< यर्मिया 51 >
1 “परमप्रभु यसो भन्नुहुन्छः ‘हेर्, बेबिलोनको विरुद्धमा र लेब-कमाइमा बस्नेहरूको विरुद्धमा समेत मैले विनाशको हुरीबतासलाई उत्तेजित पार्नै लागेको छु ।
Тако глаголет Господь: се, Аз воздвигну на Вавилон и на живущыя Халдеи ветр зноен губителный:
2 म बेबिलोनमा विदेशीहरू पठाउनेछु । तिनीहरूले त्यसलाई तितर-बितर पार्नेछन्, र त्यसको देशलाई सर्वनाश गर्नेछन्, किनकि विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसको विरुद्धमा आउनेछन् ।
и послю на Вавилон ругатели, и студно поругаются ему и истлят землю его: понеже горе на Вавилон окрест в день озлобления его.
3 धनुर्धारीहरूलाई आफ्ना धनु तान्न नदेओ । तिनीहरूलाई कवच लगाउन नदेओ । त्यसका युवाहरूलाई नजोगाऊ । त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर ।
Да наляцает наляцаяй лук свой, и да облечется в броня своя, и не пощадите юнош его, и побийте все воинство его.
4 किनभने घाइते मानिसहरू कल्दीहरूको देशमा ढल्नेछन् । मारिएकाहरू त्यसका सडकहरूमा ढल्नेछन् ।
И падут избиеннии в земли Халдейстей и язвеннии во странах ея.
5 किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बिर्सनुभएको छैन ।
Понеже не овдове Израиль и Иуда от Бога Своего, от Господа Вседержителя, яко земля их наполнися неправды от Святых Израилевых.
6 बेबिलोनको बिचबाट भाग । हरेक मानिसलाई आफ्नै ज्यान बचाउन देओ । त्यसको अधर्ममा नष्ट नहोओ । किनकि यो परमप्रभुको बदलको समय हो । त्यसका सबै कुराको बदला उहाँले लिनुहुनेछ ।
Бежите от среды Вавилона и спасите кийждо душу свою и не погибнете в неправде его, зане время отмщения его есть от Господа, воздаяние Той воздаст ему.
7 परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्याएको थियो । जातिहरूले त्यसको दाखमद्य पिए र बौलाहा भए ।
Чаша златая Вавилон в руце Господни, напаяющи всю землю, от вина его пиша (вси) языцы, сего ради потрясошася.
8 बेबिलोन अकस्मात् ढल्नेछ, र नष्ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ ।
Внезапу паде Вавилон и сокрушися: плачите по нем, возмите масти к болезни его, да изцелится.
9 'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ ।
Врачевахом Вавилона, и не изцеле: оставим его и отидем кийждо в землю свою, взыде бо к небеси суд его и воздвижеся даже до звезд.
10 परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्वरका कामहरू बताऔं ।'
Изнесе Господь суд Свой: приидите и возвестим в Сионе дела Господа Бога нашего.
11 काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।
Наострите стрелы, наполните тулы: воздвиже Господь дух царей Мидских, яко противу Вавилона гнев Его, да погубит и, понеже отмщение Господне есть, отмщение людий Его.
12 बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ । गार्डहरूलाई सजग बनाओ । पहरेदारहरू खडा गर । लुकेर हमला गर्ने ठाउँहरू तयार गर । किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्नुभएको छ, त्यो उहाँले गर्नुहुनेछ ।
На стенах Вавилонских воздвигните знамя, поставите стражи, уготовите стражей, уготовите оружие: яко умысли Господь, и сотворит, яже рече на живущыя в Вавилоне,
13 ए धेरै पानी भएको ठाउँनेर बस्ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।
живый над водами многими и богат в сокровищих своих: прииде конец твой истинно во утробы твоя.
14 सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’
Клятся бо Господь Сил мышцею Своею, яко наполню тебе людьми, якоже акридами, и возгласят над тобою низходящии.
