< यर्मिया 49 >
1 अम्मोनीहरूको विषयमा परमप्रभु यसो भन्नुहुन्छ, “के इस्राएलका छोराछोरी छैनन् र? के इस्राएलमा कुनै उत्तराधिकारी छैन? किन मोलोखले गाद कब्जा गर्छ र त्यसका मानिसहरू यसका सहरहरूमा बस्छन् त?
За синове Амонове: Овако вели Господ: Зар Израиљ нема синове? Зар нема наследнике? Зашто Малхом наследи земљу Гадову? И зашто се народ његов насели у његовим градовима?
2 त्यसैले, यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जति बेला म अम्मोनीहरूका बिचमा रब्बाको विरुद्धमा युद्ध-ध्वनीको लागि सङ्केतको आवाज निकाल्नेछु, यसरी यो भग्नावशेषको थुप्रो हुनेछ, र यसका गाउँहरूमा आगो लगाइनेछ । किनकि इस्राएललाई अधिकार गर्नेहरूलाई त्यसले अधिकार गर्नेछ,” परमप्रभु भन्नुहुन्छ ।
Зато ево иду дани, говори Господ, кад ћу учинити да се чује вика убојна у Рави синова Амонових, и она да буде гомила развалина, и села њена попаљена огњем; и Израиљ ће овладати онима који беху њим овладали, говори Господ.
3 ए हेश्बोन, विलापको आवाज निकाल्, किनकि ऐ सहरलाई सर्वानाश गरिनेछ । ए रब्बाकी छोरीहरू हो, चिच्च्याओ । भाङ्ग्रा लगाओ । विलाप गर, र व्यर्थैमा यताउता कुद, किनकि मोलोख त्यसका पुजारीहरू र अगुहरूसँगै निर्वासनमा लगिनेछ ।
Ридај Есевоне, јер је Гај опустошен, вичите села равска, припашите око себе кострет, наричите и трчите око плотова; јер ће Малхом отићи у ропство, свештеници његови и кнезови његови скупа.
4 ए विश्वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'
Што се хвалиш долинама? Растопила се долина твоја, кћери одметницо! Која се уздаш у благо своје: Ко би ударио на ме?
5 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, हेर्, मैले तँमाथि त्रास ल्याउनै लागेको छु, यो त्रास तेरो वरिपरि भएका सबैबाट आउनेछ । यसको सामु तिमीहरू हरेक तितरबितर हुनेछौ । ती भाग्नेहरूलाई जम्मा गर्ने कोही पनि हुनेछैन ।
Ево ја ћу пустити на те страх од свуда унаоколо, говори Господ Господ над војскама, и распршаћете се сви, и неће бити никога да скупи бежан.
6 तर यसपछि म अम्मोनका मानिसहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”
Али ћу после повратити робље синова Амонових, говори Господ.
7 एदोमको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “के तेमानमा अबदेखि कुनै बुद्धि पाइँदैन? के समझदारहरूबाट असल सल्लाह गायब भएको छ? के तिनीहरूको बुद्धि भ्रष्ट भएको छ?
За Едома, овако вели Господ над војскама: Зар нема више мудрости у Теману? Неста ли савета разумнима? Ишчиле ли мудрост њихова?
8 ए ददानमा बासिन्दाहरू हो, भाग र फर्क, जमिनका गुफाहरूमा बस । किनकि मैले त्यसलाई दण्ड दिने बेलामा म त्यसमाथि एसावको विपत्ति ल्याउँदैछु ।
Бежите, обратите плећи, заврите се дубоко, становници дедански, јер ћу пустити на Исава погибао његову у време кад ћу га походити.
9 दाख टिप्नेहरू तँकहाँ आए भने के तिनीहरूले केही दानाहरू छोड्दैनन् र? रातमा चोरहरू आए भने के तिनीहरूले आफूले चाहे जति मात्र लैजाँदैनन् र?
Да ти дођу берачи, не би ли ти оставили пабирака? Да дођу лупежи ноћу, не би ли однели колико им је доста?
10 तर मैले एसावलाई नाङ्गै पारेको छु । मैले त्यसका लुक्ने ठाउँहरू देखाएको छु, यसैले उसले आफैलाई लुकाउन सक्नेछैन । त्यसका छोराछोरी, दाजुभाइ र छिमेकीहरू नष्ट पारिएका छन्, र त्यो नष्ट भएको छ ।
Али ја оголузних Исава, открих потаје његове да се не може сакрити; пропаде семе његово, браћа његова и суседи његови, нико не оста.
