< यर्मिया 6 >

1 हे बेन्यामीनका मानिसहरू हो, यरूशलेमलाई छोडेर सुरक्षा खोज । तकोमा तुरही फुक । बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ, किनकि उत्तरबाट दुष्‍टता देखा पर्दैछ। एउटा ठुलो मिचाहा आउँदैछ ।
Скупите се из Јерусалима, синови Венијаминови, и у Текуји затрубите у трубу, и подигните знак огњен над Вет-Акеремом, јер се види зло од севера и велика погибао.
2 सियोनकी सुन्दरी र कोमल छोरी नष्‍ट पारिन्छे ।
Учиних кћер сионску да је као лепа и нежна девојка.
3 गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् । तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्‍नेछन् । हरेक मानिसले आफ्नो हातले चराउनेछ ।
К њој ће доћи пастири са стадима својим, разапеће око ње шаторе, сваки ће опасти своје место.
4 “युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर । उठ, हामी मध्यदिनमा आक्रमण गरौं । दिन ढल्कँदै जानु र बेलुकीको छायाँ पर्दै जानु धेरै नराम्रो कुरा हो ।
Спремите рат на њу, устаните да ударимо у подне. Тешко нама, јер дан наже, и сенке вечерње одуљаше.
5 तरै पनि हामी रातमा आक्रमण गरौं र त्यसको किल्लालाई नष्‍ट पारौं ।”
Устаните да ударимо обноћ и развалимо дворове њене.
6 किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यसका रुखहरू काटिदे, र यरूशलेमको विरुद्धमा घेरामचानहरू बनाओ । आक्रमण गर्नलाई यो नै ठिक सहर हो, किनकि यो अत्याचारले भरिएको छ ।
Јер овако говори Господ над војскама: Сеците дрва, и начините опкопе према Јерусалиму; то је град који треба походити; колики је год, насиље је у њему.
7 जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्‍तर दुष्‍टता उत्पादन गर्छ । त्‍यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् ।
Као што извор точи воду своју, тако он точи злоћу своју; насиље и отимање чује се у њему, преда мном су једнако болови и ране.
8 ए यरूशलेम, अनुशासनलाई स्वीकार गर्, नत्रता म तँबाट तर्कनेछु, र तँलाई कोही नबस्‍ने उजाड देश बनाउनेछु ।”
Поправи се, Јерусалиме, да се не отргне душа моја од тебе, да те не обратим у пустињу, у земљу где се не живи.
9 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “निश्‍चय नै तिनीहरूले दाखबारीमा छाडिएका फललाई झैं इस्राएलमा छाडिएकाहरूलाई टिप्नेछन् । दाखका बोटहरूबाट दाख टिप्न फेरि तेरो हात पसार् ।
Овако говори Господ над војскама: Остатак ће се Израиљев пабирчити као винова лоза. Турај руку своју као берач у котарице.
10 म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून्? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।
Коме ћу говорити и сведочити да чују? Гле, ухо им је необрезано, те не могу чути; гле, реч је Господња њима подсмех, није им мила.
11 तर म परमप्रभुको क्रोधले भरिएको छु । यसलाई थामेर म थाकिसकेको छु । उहाँले मलाई भन्‍नुभयो, “सडकका बालबालिका र युवाहरूको समूहमा यसलाई खन्याइदे । किनकि हरेक पुरुषलाई त्यसकी पत्‍नीसँगै, अनि कान नसुन्‍ने हरेक बुढा मानिसलाई लगिनेछ ।
За то сам пун гнева Господњег; изнемогох устежући га; просућу га на децу по улицама и на сабране младиће, и човек и жена ухватиће се, и стари и временити.
12 तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो ।
И куће ће њихове припасти другима, и њиве и жене, кад махнем руком својом на становнике ове земље, вели Господ.
13 सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
Јер од малог до великог сви се дадоше на лакомство, и пророк и свештеник, сви су варалице.
14 शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
И лече ране кћери народа мог овлаш, говорећи: Мир, мир; а мира нема.
15 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।
Еда ли се постидеше што чинише гад? Нити се постидеше нити знају за стид; за то ће попадати међу онима који падају; кад их походим, попадаће, вели Господ.
16 परमप्रभु यसो भन्‍नुहुन्छ, “दोबाटोमा खडा हो र हेर् । प्राचीन मार्गहरू बारेमा सोधखोज गर् । 'यो असल मार्ग कहाँ छ?' तब त्यसैमा हिंड, र आफ्नो लागि विश्रामस्थल पत्ता लगा । तर मानिसहरू भन्छन्, 'हामी जाने छैनौं ।'
Господ рече овако: Станите на путевима и погледајте, и питајте за старе стазе, који је пут добар, па идите по њему, и наћи ћете мир души својој. А они рекоше: Нећемо да идемо.
