< यर्मिया 50 >
1 यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,
關於巴比倫和加色丁地上主藉耶肋米亞先知所說的話:
2 “जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्न लगा । सङ्केत उठा र तिनीहरूलाई सुन्न लगा । यसलाई नलुका । यसो भन्, 'बेबिलोनलाई लिइएको छ । बेललाई लाजमा पारिएको छ । मरोदक हताश भएको छ । यसका मूर्तिहरू लाजमा पारिएका छन् । यसका प्रतिमाहरू हताश पारिएका छन् ।'
你們該在民族間宣布傳揚,該樹起旗幟傳揚,不該隱瞞,說:「巴比倫已陷落了,貝耳遭受了羞辱,默洛達客傾倒了;她的偶像遭受了恥辱,她的神祇傾倒了。」
3 यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्ने छैन । मानिस र पशु दुवै भाग्नेछन् ।
因為有一民族從北方上來,向她進攻,使她的國土化為無人居住,人獸絕跡的荒野。
4 यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्ना परमेश्वरको खोजी गर्न सँगसँगै आउनेछन् ।
在那些日子裡和在那時期中──上主的斷語──以色列子民要與猶大子民一同歸來,且走且哭,尋覓上主他們的天主,
5 तिनीहरूले सियोनतिर जाने बाटो सोध्नेछन्, र यसो भन्दै त्यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”
他們必詢問熙雍的所在,面朝往那裏的道路說:來,讓我們以永久不可忘的盟約依附上主! 」
6 मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।
我的人民是一群迷途的羊群,他們的牧人使他們流浪,在群山間徘徊,翻山越嶺地漫遊,忘掉了自己的羊棧。
7 तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्ना साँचो घर, आफ्ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।'
凡遇見他們的,將他們吞噬;他們的仇敵反而說:「我們並沒有過錯,因為是他們得罪了上主,正義的淵源和他們祖先的希望。」
8 बेबिलोनको बिचबाट निस्केर आओ । कल्दीहरूको देशबाट बाहिर जाओ । बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्छन् ।
你們該逃離巴比倫,走出加色丁地,如同羊群前領頭的公山羊。
9 किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।
因為,看,我必從北方,發動一群強盛的民族前來進攻巴比倫,列陣向她進攻,就地將她攻陷;他們的箭像是善戰的勇士,從不空手而歸。
10 कल्दी लुटको माल बन्नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।
加色丁必遭劫掠,凡劫掠她的,必心滿意足──上主的斷語。
11 तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।
你們搶奪我產業的人,你們儘管喜樂,儘管歡欣:跳躍,好像踏青的小公牛;嘶鳴,有如獲偶的牡馬!
12 त्यसैले तेरी आमा अत्यन्तै लज्जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे । हेर, त्यो जातिहरूका बिचमा नीच हुनेछे । त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे ।
你們的母親已遭受極大的恥辱,生養你的,已滿面羞慚。看,她已成為民族中最卑下的,成了曠野、旱地和荒原;
13 परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्यक्ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्ला गर्नेछन् ।
在上主的盛怒下,她已無人居住,滿目淒涼:凡經過巴比倫的人,看見的種種慘狀,莫不驚異嗟嘆。
14 बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर । धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ । आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ ।
一切開張弓弩的射手! 你們應列陣圍攻巴比倫,向她射擊,不要吝惜箭羽,因為她得罪了上主。
15 चारैतिर त्यसको विरुद्धमा सोर उच्च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्तो गरेको छ तेस्तै त्यसलाई गर ।
你們四周圍繞,向她吶喊! 她必伸手請降,她的城樓必將陷落,她的城牆必要被攻陷,因為這是上主的報復。你們報復她,照她作的還報!
