< यर्मिया 51 >
1 “परमप्रभु यसो भन्नुहुन्छः ‘हेर्, बेबिलोनको विरुद्धमा र लेब-कमाइमा बस्नेहरूको विरुद्धमा समेत मैले विनाशको हुरीबतासलाई उत्तेजित पार्नै लागेको छु ।
Yehova akuti, “Taonani, ndidzadzutsa mphepo yowononga kuti iwononge Babuloni pamodzi ndi anthu a ku Lebi Kamai.
2 म बेबिलोनमा विदेशीहरू पठाउनेछु । तिनीहरूले त्यसलाई तितर-बितर पार्नेछन्, र त्यसको देशलाई सर्वनाश गर्नेछन्, किनकि विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसको विरुद्धमा आउनेछन् ।
Ndidzatuma alendo ku Babuloni kudzamupeta ndi kuwononga dziko lake kotheratu. Iwo adzalimbana naye ku mbali zonse pa tsiku la masautso ake.
3 धनुर्धारीहरूलाई आफ्ना धनु तान्न नदेओ । तिनीहरूलाई कवच लगाउन नदेओ । त्यसका युवाहरूलाई नजोगाऊ । त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर ।
Okoka uta musawalekerere kapena wonyadira chovala chawo chankhondo. Musawasiye anyamata ake kuti akhale ndi moyo; koma muwononge ankhondo ake kotheratu.
4 किनभने घाइते मानिसहरू कल्दीहरूको देशमा ढल्नेछन् । मारिएकाहरू त्यसका सडकहरूमा ढल्नेछन् ।
Adzavulazidwa ndi kufera mʼdziko la Babuloni lomwelo ndi mʼmisewu yawo yomwe.
5 किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बिर्सनुभएको छैन ।
Pakuti Yuda ndi Israeli sanasiyidwe ngati amasiye ndi Mulungu wawo, Yehova Wamphamvuzonse, koma ngakhale dziko la Babuloni ndi lodzaza ndi machimo pamaso pa Woyerayo wa Israeli.
6 बेबिलोनको बिचबाट भाग । हरेक मानिसलाई आफ्नै ज्यान बचाउन देओ । त्यसको अधर्ममा नष्ट नहोओ । किनकि यो परमप्रभुको बदलको समय हो । त्यसका सबै कुराको बदला उहाँले लिनुहुनेछ ।
“Thawaniko ku Babuloni! Aliyense apulumutse moyo wake! Musawonongeke naye pamodzi chifukwa cha machimo ake. Imeneyi ndi nthawi yoti Yehova amulange; Yehova adzamulipsira.
7 परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्याएको थियो । जातिहरूले त्यसको दाखमद्य पिए र बौलाहा भए ।
Babuloni anali ngati chikho cha golide mʼdzanja la Yehova; kuti aledzeretse dziko lonse lapansi. Mitundu yambiri ya anthu inamwa vinyo wake; nʼchifukwa chake tsopano inachita misala.
8 बेबिलोन अकस्मात् ढल्नेछ, र नष्ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ ।
Babuloni wagwa mwadzidzidzi ndi kusweka. Mulireni! Mfunireni mankhwala opha ululu wake; mwina iye nʼkuchira.”
9 'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ ।
Ena anati, “‘Ife tinayesa kumupatsa mankhwala Babuloni, koma sanachire; tiyeni timusiye ndipo aliyense apite ku dziko la kwawo, pakuti mlandu wake wafika mpaka mlengalenga, wafika mpaka kumwamba.’
10 परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्वरका कामहरू बताऔं ।'
“‘Yehova waonetsa poyera kuti ndife osalakwa; tiyeni tilengeze mu Ziyoni zimene Yehova Mulungu wathu wachita.’
11 काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।
“Yehova wadzutsa mitima ya mafumu a Amedi, popeza cholinga chake ndi kuwononga Babuloni. Motero adzalipsira Ababuloni chifukwa chowononga Nyumba yake. Ndiye Yehova akuti, ‘Nolani mivi, tengani zishango.’
12 बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ । गार्डहरूलाई सजग बनाओ । पहरेदारहरू खडा गर । लुकेर हमला गर्ने ठाउँहरू तयार गर । किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्नुभएको छ, त्यो उहाँले गर्नुहुनेछ ।
Kwezani mbendera yankhondo kuti muwononge malinga a Babuloni! Limbitsani oteteza, ikani alonda pa malo awo, konzekerani kulalira. Pakuti Yehova watsimikiza ndipo adzachitadi zomwe ananena za anthu a ku Babuloni.