17 तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें । तर तिनीहरूले भने, 'हामी सुन्‍ने छैनौं ।'
И поставих вам стражаре говорећи: Пазите на глас трубни. А они рекоше: Нећемо да пазимо.
18 त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुने छ सो हेर ।
Зато чујте, народи, и познај, зборе, шта је међу њима.
19 हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे ।
Чуј, земљо! Ево ја ћу пустити зло на овај народ, плод мисли њихових, јер не пазе на моје речи, и одбацише закон мој.
20 मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो? वा टाढाको देशबाट आएका यी सुगन्धको? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् ।
Шта ће ми тамјан, што долази из Саве, и добри цимет из далеке земље? Жртве ваше паљенице нису ми угодне, нити су ми приноси ваши мили.
21 त्‍यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, मैले यी मानिसको विरुद्धमा ठेस लाग्‍ने अवरोध राख्‍न लागेको छु । तिनीहरूका बाबुहरू र छोराहरू एकैसाथ त्‍यसमाथि ठक्‍कर खानेछन् । बासिन्दाहरू र तिनीहरू छिमेकीहरू पनि नष्‍ट हुनेछन् ।”
Зато овако говори Господ: Ево ја ћу метнути овом народу сметње, о које ће се спотаћи и очеви и синови, сусед и пријатељ му, и погинуће.
22 परमप्रभु यसो भन्‍नुहुन्छ, ‘हेर्, उत्तर देशबाट एउटा जाति आउँदैछ, पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ ।
Овако говори Господ: Ево народ ће доћи из земље северне, и велик ће народ устати од крајева земаљских.
23 तिनीहरूले धनु र भालाहरू उठाउने छन् । तिनीहरू क्रुर छन् र दया नै छैन । तिनीहरूको आवाज समुद्रको गर्जनजस्तो छ, र तिनीहरू घोडाहरूमा सवार हुँदैछन् । हे सियोनकी छोरी, तेरो विरुद्धमा युद्ध गर्न तिनीहरू पङ्क्तिबद्ध भएर आउने मानिसहरूजस्तै अगाडि बढ्छन् ।”
Лук и копље носиће, жестоки ће бити и немилостиви, глас ће им бучати као море, и јахаће на коњима, спремни као јунаци да се бију с тобом, кћери сионска.
24 हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिंदा स्‍त्रीलाई भएझैं सङ्कष्‍टले हामीलाई समात्छ ।
Кад чујемо глас о њему, клонуће нам руке, туга ће нас спопасти и болови као породиљу.
25 बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।
Не излазите у поље, и путем не идите, јер је мач непријатељев и страх унаоколо.
26 हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।
Кћери народа мог, припаши кострет и ваљај се у пепелу, жали као за сином јединцем и ридај горко, јер ће брзо доћи на нас затирач.
27 “हे यर्मिया, तिनीहरूका मार्ग निरीक्षण गर्न र जाँच गर्न मैले तँलाई धातु जाँच गर्नेजस्तै मेरा मानिसहरूको जाँच गर्ने मानिस बनाएको छु ।
Поставих те да си стражара и град народу мом да дознајеш и извиђаш пут њихов.
28 तिनीहरू अति नै हठी मानिसहरू हुन् जो अरूहरूको बदख्याइँ गर्दै यताउता जान्छन् । तिनीहरू सबै भ्रष्‍टतापूर्वक काम गर्ने काँसा र फलाम हुन् ।
Сви су одметници над одметницима, иду те опадају, бронза су и гвожђе, сви су покварени.
29 आगोले भस्म गर्ने पदार्थलाई भस्म गर्न खलाँतीलाई जोडसित फुकिन्छ । आगोको रापमा फलाम पग्लन्छ । तिनीहरूका बिचमा शुद्देइँ जारी छ, तर यो अर्थहीन छ, किनकि दुष्‍ट्याइँलाई हटाइएको छैन ।
Изгореше мехови, огањ сажеже олово, узалуд се претапа, јер се зла не могу одлучити.
30 तिनीहरू तिरस्‍कृत भएको चाँदी भनिनेछन् किनकि परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।”
Они ће се звати сребро лажно, јер их Господ одбаци.

< यर्मिया 6 >