atena ha.
4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!'
Mommfa mo ho nto nnaadaasɛm so na monnka sɛ, “Yei ne Awurade asɔredan, Awurade asɔredan, Awurade asɔredan!”
5 किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने,
Sɛ mosesa mo akwan ne mo nneyɛɛ nokorɛm, na mone mo ho mo ho di no tenenee mu,
6 तिमीहरूले देशमा बस्ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्याउन अरू देवताहरूको पछि लागेनौ भने,
sɛ moanhyɛ ɔhɔhoɔ, awisiaa anaa okunafoɔ so, na moanhwie mogya a ɛdi bem angu wɔ ha, na moanni anyame foforɔ akyi ankɔ mo ara ɔsɛeɛ mu a,
7 म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
ɛnneɛ mɛma mo atena ha, asase a mede maa mo agyanom afebɔɔ no.
8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।
Nanso monhwɛ, mode mo ho ato nnaadaa nsɛm a ɛho nni mfasoɔ so.
9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ?
“‘Mobɛbɔ korɔno na moadi awu, mobɛbɔ adwaman na moadi adansekurumu, mobɛhye nnuhwam ama Baal na moadi anyame foforɔ a monnim wɔn akyi,
10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्दिरमा मेरो सामु खडा हुन्छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्छौ?
na afei, moaba abɛgyina mʼanim wɔ efie a medin da so na moaka sɛ, “Yɛnni ɔhaw,” sɛ moyɛ akyiwadeɛ yi nyinaa a na monni ɔhaw anaa?
11 के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’
Na efie a medin da soɔ yi, abɛyɛ adwotwafoɔ tu ama mo anaa? Nanso megu so rehyɛ! Awurade na ɔseɛ.
12 ‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्टताको कारणले मैले यसलाई के गरें त्यो हेर ।
“‘Na afei monkɔ Silo, beaeɛ bi a, medii ɛkan bɔɔ atenaeɛ de me Din too so, na monhwɛ deɛ meyɛɛ no ɛsiane me nkurɔfoɔ Israelfoɔ amumuyɛ enti.
13 त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ । मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ ।
Ɛberɛ a moreyɛ yeinom nyinaa, Awurade na ɔseɛ, mekasa kyerɛɛ mo mpɛn bebree, nanso moantie; mefrɛɛ mo, nanso moannye so.
14 त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
Ɛno enti, sɛdeɛ meyɛɛ Silo no, mede bɛyɛ efie a me Din da so no, asɔredan a mode mo ho to so, beaeɛ a mede maa mo ne mo agyanom.
15 जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु ।”
Mɛpam mo afiri mʼanim sɛdeɛ meyɛɛ mo nuanom Efraimfoɔ no.’
16 “ए यर्मिया, तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ ।
“Enti mommmɔ mpaeɛ mma saa nnipa yi, monnsrɛ na monni mma wɔn nso; monnsrɛ me ɛfiri sɛ merentie mo.
17 यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस्?
Monhunu deɛ wɔreyɛ wɔ Yuda nkuro no mu ne Yerusalem mmɔntene so anaa?
18 छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् ।
Mmɔfra boaboa anyina ano, na agyanom sɔ ogya no ano, mmaa fɔtɔ asikyiresiam de to burodo ma Ɔsoro Hemmaa. Na wɔgu nsã ma anyame foforɔ de hyɛ me abufuo.
19 के तिनीहरूले साँच्चै मलाई चिढ्याउँदै छन् त? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र?
Na ɛyɛ me na wɔrehyɛ me abufuo anaa? Awurade na ɔseɛ. Na ɛnyɛ wɔn mmom na wɔreha wɔn ho, hyɛ wɔn ho aniwuo anaa?
20 त्यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।”
“Ɛno enti, deɛ Otumfoɔ Awurade seɛ nie: Wɔbɛhwie mʼabufuo ne mʼabufuhyeɛ agu beaeɛ yi so, agu nnipa ne mmoa, mfuo so nnua ne asase no so aba so, na ɛbɛdɛre a ɛrennum.
21 इस्राएलका सर्वशक्तिमान् परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ ।
“‘Yei ne deɛ Asafo Awurade, Israel Onyankopɔn, seɛ: Monkɔ so, momfa mo ɔhyeɛ afɔrebɔ nka mo afɔrebɔ a aka no ho, na mo ankasa monwe ɛnam no!
