< यर्मिया 50 >

1 यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,
Šis ir tas vārds, ko Tas Kungs runājis pret Bābeli, pret Kaldeju zemi, caur pravieti Jeremiju.
2 “जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्‍न लगा । सङ्केत उठा र तिनीहरूलाई सुन्‍न लगा । यसलाई नलुका । यसो भन्, 'बेबिलोनलाई लिइएको छ । बेललाई लाजमा पारिएको छ । मरोदक हताश भएको छ । यसका मूर्तिहरू लाजमा पारिएका छन् । यसका प्रतिमाहरू हताश पारिएका छन् ।'
Sludinājiet starp tautām un izsauciet to un izceļat karogu, izsauciet un neapslēpiet to, sakāt: Bābele uzņemta, Bels stāv kaunā, Merodaks satriekts, viņu dievekļi apkaunoti, viņu elkudievi satriekti.
3 यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।
Jo pret viņu nāk tauta no ziemeļa puses; tā viņas zemi darīs par tuksnesi bez iedzīvotāja; tā cilvēki kā lopi bēguši, aizgājuši projām.
4 यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्‍यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन् ।
Tanīs dienās un tanī laikā, saka Tas Kungs, Israēla bērni līdz ar Jūda bērniem nāks; tie ies raudādami vienā raudāšanā un meklēs To Kungu, savu Dievu.
5 तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”
Tie vaicās pēc Ciānas, viņu vaigi (griezīsies) šurp pa to ceļu. Nāciet, pieķersimies Tam Kungam mūžīgā derībā, kas netaps aizmirsta.
6 मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।
Mani ļaudis bija pazudušas avis, viņu gani tās bija pievīluši, tie tās bija maldinājuši kalnos, ka gāja no kalniem uz pakalniem, aizmirsa savus laidarus.
7 तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्‍ना साँचो घर, आफ्‍ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।'
Visi, kas tos atrada, tos aprija, un viņu pretinieki sacīja: mēs nebūsim noziedzīgi, jo tie ir grēkojuši pret To Kungu, pret to taisnības dzīvokli un viņu tēvu patvērumu, pret To Kungu.
8 बेबिलोनको बिचबाट निस्केर आओ । कल्दीहरूको देशबाट बाहिर जाओ । बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्‍छन् ।
Bēdziet no Bābeles un ejat ārā no Kaldeju zemes un esiet tie auni ganāmā pulka priekšā.
9 किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।
Jo redzi, Es celšu lielu tautu pulku no ziemeļa zemes un to vedīšu pret Bābeli; tie pret viņu nostāsies, un tad viņa taps uzņemta. Viņu bultas būs kā no krietna karavīra, neviena neatgriezīsies tukša.
10 कल्दी लुटको माल बन्‍नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।
Un Kaldeju zeme būs par laupījumu; visi, kas to aplaupa, pieēdīsies, saka Tas Kungs.
11 तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।
Jo priecājaties tik vien un lecat no prieka, jūs Manas mantības postītāji; lecat tik vien kā tele uz metiena un zviedzat kā ērzeļi.
12 त्यसैले तेरी आमा अत्यन्तै लज्‍जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे । हेर, त्‍यो जातिहरूका बिचमा नीच हुनेछे । त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे ।
Jūsu māte taps ļoti apkaunota, kas jūs dzemdējusi, tā nosarks; redzi, pagānu gals ir tuksnesis, sausums un posts.
13 परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन् ।
Aiz Tā Kunga dusmības tur nedzīvos, bet tā būs pavisam tuksnesis; visi, kas Bābelei ies garām, brīnīsies un svilpos par viņas mokām.
14 बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर । धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ । आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ ।
Taisāties pret Bābeli visapkārt, visi, kas stopu velk, šaujiet uz to, netaupiet bultas, jo tā grēkojusi pret To Kungu.
15 चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।
Ceļat visapkārt kara troksni pret to! Tā padevusies, viņas pamati gruvuši, viņas mūri noārdīti. Jo tā ir Tā Kunga atriebšana; atriebjaties pret viņu, tā kā viņa darījusi, tā dariet viņai.