13 ए धेरै पानी भएको ठाउँनेर बस्ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।
Inu muli ndi mitsinje yambiri ndi chuma chambiri. Koma chimaliziro chanu chafika, moyo wanu watha.
14 सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’
Yehova Wamphamvuzonse analumbira pali Iye mwini kuti: Ndidzakutumizira adani ochuluka ngati dzombe, kuti adzakuthire nkhondo ndipo adzafuwula kuonetsa kuti apambana.
15 उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्यसको ठाउँमा राख्नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्नुभयो ।
“Yehova analenga dziko lapansi ndi mphamvu zake; Iye anapanga dziko lonse ndi nzeru zake ndipo anayala thambo mwaluso lake.
16 उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।
Iye akayankhula, kumamveka mkokomo wamadzi akumwamba. Iyeyo amabweretsa mitambo kuchokera ku malekezero a dziko lapansi. Amabweretsa mphenzi pamodzi ndi mvula ndi kutulutsa mphepo yamkuntho kumalo kumene amasungira.
17 हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन ।
“Anthu onse ndi opusa ndiponso opanda nzeru; mmisiri aliyense wosula golide akuchita manyazi ndi mafano ake. Mafano akewo ndi abodza; alibe moyo mʼkati mwawo.
18 ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्ट हुनेछन् ।
Mafanowo ndi achabechabe, zinthu zosekedwa nazo. Pamene anthuwo azidzaweruzidwa mafanowo adzawonongedwa.
19 तर परमेश्वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ यीजस्ता हुनुहुन्न, किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
Koma Yehova amene ndi Cholowa cha Yakobo sali ngati mafanowo. Iyeyu ndi Mlengi wa zinthu zonse, kuphatikizapo mtundu umene anawusankha kuti ukhale anthu ake. Dzina lake ndi Yehova Wamphamvuzonse.
20 तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्ट पार्नेछु ।
“Iwe Babuloni ndi ndodo yanga, chida changa chankhondo. Ndi iwe ndimaphwanya mitundu ya anthu, ndi iwe ndimawononga maufumu,
21 तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
ndi iwe ndimaphwanya kavalo ndi wokwerapo, ndi iwe ndimaphwanya galeta ndi woyendetsa wake.
22 तँद्वारा नै म हरेक पुरुष र स्त्रीलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म पाकाहरू र बालबालिकालाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म युवाहरू र कन्या केटीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
Ndi iwe ndimaphwanya mwamuna ndi mkazi, ndi iwe ndimaphwanya nkhalamba ndi wachinyamata, ndi iwe ndimaphwanya mnyamata ndi namwali.
23 तँद्वारा नै म गोठालाहरू र तिनीहरूका बगालहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म जोत्ने मानिसहरू र तिनीहरूको समूहलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म गभर्नरहरू र अधिकारीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
Ndi iwe ndimaphwanya mʼbusa ndi ziweto, ndi iwe ndimaphwanya mlimi ndi ngʼombe, ndi iwe ndimaphwanya abwanamkubwa ndi atsogoleri a ankhondo.
24 तैंले देख्ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।
“Inu mukuona ndidzalanga Babuloni ndi onse amene amakhala mʼdziko la Babuloni chifukwa cha zolakwa zonse anachita ku Ziyoni,” akutero Yehova.
25 ए विनाशको पहाड, म तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्ट पार्छ, यो परमप्रभुको घोषणा हो । तेरो विरुद्धमा म आफ्नो हात पसार्नेछु, र तँलाई भिरबाट तल खसाल्नेछु, र तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु ।
“Taonani, ndikukuzenga mlandu, iwe phiri lowononga, amene umawononga dziko lonse lapansi,” akutero Yehova. “Ndidzatambalitsa dzanja langa pofuna kukulanga, kukugubuduzira pansi kuchokera pa matanthwe ako, ndi kukusandutsa kukhala phiri lopserera.
26 त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।
Palibe ngakhale ndi mwala wako umodzi umene anthu adzawutenga kuti awugwiritse ntchito kumangira nyumba, chifukwa iwe udzakhala chipululu mpaka muyaya,” akutero Yehova.
