< यर्मिया 48 >

1 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।
Asɛm a ɛfa Moab ho no nie: Yei ne deɛ Awurade, Israel Onyankopɔn seɛ: “Nebo nnue, na wɔbɛsɛe no. Wɔbɛgu Kiriataim anim ase, na wɔakye no; wɔbɛgu aban denden no anim ase, na wɔadwiri agu fam.
2 फेरि मोआबको आदर गरिनेछैन । हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको छ । तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्यसलाई नाश पारौं । बौलाहाहरू पनि नष्‍ट हुनेछन् । तरवाले तँलाई खेद्‍नेछ ।'
Wɔrenkamfo Moab bio; Hesbon mmarima bɛbɔ nʼasehweɛ ho pɔ; ‘Mommra, momma yɛn nkɔbɔ saa ɔman yi.’ Mo nso, Madmen mmarima mobɛka mo ano atom; akofena no bɛtaa mo.
3 सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ ।
Montie osu a ɛfiri Horonaim, adesɛeɛ ne ɔsɛeɛ ho su.
4 मोआब नष्‍ट पारिएको छ । त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ ।
Wɔbɛbɔ Moab: na ne mma nketewa bɛteateam.
5 तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ ।
Wɔforo kɔ Luhit, wɔde agyaadwotwa a emu yɛ den na ɛrekɔ; ɛkwan a ɛkɔ Horonaim so no wɔte ahoyera mu agyaadwotwa wɔ adesɛeɛ no ho.
6 भाग, आ-आफ्ना ज्यान बचाओ, र उजाड-स्थानमा पोथ्राजस्तै बन ।
Monnwane! Montu mmirika mpere mo nkwa. Momfa mo ho nsie sɛ wira wɔ anweatam so.
7 किनकि तिमीहरूका अभ्यास र धनमा भएको तिमीहरूको भरोसाको कारण तिमीहरू समातिनेछौ । तब कमोश त्यसका पुजारीहरू र अगुवाहरूसँगै निर्वासनमा लगिनेछ ।
Esiane sɛ mode mo ho to mo nneyɛɛ ne mo ahonya so enti, mo nso wɔbɛfa mo nnommum, na Kemos bɛkɔ nnommumfa mu, ɔne nʼasɔfoɔ ne adwumayɛfoɔ.
8 किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको छ ।
Ɔsɛefoɔ no bɛtu kuro biara so sa, na emu biara renya ne ho ntete. Wɔbɛsɛe bɔnhwa no na wɔasɛe mmepɔ mpampam a ɛyɛ tamaa no, ɛfiri sɛ Awurade akasa.
9 मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ । त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन ।
Momfa nkyene nhyɛ Moab, ɛfiri sɛ wɔrebɛsɛe no; ne nkuro bɛda mpan a obiara rentena soɔ.
10 परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् । रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस् ।
“Nnome nka deɛ ɔtwentwɛnee ne nan ase wɔ Awurade adwumayɛ ho! Nnome nka deɛ ɔmmfa nʼakofena nhwie mogya nguo!
11 आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको छ । त्यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्याइएको दाखमद्यजस्तो हो । त्यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन । त्यसकारण त्यसको स्वाद सदा स्वादिष्‍ट हुन्छ । त्यसको बास्‍ना नबदी रहन्‍छ ।
“Moab atena ase asomdwoeɛ mu firi ne mmerante ɛberɛ mu, te sɛ nsã ase puo a ataa dinn a wɔnnhwie mfirii ahina mu nkɔguu ahina foforɔ mu da; saa ara na Moab nso nkɔɔ nnommumfa mu da. Enti ɔte sɛ deɛ ɔte ara, na ne ho hwa nsesa.
12 त्यसैले हेर, यो परमप्रभु घोषणा हो, यस्ता दिनहरू आउँदैछन् जति बेला म त्यसलाई ती मानिसहरूकहाँ पठाउनेछु, जसले त्यसमाथि भाँडा घोप्ट्याउनेछन्, र त्यसका सबै घैँटा रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन् ।
Nanso, nna bi reba,” Awurade na ɔseɛ, “a mɛsoma mmarima a wɔhwie nsã firi ahina mu, na wɔbɛhwie no agu; wɔbɛma nʼahina mu ayɛ hwee na wɔabobɔ ne nkuruwa.
13 तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ ।
Afei Kemos ho bɛyɛ Moab aniwu, sɛdeɛ Israel efie anim guu ase ɛberɛ a wɔde wɔn ho too Bet-El soɔ no.
14 तँ कसरी यसो भन्‍न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’?
“Ɛyɛ dɛn na wotumi ka sɛ, ‘Yɛyɛ nnɔmmarima, mmarima akokoɔdurufoɔ wɔ ɔsa mu’?
15 मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
Wɔbɛsɛe Moab na wɔatu ne nkuro so sa; ne mmeranteɛ a wɔte apɔ no, wɔbɛkunkum wɔn,” deɛ Ɔhene a wɔfrɛ no Asafo Awurade no seɛ nie.
16 मोआबको विनाश चाँडै आउँनेछ । विपत्ति झट्टै हतारिंदैछ ।
“Moab asehweɛ abɛn; nʼamanehunu bɛba ntɛm.
17 मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर, र यसको ख्याति जान्‍नेहरू सबै यसो भन्दै कराओ, 'धिक्‍कार शक्तिशाली लट्ठीलाई! त्यो गौरवको लौरो भाँचिएको छ ।'
Monsu no, mo a motete ne ho nyinaa, ne mo a monim ne din nyinaa; monka sɛ, ‘Ɛyɛɛ dɛn na wɔabubu ahempoma a ɛyɛ den yi? Ɛyɛɛ dɛn na wɔabu animuonyam poma fɛfɛ yi mu?’