16 बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार । अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून् ।
Izdeldat no Bābeles tā sējēju, kā to, kas sirpi ņem rokā pļaujamā laikā! No tā briesmīgā zobena ikviens griezīsies pie savas tautas un ikviens bēgs uz savu zemi.
17 इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो । पहिले अश्शूरका राजाले त्यसलाई खायो । त्यसपछि बेबिलोनका राजाले त्यसका हड्‍डीहरू भाँचिदियो ।
Israēls ir noklīdusi avs, ko lauvas trenkājušas. Tas pirmais, kas viņu ēdis, bija Asīrijas ķēniņš, un nu pēdīgi Nebukadnecars, Bābeles ķēniņš, satriecis viņa kaulus.
18 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ ।
Tādēļ tā saka Tas Kungs Cebaot, Israēla Dievs: redzi, Es piemeklēšu Bābeles ķēniņu un viņa zemi, tā kā esmu piemeklējis Asīrijas ķēniņu,
19 इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्‍ट हुनेछ ।
Un vedīšu Israēli atpakaļ viņa dzīvoklī, un tas ganīsies pa Karmeli un Basanu, un viņa dvēsele taps pieēdināta pa Efraīma un Gileāda kalniem.
20 परमप्रभु भन्‍नुहुन्छ, ती दिनमा र त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर केही पनि पाइनेछैन । यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन, किनकि मैले जोगाउने बाँकीहरूलाई म क्षमा दिनेछु ।”
Tanīs dienās un tanī laikā, saka Tas Kungs, Israēla noziegums taps meklēts, bet vairs nebūs, un Jūda grēki, bet tie netaps atrasti, jo Es tiem piedošu, ko Es atlicināšu.
21 “मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।
Celies pret to divkārtīgo dumpotāju zemi un pret tiem iedzīvotājiem, kas taps piemeklēti; posti un deldē viņiem pakaļ dzīdamies, saka Tas Kungs, un dari, tā kā Es tev esmu pavēlējis.
22 देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।
Kara troksnis tai zemē un liels posts!
23 सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्‍ट गरिएको ठाउँ भएको छ ।
Kā visas pasaules veseris salauzts un satriekts! Kā Bābele palikusi par posta vietu starp tautām!
24 ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्‍यसको बारेमा थाहा नै भएन । तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस् ।
Es tev esmu licis valgus, un tu nezinot esi savaldzināta, Bābele; tu esi atrasta un sagrābta, tādēļ ka tu Tam Kungam esi turējusies pretī.
25 परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको काम छ ।
Tas Kungs Savu mantas namu atdarījis un Savas dusmības rīkus ņēmis ārā, jo Tam Kungam, Tam Kungam Cebaot, ir darbs Kaldeju zemē.
26 टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।
Nāciet šurp pret viņu no pasaules gala, atdariet viņas klētis, sametiet to kā labību kaudzēs, un izdeldiet to, ka no tās nekas neatliek.
27 त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।
Nokaujiet visus viņas vēršus, lai tie iet pie kaušanas. Ak vai, par tiem! Jo viņu diena ir nākusi, viņu piemeklēšanas laiks.
28 बेबिलोनको देशबाट भागिरहेकाहरू र त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”
Klau! Bēgļi un izsprukušie no Bābeles zemes, lai pasludina Ciānā Tā Kunga, mūsu Dieva, atriebšanu, to atriebšanu Viņa nama dēļ.
29 “बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।
Sasauciet pret Bābeli strēlniekus; visi, kas stopu velkat, apmetaties ap viņu, ka neviens neizsprūk, atmaksājiet viņai pēc viņas darba, dariet viņai, tā kā viņa darījusi. Jo tā ir lepojusies pret To Kungu, to Svēto iekš Israēla.
30 त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”
Tāpēc viņas jaunekļi kritīs pa viņas ielām, un visi viņas karavīri tai dienā taps izdeldēti, saka Tas Kungs.
31 “हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु ।
Redzi, Es ceļos pret tevi, tu lepnā, saka Tas Kungs, Tas Kungs Cebaot: jo tava diena ir nākusi, tavas piemeklēšanas laiks.