15 उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्यसको ठाउँमा राख्नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्नुभयो ।
Господь сотворивый землю в силе Своей и устроивый вселенную в мудрости Своей, и разумением Своим распростре небеса,
16 उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।
егда Он даст глас, умножатся воды на небеси, воздвизаяй облаки от конец земли, молнию в дождь сотвори, изводяй свет от сокровищ Своих.
17 हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन ।
Обуя всяк человек от разума, посрамися всяк слиятель от изваяний своих, яко ложная слияния его, и несть духа в них:
18 ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्ट हुनेछन् ।
суетна суть дела и смеху достойна, в час посещения своего погибнут.
19 तर परमेश्वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ यीजस्ता हुनुहुन्न, किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
Не такова часть Иаковля, яко Сотворивый всяческая Той есть, (а Израиль) жезл достояния Его, Господь Вседержитель имя Его.
20 तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्ट पार्नेछु ।
Сокрушаеши ты Мне сосуды бранныя, и Аз сокрушу в тебе языки и погублю в тебе царствия:
21 तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
и избию в тебе кони и всадники их, и избию в тебе колесницы и вседающих на них:
22 तँद्वारा नै म हरेक पुरुष र स्त्रीलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म पाकाहरू र बालबालिकालाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म युवाहरू र कन्या केटीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
и избию в тебе мужа и жену, и избию в тебе стара и отрока, и избию в тебе юношу и деву:
23 तँद्वारा नै म गोठालाहरू र तिनीहरूका बगालहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म जोत्ने मानिसहरू र तिनीहरूको समूहलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म गभर्नरहरू र अधिकारीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
и избию в тебе пастыря и стада его, и избию в тебе орюща и работна скота его, и избию в тебе воеводы и правители.
24 तैंले देख्ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।
И воздам Вавилону и всем жителем Халдейским вся злобы их, яже сотвориша над Сионом пред очима вашима, глаголет Господь.
25 ए विनाशको पहाड, म तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्ट पार्छ, यो परमप्रभुको घोषणा हो । तेरो विरुद्धमा म आफ्नो हात पसार्नेछु, र तँलाई भिरबाट तल खसाल्नेछु, र तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु ।
Се, Аз на тя, горо смертоносная, глаголет Господь, растлевающая всю землю, и простру руку Мою на тя и извергу тя из каменей, и дам тя в гору сожженую:
26 त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।
и не возмут от тебе камене во угл и камене во основание, яко потребишися во веки, глаголет Господь.
27 पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।
Воздвигните знамя на земли, вострубите трубою во языцех, освятите нань языки, возвестите нань царствам Араратским от Мене и Асханазеом: утвердите над ним стрельницы, возведите нань кони, яко акридов множество.
28 त्यसलाई आक्रमण गर्न जातिहरूलाई तयार पार । मादीका राजाहरू, त्यसका गभर्नरहरू, त्यसका सबै अधिकारी र त्यसले शासन गरेका सबै देशलाई तयार पार ।
Возведите нань языки, царя Мидска и всея земли, воевод его и всех воев его и всея земли области его.
29 किनकि देश हल्लिनेछ, र वेदनामा हुनेछ, किनकि कुनै बासिन्दा नबस्ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन् ।
И потрясеся земля и смутися, зане воста на Вавилон умышление Господне, еже положити землю Вавилонску пусту и ненаселену.
30 बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।
Оскудеша крепцыи Вавилонстии еже ратовати: сядут тамо во ограде, погибе храбрость их, и быша яко жены: пожжена суть селения, сотрены заворы его.
31 बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।
Гоняй во сретение текуща постигнет, и вестник сретит посла, да возвестит царю Вавилонску, яко взят бысть град его.
32 नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”
От края прехождений его яти быша, и твердыни его зажжены огнем, и мужие его воинстии исходят.
33 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे । यो त्यसलाई कुल्चने समय हो । केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ ।
Тако бо глаголет Господь Вседержитель, Бог Израилев: домове царя Вавилонскаго яко гумно зрело измлачени будут: еще мало, и приидет жатва его.