11 तेरा अनाथहरूलाई पछाडि छोड् । तिनीहरूका जीवनको हेरचाह म गर्नेछु, र तेरा विधवाहरूले ममाथि भरोसा गर्न सक्छन् ।”
Остави сироте своје, ја ћу им живот сачувати, и удовице твоје нека се уздају у ме.
12 किनकि परमप्रभु यसो भन्नुहुन्छ, “हेर, कचौरा पिउनु नपर्नेले त निश्चय नै केही पिउनैपर्छ । के तँचाहिं दण्डविना उम्कन्छस् भनी सोच्छस्? तँ उम्कने छैनस्, किनकि तैंले निश्चय नै पिउनेछस् ।
Јер овако вели Господ: Ево, који не би требало да пију из чаше, доиста ће пити; а ти ли ћеш остати без кара? Нећеш остати без кара, него ћеш зацело пити.
13 यो परमप्रभुको घोषणा हो, म आफैले यो शपथ खाएको छु, कि बोज्रा त्रास, अपमान, उजाड र सरापको पात्र बन्नेछ । यसका सबै सहर सदाको लागि सर्वनाश पारिनेछन् ।
Јер собом се заклињем, говори Господ, да ће Восора бити пустош, руг, чудо и проклетство, и сви ће градови њени бити пустиња вечна.
14 मैले परमप्रभुबाट समाचार सुनेको छु, र जातिहरूकहाँ एक जना सन्देशवाहक पठाइएको छ, 'एकसाथ जम्मा होओ र त्यसलाई आक्रमण गर । युद्धको लागि तयार रहो ।'
Чух глас од Господа, и гласник би послан к народима да рече: Скупите се и идите на њу, и дигните се у бој.
15 “किनकि हेर! अरू जातिहरूको तुलनामा मैले तँलाई सानो, मानिसहरूद्वारा घृणित तुल्याएको छु ।
Јер гле, учинићу те да будеш мали међу народима и презрен међу људима.
16 तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
Обест твоја и поноситост срца твог превари тебе, који живиш у раселинама каменим и држиш се високих хумова; да начиниш себи гнездо високо као орао, и оданде ћу те свалити, говори Господ.
17 एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।
И земља ће едомска бити пустиња, ко прође мимо њу, свак ће се чудити и звиждати ради свих рана њених.
18 जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्नुहुन्छ, “त्यहाँ कोही पनि बस्नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।
Као кад се затре Содом и Гомор и суседство њихово, вели Господ, неће се населити онде нико нити ће се бавити онде син човечји.
19 हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्यहाँबाट तुरुन्तै भाग्ने बनाउने छु, र चुनिएको कुनै व्यक्तिलाई म त्यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”
Гле, као лав изаћи ће подижући се више него Јордан на стан Силнога; али ћу га брзо отерати из те земље, и поставићу над њом оног ко је изабран; јер ко је као ја? И ко ће се прети са мном? И који ће ми пастир одолети?
20 “त्यसैले परमप्रभुले एदोमको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, तेमानका बासिन्दाहरूको विरुद्धमा बनाउनुभएका योजनाहरू सुन । निश्चय नै तिनीहरूका स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
Зато чујте намеру Господњу што је наумио за Едомце и мисли његове што је смислио за становнике теманске: заиста најмањи из стада развлачиће их, заиста ће опустети стан с њима.
21 तिनीहरूको पतनको सोरमा पृथ्वी हल्लिन्छ । निराशाको चित्कारको सोर लाल समुद्रमा सुनिनेछ ।
Од праске падања њиховог земља ће се трести, и вика ће се њихова чути на црвеном мору.
22 हेर्, कसैले बोज्रालाई गरुडझैं आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ । तब त्यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्त्रीको हृदयजस्तै हुनेछन् ।”
Гле, доћи ће и долетеће као орао и рашириће крила своја над Восором, и биће срце у јунака едомских као срце у жене која се порађа.
23 दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् ।
За Дамаск. Посрами се Емат и Арфад, јер чу зле гласе; растопише се, страх је на мору, не може се умирити.
24 दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्नलाई फर्कन्छ । त्रासले यसलाई पक्रन्छ । प्रसव-वेदनामा भएकी स्त्रीझैं निराशा र पीडाले यसलाई पक्रन्छन् ।
Дамаск клону, обрати се да бежи, дрхат га подузе, туга и болови освојише га као породиљу.
25 त्यो प्रशंसाको सहर अर्थात् मेरो आनन्दको नगर किन त्यागिएको छैन?
Како се не остави славни град? Град радости моје?
