< यर्मिया 50 >
1 यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,
Uthenga umene Yehova anayankhula ndi mneneri Yeremiya wonena za mzinda wa Babuloni ndi anthu ake ndi uwu:
2 “जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्न लगा । सङ्केत उठा र तिनीहरूलाई सुन्न लगा । यसलाई नलुका । यसो भन्, 'बेबिलोनलाई लिइएको छ । बेललाई लाजमा पारिएको छ । मरोदक हताश भएको छ । यसका मूर्तिहरू लाजमा पारिएका छन् । यसका प्रतिमाहरू हताश पारिएका छन् ।'
“Lengeza ndi kulalika pakati pa anthu a mitundu ina, kweza mbendera ndipo ulengeze; usabise kanthu, koma uwawuze kuti, ‘Babuloni wagwa; mulungu wawo Beli wachititsidwa manyazi, nayenso Mariduku wagwidwa ndi mantha. Milungu yake yagwidwa ndi mantha ndipo mafano ake adzagwidwa ndi mantha.’
3 यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्ने छैन । मानिस र पशु दुवै भाग्नेछन् ।
Mtundu wa anthu wochokera kumpoto wadzathira nkhondo Babuloni ndi kusandutsa bwinja dziko lake. Kumeneko sikudzakhalanso munthu kapena nyama.
4 यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्ना परमेश्वरको खोजी गर्न सँगसँगै आउनेछन् ।
“Masiku amenewo, nthawi imeneyo,” akutero Yehova, “anthu a ku Israeli ndi anthu a ku Yuda onse pamodzi adzabwera akulira. Adzafunitsitsa kuchita zimene Yehova Mulungu wawo akufuna.
5 तिनीहरूले सियोनतिर जाने बाटो सोध्नेछन्, र यसो भन्दै त्यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”
Adzafunsa njira ya ku Ziyoni ndi kuyamba ulendo wopita kumeneko. Iwo adzadzipereka kwa Yehova pochita naye pangano lamuyaya limene silidzayiwalika.
6 मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।
“Anthu anga ali ngati nkhosa zotayika; abusa awo anawasocheretsa mʼmapiri. Iwo anayendayenda mʼmapiri ndi mʼzitunda mpaka kuyiwala kwawo.
7 तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्ना साँचो घर, आफ्ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।'
Aliyense amene anawapeza anawawononga; adani awo anati, ‘Ife si olakwa, chifukwa iwo anachimwira Yehova, amene ali mpumulo wawo weniweni ndi amene makolo awo anamukhulupirira.’
8 बेबिलोनको बिचबाट निस्केर आओ । कल्दीहरूको देशबाट बाहिर जाओ । बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्छन् ।
“Thawaniko ku Babuloni; chokani mʼdziko la Ababuloni. Muyambe inu kutuluka ngati atonde amene amatsogolera ziweto.
9 किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।
Taonani, ndidzaukitsa gulu lankhondo lamphamvu la mitundu ina ndi kubwera nalo kuchokera kumpoto kudzamenyana ndi Babuloni. Iwo adzandandalika ankhondo awo ndi kugonjetsa Babuloni. Mivi yawo ili ngati ya ankhondo aluso, yosapita padera.
10 कल्दी लुटको माल बन्नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।
Motero Ababuloni adzafunkhidwa; ndipo onse omufunkha adzakhuta,” akutero Yehova.
11 तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।
“Inu Ababuloni, munawononga anthu anga osankhika. Ndiye pano mukukondwa, mukusangalala. Mukulumphalumpha mokondwa ngati mwana wangʼombe wopuntha tirigu ndiponso mukulira monyada ngati ngʼombe zazimuna.
12 त्यसैले तेरी आमा अत्यन्तै लज्जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे । हेर, त्यो जातिहरूका बिचमा नीच हुनेछे । त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे ।
Koma mzinda wanu udzachititsidwa manyazi kwambiri. Mzinda umene uli ngati mayi wanu udzanyazitsidwa. Babuloni adzasanduka chitsirizira cha anthu onse. Mzinda wawo udzakhala ngati thengo, ngati dziko lowuma lachipululu.
13 परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्यक्ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्ला गर्नेछन् ।
Chifukwa cha mkwiyo wa Yehova Babuloni adzakhala wopanda anthu ndipo adzakhala chipululu chokhachokha. Onse odutsa kumeneko adzachita mantha ndipo azidzangotsonya chifukwa cha chiwonongeko chake chachikulu.
14 बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर । धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ । आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ ।
“Inu okoka uta, konzekani kuti muthire nkhondo mzinda wa Babuloni mbali zonse. Muponyereni mivi yanu yonse chifukwa anachimwira Yehova.
15 चारैतिर त्यसको विरुद्धमा सोर उच्च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्तो गरेको छ तेस्तै त्यसलाई गर ।
Mufuwulireni mbali zonse pakuti wagonja. Nsanja zake zagwa. Malinga ake agwetsedwa. Kumeneku ndiko kulipsira kwa Yehova. Mulipsireni, mumuchite zomwe iye anachitira anthu ena.