27 पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।
“Kwezani mbendera ya nkhondo mʼdziko! Lizani lipenga pakati pa mitundu ya anthu! Konzekeretsani mitundu ya anthu kuti ikamuthire nkhondo; itanani maufumu awa: Ararati, Mini ndi Asikenazi kuti adzamuthire nkhondo. Ikani mtsogoleri wankhondo kuti amenyane naye; tumizani akavalo ochuluka ngati magulu a dzombe.
28 त्यसलाई आक्रमण गर्न जातिहरूलाई तयार पार । मादीका राजाहरू, त्यसका गभर्नरहरू, त्यसका सबै अधिकारी र त्यसले शासन गरेका सबै देशलाई तयार पार ।
Konzekeretsani mitundu ya anthu. Amenewa ndiwo mafumu a Amedi, abwanamkubwa awo, atsogoleri a ankhondo, ndiponso ankhondo a mayiko amene amawalamulira, kuti idzathire nkhondo Babuloni.
29 किनकि देश हल्लिनेछ, र वेदनामा हुनेछ, किनकि कुनै बासिन्दा नबस्ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन् ।
Dziko likunjenjemera ndi kunthunthumira, chifukwa zidzachitikadi zimene Yehova wakonzera Babuloni; kusakaza dziko la Babuloni kuti musapezeke wokhalamo.
30 बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।
Ankhondo a ku Babuloni aleka kuchita nkhondo; iwo angokhala mʼmalinga awo. Mphamvu zawo zatheratu; ndipo akhala ngati akazi. Malo ake wokhala atenthedwa; mipiringidzo ya zipata zake yathyoka.
31 बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।
Othamanga akungopezanapezana, amithenga akungotsatanatsatana kudzawuza mfumu ya ku Babuloni kuti alande mzinda wake wonse.
32 नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”
Madooko onse alandidwa, malo onse obisalamo alonda atenthedwa ndi moto, ndipo ankhondo onse asokonezeka.”
33 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे । यो त्यसलाई कुल्चने समय हो । केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ ।
Yehova Wamphamvuzonse, Mulungu wa Israeli akuti, “Babuloni wokongola uja wakhala ngati malo opunthirapo tirigu pa nthawi yake yopuntha tirigu; A ku Yerusalemu akuti, Posachedwapa nthawi yake yomukolola ifika.”
34 'बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको छ, उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ । राक्षसले झैं त्यसले मलाई निलेको छ । मेरा स्वादिष्ट खानाले त्यसले आफ्नो पेट भरेको छ, र त्यसले मलाई बान्ता गरेर फालेको छ ।'
A ku Yerusalemu akuti, “Nebukadinezara mfumu ya ku Babuloni watiwononga, watiphwanya, ndi kutitaya ngati mbiya yopanda kanthu. Watimeza ngati ngʼona, wakhuta ndi zakudya zathu zokoma, kenaka nʼkutilavula.”
35 सियोनमा बस्नेले भन्छ, 'म र मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ।' यरूशलेमले भन्नेछ, 'मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस्' ।”
Anthu a ku Ziyoni anene kuti, “Zankhanza zimene anatichitira ife ziwabwerere Ababuloni.” Anthu okhala mu Yerusalemu anene kuti, “Magazi athu amene anakhetsedwa akhale pa amene akukhala ku Babuloni.”
36 त्यसकारण परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।
Nʼchifukwa chake Yehova akuti, “Taona, ndidzakumenyera nkhondo ndi kukulipsirira; ndidzawumitsa nyanja yake ndipo akasupe ake adzaphwa.
37 बेबिलोन भग्नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्दा छैन ।
Motero Babuloni adzasanduka mulu wa nyumba zogumuka, malo okhala nkhandwe, malo ochititsa mantha ndi onyozedwa, malo wopanda aliyense wokhalamo.
38 बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्चाहरूजस्तै कराउँछन् ।
Anthu ake onse adzabangula ngati mkango, adzadzuma ngati ana amkango.
39 तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—
Ngati achita dyera ndiye ndidzawakonzera madyerero ndi kuwaledzeretsa, kotero kuti adzasangalala, kenaka nʼkugona tulo mpaka muyaya ndipo sadzadzukanso,” akutero Yehova.