34 'बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको छ, उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ । राक्षसले झैं त्यसले मलाई निलेको छ । मेरा स्वादिष्ट खानाले त्यसले आफ्नो पेट भरेको छ, र त्यसले मलाई बान्ता गरेर फालेको छ ।'
Снеде мя, раздроби мя, прият мя тма тонка, Навуходоносор царь Вавилонский пожре мя, яко змий наполни чрево свое сладостию моею: и извергоша мя.
35 सियोनमा बस्नेले भन्छ, 'म र मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ।' यरूशलेमले भन्नेछ, 'मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस्' ।”
Труды мои и беды моя на Вавилон, речет живущая в Сионе, и кровь моя на живущыя в Халдеех, речет Иерусалим.
36 त्यसकारण परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।
Сего ради тако глаголет Господь: се, Аз судити буду соперника твоего и отмщу отмщение твое, и пусто сотворю море его и изсушу потоки его.
37 बेबिलोन भग्नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्दा छैन ।
И будет Вавилон в запустение, жилище змием, в чудо и позвиздание, понеже не будет живущаго.
38 बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्चाहरूजस्तै कराउँछन् ।
Вкупе аки львы востанут и аки скимни львов.
39 तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—
В горячести их дам питие им и упою я, да спят и уснут сном вечным и не востанут, глаголет Господь.
40 म तिनीहरूलाई मारिनलाई लगिएका थुमाहरू, बोकाहरूसँगै भेडाहरूझैं तल पठाउनेछु ।
И низведу я яко агнцы на заклание и яко овны с козлы.
41 कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्नावशेषको ठाउँ भएको छ!
Како взяся Сесах, и ята слава всея земли? Како бысть во удивление Вавилон во языцех?
42 बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।
Взыде на Вавилон море в шуме волн своих, и покрыся.
43 त्यसका सहरहरू उजाड, सुक्खा भूमि र मरुभूमि भएका छन्, जहाँ कोही बस्दैन, र कुनै मानिस त्यताबाट जाँदैन ।
Быша гради его в запустение, земля безводна и пуста, земля, в нейже никтоже поживет, и ниже будет витати в нем сын человечь.
44 त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।
И посещу на Вила в Вавилоне, и извергу то, еже поглоти, от уст его, и не соберутся вящше к нему языцы, зане и стены Вавилонския падут.
45 ए मेरा मानिसहरू हो, त्यसको बिचबाट बाहिर जाओ । मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ ।
Изыдите от среды его, людие Мои, да спасет кийждо душу свою от гнева ярости Господни.
46 देशमा सुनिएको खबरले तिमीहरूको हृदयमा डर वा भय नहोस्, किनकि खबर एक वर्षसम्म आउनेछ । यसपछि अर्को वर्ष देशमा खबर र हिंसा हुनेछ । शासक शासकको विरुद्धमा हुनेछ ।
Да не когда умягчится сердце ваше, и убоитеся ради слуха, иже услышится на земли, и приидет в лето слышание, и по лете слышание, бедность и неправда на землю, и властелин на властелина.
47 त्यसकारण, हेर, यस्ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।
Сего ради, се, дние грядут, и посещу на изваяныя Вавилона: и вся земля его посрамится, и вси язвении его падут посреде его.
48 त्यसपछि स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् । किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
И возвеселятся над Вавилоном небеса и земля и вся сущая в них: от полунощи бо приидут нань всегубителие, глаголет Господь:
49 जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्नेछन् ।
и якоже сотвори Вавилон падати язвеным во Израили, тако в Вавилоне падут язвении всея земли.
50 तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् ।
Избегшии меча, идите, не стойте: иже издалече, помяните Господа, и Иерусалим да взыдет на сердце ваше.
51 हामी लज्जित छौं, किनकि हामीले अपमान सुनेका छौं । निन्दाले हाम्रा मुहार ढाकेको छ, किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन् ।
Посрамихомся, зане слышахом ругание наше, покры срамота лице наше, яко приидоша чуждии во святая наша в дом Господень.