16 बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार । अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून् ।
你們要殲滅巴比倫播種和手持鐮刀收割的人! 面臨無情的刀劍,各人回歸自己的民族,各自逃往自己的故鄉。
17 इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो । पहिले अश्शूरका राजाले त्यसलाई खायो । त्यसपछि बेबिलोनका राजाले त्यसका हड्डीहरू भाँचिदियो ।
以色列是獅子追捕的亡羊,首先吞噬她的,是亞述君王;最後咬碎她骨骸的,是拿步高巴比倫王。
18 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ ।
為此,萬軍的上主,以色列的天主這樣說:「看,我要懲罰巴比倫王和他的國土,就如我懲罰了亞述君王一樣。
19 इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्ट हुनेछ ।
我要領以色列回歸自己的牧場,在加爾默耳和巴商牧放,使他們的心靈在厄弗辣因與基肋阿得山上,獲得滿足。
20 परमप्रभु भन्नुहुन्छ, ती दिनमा र त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर केही पनि पाइनेछैन । यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन, किनकि मैले जोगाउने बाँकीहरूलाई म क्षमा दिनेछु ।”
那些日子裏和在那時期中──上主的斷語──要想尋求以色列的不義,卻一無所有;要想尋猶大的罪惡,卻一無所見;因為我必寬恕我留下的遺民。
21 “मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।
你們該向默辣塔因地推進,進攻培科得的居民,屠殺,徹底將他們消滅──上主的斷語──全照我吩咐的進行。
22 देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।
地上發生了交戰的吶喊,巨大的毀滅。
23 सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्ट गरिएको ठाउँ भएको छ ।
怎麼,威震全地的鎚子也被破碎毀壞了﹖怎麼,巴比倫在萬民中也變得如此悽涼﹖
24 ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्यसको बारेमा थाहा नै भएन । तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस् ।
我給你佈下羅網,你竟被捉住;而你,巴比倫,尚不自覺;你被尋獲,且被捉住,因為你竟敢違抗上主! 」
25 परमप्रभुले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्वरको काम छ ।
上主開了自已的武庫,搬出了自己洩怒的武器,因為吾主萬軍的上主,在加色丁地有事要完成。
26 टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।
你們從四面八方向她湧來,打開她的倉庫,堆積成堆,徹底消滅,不給她留下殘餘;
27 त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।
屠殺她的一切公牛,叫他們下入屠場! 卜們的災難臨頭,因為他們的日子到了,到了懲罰他們的時候。
28 बेबिलोनको देशबाट भागिरहेकाहरू र त्यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”
聽從巴比倫地逃命出走的人,在熙雍報告說:「上主我們的天主在復仇,為自己的殿宇雪恥。
29 “बेबिलोनको विरुद्धमा काँड हान्नेहरू, आफ्ना धनु तान्नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।
你們召集弓手,一切挽弓的人,來向巴比倫進攻,在她周圍紮營,不要讓她有人逃脫,該按照她的作為而報復她,照她所作的對待她,因為她傲慢反對上主,反對以色列的聖者。
30 त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”
為此,她的青年人要倒斃在她的廣場,她所有的戰士都要在那一天內滅亡──上主的斷語──
31 “हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्ड दिनेछु ।
你這驕橫的人! 看,我來對付你──我主萬軍上主的斷語──因為你的日子到了,到了懲罰你的時候。
32 त्यसैले अहङ्कारीहरू ठक्कर खानेछन् र ढल्नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ ।
驕橫的必要傾覆顛仆,再沒有人來使她復興;我必放火燒毀她的城市,火要吞滅她四周的一切。」
33 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्कार गर्छन् ।
萬軍的上主這樣說:「以色列子民與猶大子民一同遭受了壓迫;凡俘擄他們的,都扣留他們,不肯釋放。」
34 तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्नेहरूकहाँ द्वन्द ल्याउन उहाँले साँच्चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।
但是他們的救贖者,名叫萬軍的上主,剛強有力,必要辯護他們的案件,使大地安寧,使巴比倫的居民惶亂。
35 यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।
刀劍加於加色丁人──上主的斷語──加於巴比倫的居民,她的公卿和她的謀臣;
36 व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार छ । तिनीहरू मूर्ख हुनेछन् । त्यसका सिपाहीहरूको विरुद्धमा तरवार छ । तिनीहरू त्रासले भरिनेछन् ।
刀劍加於她的巫士,使他們瘋狂;刀劍加於她的勇士,叫他們驚慌;
37 तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।
刀劍加於她的戰馬戰車,加於她境內所有的雜族,使他們柔弱如婦女;刀劍加於她的府庫,使人任意搶奪;
38 त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्नेछन् । किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन् ।
刀劍加於她的水源,叫水源涸竭,因為她偶像遍地,人們癡戀這些怪物;
39 स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्नेछन्, र अस्ट्रिचका बच्चाहरू त्यहाँ बस्नेछन् । किनकि त्यसमा फेरि कहिल्यै बासिन्दा बस्नेछैनन् । पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्नेछैन ।
為此,她必成為野貓和野狗的巢穴,駝鳥的棲身地,永遠不會有人居住,世世代代不會有居民;
40 जसरी परमेश्वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”
恰如天主滅亡了的索多瑪、哈摩辣及附近的城市一樣──上主的斷語──再沒有人居住,再沒有人留宿。
41 “हेर, उत्तरबाट एउटा जाति आउँदैछ । पृथ्वीको पल्लो छेउबाट एउटा जाति र धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ ।
看,有一個民族,從北方來,有一個強盛的異邦和許多君王從地極興起,
42 तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् । ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन् ।
緊握弓矛,殘忍無情,像海嘯般喧嚷,騎著戰馬,萬眾一心,嚴陣準備向你進攻,巴比倫女郎!
43 बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्कै गले । प्रसव-वेदनामा परेकी स्त्रीझैं वेदनाले त्यसलाई समात्यो ।
巴比倫王聽到了他們前來的消息,束手無策,不勝憂慮,痛苦得有如臨盆的產婦。
44 हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्तै त्यहाँबाट भाग्न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
看哪,好像一隻雄獅,從約但的叢林上來,走向常綠的牧場;同樣,我也要轉瞬間將他們趕走,派我選定的人來統治。誠然,誰是我的對手﹖誰敢向我提出質問﹖誰能對抗我的牧人﹖
45 त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
為此,請你們聽上主對巴比倫設下的計謀,對加色丁地策劃的策略:連最弱小的羊也一定要被人牽去,他們的牧場也必對他們戰慄。
46 बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”
巴比倫轟然陷落,大地為之震動;哀號之聲,直達萬邦。