16 बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार । अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून् ।
Chotsani ku Babuloni munthu wofesa mbewu aliyense, ndiponso wodula tirigu ndi chikwakwa chake pa nthawi yokolola. Poona lupanga la ozunza anzawo, aliyense adzabwerera kwa anthu ake; adzathawira ku dziko la kwawo.
17 इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो । पहिले अश्शूरका राजाले त्यसलाई खायो । त्यसपछि बेबिलोनका राजाले त्यसका हड्डीहरू भाँचिदियो ।
“Aisraeli ali ngati nkhosa zomwe zabalalika pothamangitsidwa ndi mikango. Mfumu ya ku Asiriya ndiye inayamba kuwapha Aisraeliwo. Wotsiriza anali Nebukadinezara mfumu ya ku Babuloni amene anachita ngati kuphwanya mafupa ake.”
18 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ ।
Nʼchifukwa chake Yehova Wamphamvuzonse, Mulungu wa Israeli akuti, “Ndidzalanga mfumu ya ku Babuloni pamodzi ndi dziko lake monga momwe ndinalangira mfumu ya ku Asiriya.
19 इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्ट हुनेछ ।
Koma ndidzabwezera Israeli ku msipu wake ndipo adzadya mʼminda ya ku Karimeli ndi Basani; adzadya nakhuta ku mapiri a ku Efereimu ndi Giliyadi.
20 परमप्रभु भन्नुहुन्छ, ती दिनमा र त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर केही पनि पाइनेछैन । यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन, किनकि मैले जोगाउने बाँकीहरूलाई म क्षमा दिनेछु ।”
Masiku amenewo, nthawi imeneyo,” akutero Yehova, “anthu adzafunafuna zolakwa za Israeli koma sadzapeza nʼchimodzi chomwe, ndipo adzafufuza machimo a Yuda, koma sadzapeza ndi limodzi lomwe, chifukwa otsala amene ndawasiya ndidzawakhululukira.
21 “मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।
“Lithireni nkhondo dziko la Merataimu ndi anthu okhala ku Pekodi. Muwaphe ndi lupanga ndi kuwawonongeratu,” akutero Yehova. “Chitani zonse monga momwe ndakulamulani.
22 देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।
Mʼdziko muli phokoso la nkhondo, phokoso la chiwonongeko chachikulu!
23 सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्ट गरिएको ठाउँ भएको छ ।
Taonani mʼmene waphwanyikira ndi kuwonongekera uja amati ndi nyundo ya dziko lonse lapansi. Mzinda wa Babuloni wasanduka chinthu chochititsa mantha pakati pa mitundu ina!
24 ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्यसको बारेमा थाहा नै भएन । तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस् ।
Ndinakutchera msampha, iwe Babuloni, ndipo wakodwamo iwe wosazindikira kanthu; unapezeka ndiponso unakodwa chifukwa unalimbana ndi Yehova.
25 परमप्रभुले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्वरको काम छ ।
Yehova watsekula nyumba ya zida zake ndipo watulutsa zida za ukali wake, pakuti Ambuye Yehova Wamphamvuzonse ali ndi ntchito yoti agwire mʼdziko la Ababuloni.
26 टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।
Mumenyane naye Babuloni mbali zonse. Anthu ake muwawunjike ngati milu ya tirigu. Muwawononge kotheratu ndipo pasakhale wopulumuka ndi mmodzi yemwe.
27 त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।
Iphani ankhondo ake onse. Onse aphedwe ndithu. Tsoka lawagwera pakuti tsiku lawo lachilango lafika.
28 बेबिलोनको देशबाट भागिरहेकाहरू र त्यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”
Tikumva anthu othawa nkhondo ochokera ku Babuloni akulengeza mu Yerusalemu za kulipsira kwa Yehova Mulungu wathu. Iye akulipsira chifukwa chowononga Nyumba yake.
29 “बेबिलोनको विरुद्धमा काँड हान्नेहरू, आफ्ना धनु तान्नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।
“Itanani anthu oponya mivi kudzathira nkhondo Babuloni. Muyitanenso onse amene amakoka mauta. Mangani misasa ya nkhondo momuzungulira; musalole munthu aliyense kuthawa. Muchiteni monga momwe iye anachitira anthu ena. Iyeyu ananyoza Yehova, Woyera wa Israeli.
30 त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”
Nʼchifukwa chake, anyamata ake adzaphedwa mʼmabwalo ake; ankhondo ake onse adzaphedwa tsiku limenelo,” akutero Yehova.
31 “हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्ड दिनेछु ।
“Taona, ndikukuthira nkhondo, iwe wodzikuzawe,” akutero Ambuye Yehova Wamphamvuzonse, “chifukwa tsiku lako lafika, nthawi yoti ndikulange yakwana.