40 म तिनीहरूलाई मारिनलाई लगिएका थुमाहरू, बोकाहरूसँगै भेडाहरूझैं तल पठाउनेछु ।
“Ine ndidzawatenga kuti akaphedwe ngati ana ankhosa onenepa, ngati nkhosa zazimuna ndi mbuzi.
41 कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्नावशेषको ठाउँ भएको छ!
“Ndithu Babuloni walandidwa, mzinda umene dziko lonse lapansi limanyadira wagwidwa! Taonani, mmene Babuloni wasandukira chinthu chochititsa mantha pakati pa mitundu ya anthu!
42 बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।
Nyanja yakwera ndi kumiza Babuloni; mafunde ake okokoma aphimba Babuloni.
43 त्यसका सहरहरू उजाड, सुक्खा भूमि र मरुभूमि भएका छन्, जहाँ कोही बस्दैन, र कुनै मानिस त्यताबाट जाँदैन ।
Mizinda yake yasanduka bwinja, dziko lowuma ndi lachipululu, dziko losakhalamo wina aliyense, dziko losayendamo munthu aliyense.
44 त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।
Ndidzalanga Beli mulungu wa Ababuloni, ndidzamusanzitsa zimene anameza. Mitundu ya anthu sidzapitanso kwa iye. Malinga a Babuloni agwa.
45 ए मेरा मानिसहरू हो, त्यसको बिचबाट बाहिर जाओ । मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ ।
“Tulukani mʼBabuloni anthu anga! Pulumutsani miyoyo yanu! Thawani mkwiyo woopsa wa Yehova.
46 देशमा सुनिएको खबरले तिमीहरूको हृदयमा डर वा भय नहोस्, किनकि खबर एक वर्षसम्म आउनेछ । यसपछि अर्को वर्ष देशमा खबर र हिंसा हुनेछ । शासक शासकको विरुद्धमा हुनेछ ।
Musataye mtima kapena kuchita mantha pamene mphekesera zikumveka mʼdziko mwanu. Chaka ndi chaka pamabuka mphekesera za ziwawa mʼdziko lapansi, ndiponso yakuti mfumu yakuti ikuthira nkhondo mfumu ina.
47 त्यसकारण, हेर, यस्ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।
Pakuti taonani, nthawi ikubwera ndithu pamene ndidzalanga mafano a ku Babuloni; dziko lake lonse lidzachita manyazi ndi ophedwa ake onse adzakhala ngundangunda pakati pake.
48 त्यसपछि स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् । किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
Pamenepo kumwamba ndi dziko lapansi ndi zonse zili mʼmenemo zidzayimba mokondwa chifukwa cha kugwa kwa Babuloni. Anthu owononga ochokera kumpoto adzamuthira nkhondo,” akutero Yehova.
49 जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्नेछन् ।
“Babuloni anapha anthu ambiri pa dziko lapansi. Tsono, nawo anthu a ku Babuloni ayenera kuphedwa chifukwa anapha anthu a ku Yerusalemu.
50 तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् ।
Inu amene munapulumuka ku nkhondo ya Babuloni, chokani pano ndipo musazengereze! Kumbukirani Yehova ngakhale muli ku mayiko akutali, ganizirani za Yerusalemu.”
51 हामी लज्जित छौं, किनकि हामीले अपमान सुनेका छौं । निन्दाले हाम्रा मुहार ढाकेको छ, किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन् ।
Inu mukuti, “Tikuchita manyazi, chifukwa tanyozedwa ndipo nkhope zathu zili ndi manyazi, chifukwa anthu achilendo alowa malo opatulika a Nyumba ya Yehova.”
52 त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।
Nʼchifukwa chake Yehova akuti, “Masiku akubwera pamene ndidzalanga mafano ake, ndipo mʼdziko lake lonse anthu ovulala adzabuwula.
53 किनकि बेबिलोन स्वर्गसम्मै उक्ले वा त्यसका अग्ला-अग्ला किल्लाहरूलाई मजबुत बनाए तापनि, मबाट त्यसकहाँ विनाशकहरू आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
Ngakhale Babuloni atadzikweza mpaka mlengalenga ndi kulimbitsa nsanja zake, ndidzatuma anthu owononga kudzamenyana naye,” akutero Yehova.