32 त्यसैले अहङ्कारीहरू ठक्‍कर खानेछन् र ढल्‍नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्‍यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ ।
Tad tā lepnā klups un kritīs, un nebūs, kas viņu uzcels, jo Es iededzināšu uguni viņas pilsētās; tas visu norīs visapkārt.
33 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन् ।
Tā saka Tas Kungs Cebaot: Israēla bērni līdz ar Jūda bērniem ir nospaidīti, un visi, kas tos cietumā likuši, viņus tura stipri un liedzās viņus atlaist.
34 तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।
Bet viņu Pestītājs ir stiprs, Kungs Cebaot ir viņa vārds, viņš tiesādams tiesās viņu lietu, ka šo zemi dara dusam, bet Bābeles iedzīvotājus drebam.
35 यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्‍यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।
Zobens nāks pār Kaldejiem, saka Tas Kungs, un pār Bābeles iedzīvotājiem, un pār viņas lielkungiem un pār viņas gudriem.
36 व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार छ । तिनीहरू मूर्ख हुनेछन् । त्यसका सिपाहीहरूको विरुद्धमा तरवार छ । तिनीहरू त्रासले भरिनेछन् ।
Zobens nāks pār viņas zīlniekiem, ka tie top par ģeķiem, zobens pār viņas vareniem, ka tie baiļojās.
37 तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।
Zobens pār viņas zirgiem un pār viņas ratiem un pār visu saskrējušo ļaužu pulku, kas ir viņas vidū, ka tie paliek par bābām; zobens pār viņas mantām, ka tās top laupītas.
38 त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्‍नेछन् । किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन् ।
Kaltētājs nāks pār viņas ūdeņiem, ka tie izsīkst; jo tā ir elkdievīga zeme un trako ar saviem dievekļiem.
39 स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्‍नेछन्, र अस्ट्रिचका बच्‍चाहरू त्यहाँ बस्‍नेछन् । किनकि त्यसमा फेरि कहिल्यै बासिन्‍दा बस्‍नेछैनन् । पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्‍नेछैन ।
Tāpēc tur mitīs tuksneša zvēri un kaucēji, ir jauni strausi tur dzīvos, un tā vairs netaps apdzīvota ne mūžam, un tur iedzīvotāju nebūs līdz radu radiem.
40 जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”
Tā kā Dievs apgāzis Sodomu un Gomoru un viņu kaimiņus, saka Tas Kungs, tā tur neviens nedzīvos nedz cilvēku bērns tur mitīs.
41 “हेर, उत्तरबाट एउटा जाति आउँदैछ । पृथ्वीको पल्लो छेउबाट एउटा जाति र धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ ।
Redzi, tauta nāk no ziemeļa puses, liela tauta, un daudz ķēniņi cēlās no pasaules galiem.
42 तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् । ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन् ।
Tiem ir stopi un šķēpi, tie ir bargi un nebūs žēlīgi, viņu balss kauks kā jūra, un tie jās uz zirgiem apbruņoti kā karavīri pret tevi, Bābeles meita!
43 बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्‍कै गले । प्रसव-वेदनामा परेकी स्‍त्रीझैं वेदनाले त्यसलाई समात्यो ।
Bābeles ķēniņš dzird viņu baumu, un viņa rokas nogurst, bailes viņu sagrābj, sāpes kā sievu, kas dzemdē.
44 हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
Redzi, viņš ceļas kā lauva no Jardānes vareniem biezumiem pret stipriem dzīvokļiem; jo Es viņu no turienes piepeši aizdzīšu, un kas ir izredzēts, to Es pār to celšu. Jo kas ir tāds kā Es, un kas Mani sauks tiesā, un kas ir tas gans, kas Manā priekšā pastāvēs?
45 त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्‍चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
Tāpēc klausāt Tā Kunga padomu, ko Viņš nospriedis par Bābeli, un Viņa domas, ko Viņš nodomājis par Kaldeju zemi. Tiešām, viņus aizvedīs kā ganāmā pulka jērus; tiešām, viņu ganības iztrūcināsies par viņiem.
46 बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”
Un zeme trīcēs no trokšņa, ka Bābele uzņemta, un brēkšana būs dzirdama starp tautām.

< यर्मिया 50 >