32 त्यसैले अहङ्कारीहरू ठक्कर खानेछन् र ढल्नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ ।
Wodzikuzawe udzapunthwa nʼkugwa ndipo palibe amene adzakudzutse; ndidzayatsa moto mʼmizinda yake umene udzanyeketsa onse amene amuzungulira.”
33 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्कार गर्छन् ।
Yehova Wamphamvuzonse akuti, “Anthu a ku Israeli akuzunzidwa, pamodzi ndi anthu a ku Yuda, ndipo onse amene anawagwira ukapolo awagwiritsitsa, akukana kuwamasula.
34 तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्नेहरूकहाँ द्वन्द ल्याउन उहाँले साँच्चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।
Koma Mpulumutsi wawo ndi wamphamvu; dzina lake ndi Yehova Wamphamvuzonse. Iye adzawateteza molimba pa mlandu wawo nʼcholinga choti abweretse mtendere mʼdziko lawo, koma adzavutitsa okhala ku Babuloni.”
35 यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।
Yehova akuti, “Imfa yalunjika pa Ababuloni, pa akuluakulu ake ndi pa anthu ake a nzeru!
36 व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार छ । तिनीहरू मूर्ख हुनेछन् । त्यसका सिपाहीहरूको विरुद्धमा तरवार छ । तिनीहरू त्रासले भरिनेछन् ।
Imfa yalunjika pa aneneri abodza kuti asanduke zitsiru. Imfa yalunjika pa ankhondo ake kuti agwidwe ndi mantha aakulu.
37 तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।
Imfa ilunjike pa akavalo ake ndi magaleta ake. Ilunjikanso pa magulu ankhondo achilendo amene ali pakati pawo kuti asanduke ngati akazi. Chiwonongeko chilunjikenso pa chuma chake kuti chidzafunkhidwe.
38 त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्नेछन् । किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन् ।
Chilala chilunjike pa madzi ake kuti aphwe. Babuloni ndi dziko la mafano, ndipo anthu afika poyaluka nawo mafanowo.
39 स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्नेछन्, र अस्ट्रिचका बच्चाहरू त्यहाँ बस्नेछन् । किनकि त्यसमा फेरि कहिल्यै बासिन्दा बस्नेछैनन् । पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्नेछैन ।
“Nʼchifukwa chake nyama zakuthengo ndi afisi zidzakhala kumeneko ndipo kudzakhalanso akadzidzi. Kumeneko sikudzapezekako anthu, ndithu anthu sadzakhalako pa mibado yonse.
40 जसरी परमेश्वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”
Monga momwe Mulungu anawonongera Sodomu ndi Gomora pamodzi ndi mizinda yonse yozungulira,” akutero Yehova, “momwemonso palibe amene adzakhale kumeneko; anthu sadzayendanso mʼmenemo.
41 “हेर, उत्तरबाट एउटा जाति आउँदैछ । पृथ्वीको पल्लो छेउबाट एउटा जाति र धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ ।
“Taonani! Gulu lankhondo likubwera kuchokera kumpoto; mtundu wa anthu amphamvu pamodzi ndi mafumu ambiri, wanyamuka kuchokera kumathero a dziko lapansi.
42 तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् । ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन् ।
Atenga mauta ndi mikondo; ndi anthu ankhanza ndipo alibe chifundo. Phokoso lawo likumveka ngati mkokomo wa nyanja. Akwera pa akavalo awo, ndipo akonzekera kudzakuthira nkhondo iwe Babuloni.
43 बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्कै गले । प्रसव-वेदनामा परेकी स्त्रीझैं वेदनाले त्यसलाई समात्यो ।
Mfumu ya ku Babuloni yamva za mbiri yawo, ndipo yalobodokeratu. Ikuda nkhawa, ikumva ululu ngati wa mayi pa nthawi yake yochira.
44 हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्तै त्यहाँबाट भाग्न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
Taonani, monga mkango wochokera ku nkhalango ya ku Yorodani kupita ku msipu wobiriwira, momwemonso ine ndidzapirikitsa Babuloni mʼdziko lake mwadzidzidzi. Pambuyo pake ndidzawayikira wowalamulira amene ndamufuna Ine. Wofanana nane ndani ndipo ndani amene angalimbane nane? Ndi mtsogoleri wa dziko uti amene anganditengere ku bwalo la milandu?”
45 त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
Nʼchifukwa chake imvani. Izi ndi zimene Ine Yehova ndakonza zolangira anthu a ku Babuloni. Ngakhale ana omwe adzatengedwa ukapolo ndipo aliyense adzachita mantha chifukwa cha iwo.
46 बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”
Akadzagwa Babuloni padzakhala mfuwu waukulu ndipo dziko lapansi lidzanjenjemera, ndipo kulira kwawo kudzamveka pakati pa mitundu yonse ya anthu.