52 त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।
Сего ради, се, дние грядут глаголет Господь, и посещу на изваяния его, и по всей земли его падут язвении.
53 किनकि बेबिलोन स्वर्गसम्मै उक्ले वा त्यसका अग्ला-अग्ला किल्लाहरूलाई मजबुत बनाए तापनि, मबाट त्यसकहाँ विनाशकहरू आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
Яко аще взыдет Вавилон на небо и аще утвердит на высоте крепость свою, от Мене приидут губителие его, глаголет Господь.
54 बेबिलोनबाट निराशाको चित्कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।
Глас вопля Вавилонска, и сотрение велико в земли Халдейстей:
55 किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।
яко погуби Господь Вавилона и сотре от него глас велий шумящь яко воды многи, даде в пагубу глас его:
56 किनकि विनाशकहरू बेबिलोनको विरुद्धमा आएका छन्, र त्यसका योद्धाहरू कब्जामा परेका छन् । तिनीहरूका धनुहरू भाँचिएका छन्, किनकि परमप्रभु बदलाको परमेश्वर हुनुहुन्छ । उहाँले निश्चय नै यो बदला लिनु नै हुनेछ ।
яко прииде на Вавилон хищник, яти быша сильнии его, увяде лук их, яко Бог воздает им,
57 किनकि म त्यसका राजकुमारहरू, बुद्धिमान् मानिसहरू, अधिकारीहरू र सिपाहीहरूलाई मत्त्याउनेछु, र तिनीहरू चिर निद्रामा सुत्नेछन् अनि कहिलै बिउँझने छैनन्—द यो महाराजाको घोषणा होः उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
Господь воздает ему воздаяние: и упоит князи его и мудрыя его, и воеводы его и вои его и сильныя его, и уснут сном вечным и не возбудятся, глаголет Царь, Господь Вседержитель имя Его.
58 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”
Тако глаголет Господь Вседержитель: стена Вавилонска сия преширока, подкопанием подкопана будет, и врата его высока огнем сожжена будут, и будут трудитися людие вотще, и языцы в начале погибнут.
59 यहूदाका राजा सिदकियाहले राज्य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।
Слово, еже заповеда Господь Иеремии пророку, рещи Сарею сыну Нириину, сына Маассеова, егда иде от Седекии царя Иудина в Вавилон, в четвертое лето царства его: Сарей же бе началник даров.
60 बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।
И написа Иеремиа вся злая, яже имяху приити на Вавилон, во едину книгу вся словеса сия, яже писана суть на Вавилон. И рече Иеремиа к Сарею:
61 यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।
егда внидеши в Вавилон, и узриши и прочтеши вся словеса сия, и речеши:
62 तब तपाईंले भन्नुहुनेछ, 'हे परमप्रभु, यस ठाउँलाई नष्ट गर्नेछु, र कुनै मानिस वा पशु यस ठाउँमा बस्नेछैन, र यो सदाको लागि उजाड हुनेछ भनी तपाईं आफैले घोषणा गर्नुभएको छ ।'
Господи, Ты рекл еси противу места сего погубити е, и да не будет живяй в нем от человека и до скота, и да будет в вечную пустыню:
63 तब तपाईंले यस मुट्ठाको वचनलाई पढेर सिद्ध्याउनुहुन्छ, तब यसमा एउटा ढुङ्गा बाँध्नुहोस् र यसलाई यूफ्रेटिस नदीको बिचमा फाल्नुहोस् ।
и будет, егда прочтеши книгу сию, привяжи к ней камень и вверзи ю посреде Евфрата и рцы:
64 यसो भन्नुहोस्, 'बेबिलोन यसरी नै डुब्नेछ । मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन, र यसको पतन हुनेछ' ।” यर्मियाका वचनहरू यहाँ समाप्त हुन्छन् ।
тако потопится Вавилон и не востанет от лица зол, яже Аз наведу нань, и разорится. Даже до зде словеса Иеремиина.