54 बेबिलोनबाट निराशाको चित्कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।
“Imvani mfuwu wolira kuchokera ku Babuloni. Imvani phokoso lachiwonongeko chachikulu kuchokera mʼdziko la Babuloni.
55 किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।
Pakuti Yehova akuwononga Babuloni, ndipo akuthetsa phokoso lake lalikulu. Mfuwu wa adani ukumveka ngati mkokomo wa madzi ambiri. Phokoso lawo likunka likwererakwerera.
56 किनकि विनाशकहरू बेबिलोनको विरुद्धमा आएका छन्, र त्यसका योद्धाहरू कब्जामा परेका छन् । तिनीहरूका धनुहरू भाँचिएका छन्, किनकि परमप्रभु बदलाको परमेश्वर हुनुहुन्छ । उहाँले निश्चय नै यो बदला लिनु नै हुनेछ ।
Pakuti wowononga wafika kudzamenyana ndi Babuloni, ankhondo ake agwidwa, ndipo mauta awo athyoka. Paja Yehova ndi Mulungu wobwezera chilango; adzabwezera kwathunthu.
57 किनकि म त्यसका राजकुमारहरू, बुद्धिमान् मानिसहरू, अधिकारीहरू र सिपाहीहरूलाई मत्त्याउनेछु, र तिनीहरू चिर निद्रामा सुत्नेछन् अनि कहिलै बिउँझने छैनन्—द यो महाराजाको घोषणा होः उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
Ndidzaledzeretsa akuluakulu ake pamodzi ndi anzeru ake, abwanamkubwa ake, atsogoleri a ankhondo pamodzinso ndi ankhondo; adzagona kwamuyaya osadzukanso,” akutero Mfumu, amene dzina lake ndi Yehova Wamphamvuzonse.
58 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”
Yehova Wamphamvuzonse akuti, “Malinga aakulu a Babuloni adzasalazidwa ndipo zipata zake zazitali zidzatenthedwa; mitundu ya anthu inangogwira ntchito pachabe. Anthu anatopa ndi kumanga zimene tsopano zikupsa ndi moto.”
59 यहूदाका राजा सिदकियाहले राज्य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।
Zedekiya mfumu ya Yuda inali ndi phungu wake wamkulu amene dzina lake linali Seraya mwana wa Neriya chidzukulu cha Maseya. Mʼchaka chachinayi cha ulamuliro wake, Zedekiya anapita ndi Seraya ku Babuloni. Tsono mneneri Yeremiya anamupatsirako uthenga Serayayo.
60 बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।
Yeremiya anali atalemba mʼbuku za masautso onse amene adzafike pa Babuloni ndi zina zonse zokhudza Babuloni.
61 यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।
Yeremiya anawuza Seraya kuti, “Ukakafika ku Babuloni, ukaonetsetse kuti wawawerengera anthu onse mawu onsewa.
62 तब तपाईंले भन्नुहुनेछ, 'हे परमप्रभु, यस ठाउँलाई नष्ट गर्नेछु, र कुनै मानिस वा पशु यस ठाउँमा बस्नेछैन, र यो सदाको लागि उजाड हुनेछ भनी तपाईं आफैले घोषणा गर्नुभएको छ ।'
Ndipo ukanene kuti, ‘Inu Yehova, mwanena kuti mudzawononga malo ano, kotero kuti simudzatsala munthu kapena nyama mʼdziko muno; lidzakhala chipululu mpaka muyaya.’
63 तब तपाईंले यस मुट्ठाको वचनलाई पढेर सिद्ध्याउनुहुन्छ, तब यसमा एउटा ढुङ्गा बाँध्नुहोस् र यसलाई यूफ्रेटिस नदीको बिचमा फाल्नुहोस् ।
Ukakatha kuwerenga bukuli, ukalimangirire ku mwala ndipo ukaliponye pakati pa mtsinje wa Yufurate.
64 यसो भन्नुहोस्, 'बेबिलोन यसरी नै डुब्नेछ । मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन, र यसको पतन हुनेछ' ।” यर्मियाका वचनहरू यहाँ समाप्त हुन्छन् ।
Ndipo ukanene kuti, ‘Umu ndi mmene adzamirire Babuloni ndipo sadzadzukanso chifukwa cha masautso amene adzamugwere.’” Mawu a Yeremiya athera pamenepa.