26 त्यसकारण त्यस दिन त्यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”
Зато ће попадати младићи његови на улицама његовим, и сви ће војници његови изгинути у онај дан, говори Господ над војскама.
27 “किनकि दमस्कसको पर्खालमा म आगो लगाउनेछु, र यसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ ।”
И распалићу огањ у зидовима дамаштанским, и прождреће дворе Вен-Ададове.
28 केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए): “उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्ट पार् ।
За Кидар и за царства асорска, која разби Навуходоносор цар вавилонски, овако вели Господ: Устаните, идите на Кидар, и затрите синове источне.
29 तिनीहरूका पाल र तिनीहरूका बगाल लगिनेछन्, साथमा तिनीहरूका पालका पर्दाहरू र तिनका सबै सरसामान पनि । तिनीहरूका ऊँटहरू तिनीहरूबाट लगिनेछन्, र मानिसहरू तिनीहरूमाथि चिच्याउनेछन्, 'त्रास जताततै छ!”
Узеће им шаторе и стада, завесе њихове и судове њихове и камиле њихове отеће, и викаће на њих страшно одсвуда.
30 ए हासोरका बासिन्दाहरू हो, भाग, धेरै टाढा जाओ, जमिनका गुफाहरूमा लुक, यो परमप्रभुको घोषणा हो— किनकि बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा योजना रच्दैछ । भाउ, पछि फर्क ।
Бежите, селите се далеко, сакријте се дубоко, становници асорски, говори Господ, јер је Навуходоносор цар вавилонски намерио намеру против вас, и смислио мисао против вас.
31 उठ्, आराम भएको जातिलाई आक्रमण गर, जुन सुरक्षामा बस्छ,” परमप्रभु भन्नुहुन्छ । “तिनीहरूका मूल ढोकाहरू वा तिनमा गजबारहरू छैनन्, अनि त्यसका मानिसहरू त्यत्तिकै बस्छन् ।
Устаните, идите к народу мирном, који живи без страха, говори Господ, који нема врата ни преворница, живе сами.
32 किनकि तिनीहरूका ऊँटहरू लुटको माल बन्नेछन्, र तिनीहरूको प्रचुर धन-सम्पत्ति युद्धमा लुटिने माल बन्नेछन् । तब शोकमा आफ्ना कपाल काट्ने हरेकलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूमाथि म हरेक कुनाबाट विपत्ति ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।
И камиле ће њихове бити плен, и мноштво стоке њихове грабеж, и расејаћу их у све ветрове, оне што се с краја стрижу, и довешћу погибао на њих са свих страна, говори Господ.
33 हासोर स्यालहरूको अखडा अर्थात् सदाको निम्ति उजाड-स्थान बन्नेछ । त्यहाँ कोही बस्नेछैन । कुनै मानिस त्यहाँ रहनेछैन ।”
И Асор ће бити стан змајевски, пустиња до века: нико се неће онде населити, нити ће се бавити у њему син човечји.
34 एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । यहूदाका राजा सिदकियाहले राज्य गर्न सुरु गर्दा यो वचन आएको थियो, र तिनले भने,
Реч Господња која дође Јеремији пророку за Елам, у почетку царовања Седекије цара Јудиног, говорећи:
35 “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले एलामका धनुर्धारीहरूलाई तोड्नै लागेको छु, जुन तिनीहरूको शक्तिको मुख्य कुरा हो ।
Овако вели Господ над војскама: Ево, ја ћу сломити лук Еламу, главну силу његову;
36 किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्यहाँ कुनै राज्य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।
И довешћу на Елам четири ветра с четири краја небеса, и у све те ветрове расејаћу их, тако да неће бити народа куда неће отићи прогнаници еламски.
37 यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्काउनेछु— यो परमप्रभुको घोषणा हो— र मैले तिनीहरूलाई निमिट्ट्यान्न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु ।
И уплашићу Еламце пред непријатељима њиховим, и пред онима који траже душу њихову; и пустићу зло на њих, жестину гнева свог, говори Господ, и пустићу за њима мач докле их не затрем.
38 त्यसपछि एलाममा म आफ्नो सिंहासन स्थापित गर्नेछु, र त्यहाँबाट त्यसका राजाहरू र अगुवाहरूलाई नष्ट पार्नेछु— यो परमप्रभुको घोषणा हो—
И наместићу престо свој у Еламу, и истребићу оданде цара и кнезове, говори Господ.
39 र यस्तो हुनेछ कि पछिल्ला दिनहरूमा म एलामको सुदिन फर्काउनेछु— यो परमप्रभुको घोषणा हो ।”
Али у последње време повратићу робље еламско, говори Господ.