22 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्ये कुनै कुरा पनि मैले इच्छा गरिन । होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ ।
Na ɛberɛ a meyii mo agyanom firii Misraim na mekasa kyerɛɛ wɔn no, manhyɛ wɔn mmara a ɛfa ɔhyeɛ afɔrebɔ ne afɔrebɔ ho nko ara,
23 मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
mmom mede saa mmara yi kaa ho: Monyɛ ɔsetie mma me, na mɛyɛ mo Onyankopɔn, na moayɛ me nkurɔfoɔ. Monnante akwan nyinaa a mɛhyɛ mo no so, na asi mo yie.
24 तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्ना दुष्ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।
Nanso, wɔantie na wɔannyɛ aso; mmom, wɔfiri wɔn akoma bɔne mu yɛɛ asobrakyeɛ. Wɔsane wɔn akyi na wɔankɔ wɔn anim.
25 तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु । मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ ।
Ɛfiri ɛberɛ a mo agyanom firii Misraim de bɛsi ɛnnɛ yi, da biara da ne ɛberɛ biara mesomaa me nkoa adiyifoɔ baa mo nkyɛn.
26 तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्ट भए ।’
Nanso wɔantie me na wɔanyɛ aso. Wɔde asoɔden yɛɛ bɔne boroo wɔn agyanom deɛ so.’
27 त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्नेछैनन् । तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन् ।
“Sɛ moka yeinom nyinaa kyerɛ wɔn a, wɔrentie mo; sɛ mofrɛ wɔn a wɔrennye so.
28 तिनीहरूलाई यसो भन्, “यो परमप्रभु आफ्ना परमेश्वरको आवाज नसुन्ने र अनुशासन पालन नगर्ने जाति हो । सत्यता नष्ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ ।
Ɛno enti monka nkyerɛ wɔn sɛ, ‘Yei ne ɔman a ɔnyɛɛ ɔsetie mmaa Awurade, ne Onyankopɔn, na ɔmfaa ntenesoɔ. Nokorɛ asa, na afiri wɔn ano.
29 आफ्नो कपाल काट र आफूलाई खौरी । खुला ठाउँहरूमा मृत्यु संस्कारको गीत गा । किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको छ र त्याग्नुभएको छ ।
Monyi mo tirinwi na monto ngu, montwa agyaadwoɔ wɔ nkokoɔ no so, ɛfiri sɛ Awurade apo, na wagyae saa awoɔ ntoatoasoɔ yi a wɔwɔ na abufuhyeɛ no ase akyi di.
30 किनकि यहूदाका छोराहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्यसमा घृणित कुराहरू राखेका छन् ।
“‘Yudafoɔ ayɛ bɔne mʼani so, sɛdeɛ Awurade seɛ nie. Wɔde ahoni a, ɛyɛ akyiwadeɛ asisi efie a me Din da so de agu ho fi.
31 अनि बेन-हिन्नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए । तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्यो बनाए । यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो ।
Wɔasisi Tofet sorɔnsorɔmmea wɔ Ben Hinom bɔnhwa mu ɛhɔ na wɔhye wɔn mmammarima ne wɔn mmammaa. Adeɛ a manhyɛ wɔn na amma mʼadwene mu nso.
32 यसैले हेर, यस्ता दिनहरू आउँदैछन्, यो परमप्रभुको घोषणा हो, त्यसबेला त्यो फेरि तोपेत वा हिन्नोमको बेँसी भनिने छैनन् । त्यो हत्याको बेँसी भनिनेछ । तोपेतमा खाली ठाउँ रहुञ्जेलसम्म तिनीहरूले त्यहा लाशहरू गाड्नेछन् ।
Ɛno enti, monhwɛ yie na nna no reba, Awurade na ɔseɛ, a wɔremfrɛ hɔ Tofet anaa Hinom Bɔnhwa bio, na mmom, wɔbɛfrɛ no Okum Bɔnhwa, ɛfiri sɛ wɔbɛsie awufoɔ wɔ Tofet kɔsi sɛ ɛhɔ bɛyɛ ma.
33 यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
Na afei saa nnipa yi afunu bɛyɛ aduane ama ewiem nnomaa ne asase so mmoa, na ɛrenka obiara wɔ hɔ a ɔbɛpam wɔn.
34 यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ ।”
Mede ahosɛpɛ ne anigyeɛ nnyegyeɛ, ayeforɔ ne ayeforɔkunu nne a ɛwɔ Yuda nkuro ne Yerusalem mmɔntene so, bɛba awieeɛ ɛfiri sɛ asase no bɛda mpan.’”