18 ए दीबोनकी छोरी हो, तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस् । किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दैछ, जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ ।
“Firi wʼanimuonyam mu, na bɛtena asase wesee no so, wo a wote Ɔbabaa Dibon mu, ɛfiri sɛ deɛ ɔsɛe Moab no bɛtu aba wo so; abɛsɛe wo nkuropɔn a ɛwɔ banbɔ no.
19 ए अरोएरमा बस्‍ने मानिसहरू हो, बाटोमा खडा होओ र हेर । भागिरहेका र उम्किरहेकाहरूला सोध, 'के भएको छ?'
Gyina kwankyɛn na hwɛ, wo a wote Aroer. Bisa ɔbarima a ɔredwane no ne ɔbaa a ɔrefiri mu afi, bisa wɔn sɛ, ‘Asɛm bɛn na asie?’
20 मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ ।
Moab anim agu ase, ɛfiri sɛ wɔabubu no pasaa; montwa adwo na monteateam! Mommɔ dawuro wɔ Arnon ho sɛ wɔasɛe Moab.
21 दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि,
Atemmuo aba bepɔ tamaa so wɔ Holon, Yahas ne Mefaat,
22 दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,
Dibon ne Nebo ne Bet-Diblataim
23 किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,
ne Kiriataim ne Bet Gamul ne Bet Meon
24 किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरमाथि आएको छ ।
ne Keriot ne Bosra wɔ Moab nkuro nyinaa, deɛ ɛwɔ akyirikyiri ne deɛ ɛbɛn.
25 मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।
Wɔatwa Moab abɛn; na ne basa abu,” Awurade na ɔseɛ.
26 त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।
“Momma no mmoro nsã, ɛfiri sɛ wabu Awurade animtia. Momma Moab nyantam wɔ ne feɛ mu; momma no nyɛ fɛdideɛ.
27 किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र? के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस्?
Ɛnyɛ Israel na na ɔyɛ mo fɛdideɛ? Wɔkyeree no akorɔmfoɔ mu anaa, a enti mowoso mo ti animtiabuo so ɛberɛ biara a mobɛka ne ho asɛm?
28 ए मोआबका बासिन्दाहरू हो, सहरहरूलाई छोड र चट्टानहरूमा छाउनी हाल । चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुरजस्तो होओ ।
Monfifiri mo nkuro so nkɔtena abotan mu, mo a motete Moab. Monyɛ sɛ aborɔnoma a ɔyɛ ne pirebuo wɔ ɔbodan ano.
29 हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं ।
“Yɛate Moab ahantan no nʼahomasoɔ ne gye a ɔgye ne ho di mmorosoɔ; nʼahantan ne nʼahomasoɔ, ne nʼakoma mu ahohoahoa.
30 यो परमप्रभुको घोषणा हो, त्यसको अटेरी बोली म आफैंलाई थाहा छ, जुन त्यसका कामहरूजस्तै व्यर्थको छ ।
Menim nʼasoɔden nanso ɛyɛ ɔkwa,” Awurade na ɔseɛ, “na nʼahohoahoa mfa hwee mma.
31 त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु ।
Enti metwa adwo ma Moab, mesu team ma Moabfoɔ nyinaa, medi awerɛhoɔ ma nnipa a wɔwɔ Kir Hereset.
32 ए सिब्माका दाखको बोट हो, याजेरको लागि रोएको भन्दा म तेरो लागि बढी रुनेछु । तेरा हाँगाहरू नुनको समुद्र पार गरी याजेरसम्मे पुगे । विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल र तेरो दाखमद्यलाई आक्रमण गरेका छन् ।
Mesu ma mo sɛdeɛ Yaser su, Ao Sibma bobe. Mo mman dendane kɔɔ ɛpo ho pɛɛ; kɔduruu Yaser ɛpo ho. Ɔsɛefoɔ no abɛgu mo nnuaba a abereɛ ne mo bobe no so.
33 मोआब देश र त्‍यसका फल फलाउने रुखहरूबाट उत्सव र रमाहट खोसिएको छ । तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु । तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन् । कुनै पनि स्‍वर आनन्दको स्‍वर हुनेछैन ।
Ahosɛpɛ ne anigyeɛ atu afiri Moab nnuaba nturo ne mfuo so. Matwa nsã a ɛtene firi nsakyimena no so; obiara mmfa ahosɛpɛ ntiatia bobe no so. Ɛwom sɛ nteateam wɔ hɔ deɛ, nanso ɛnyɛ ahosɛpɛ nteateam.
34 तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।
“Wɔn su ano den gyegye firi Hesbon de kɔsi Eleale ne Yahas, firi Soar de kɔsi Horonaim ne Eglat Selisiya. Mpo, nsuo a ɛwɔ Nimrim no awe.
35 किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने र धुप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो ।
Moab hɔ no, mede sorɔnsorɔmmea afɔrebɔ ne nnuhwam a wɔhye ma wɔn anyame no bɛba awieeɛ,” Awurade na ɔseɛ.
36 त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन् ।
“Enti mʼakoma su sɛ atɛntɛbɛn ma Moab; esu sɛ atɛntɛbɛn ma nnipa a wɔwɔ Kir Hereset. Ahonyadeɛ a wɔpɛeɛ no kɔ.
37 किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ ।
Wɔabɔ etire biara tikwa na wɔayi abɔgyesɛ biara; nsa nyinaa ho ayɛ akamakam na ayitoma sisi obiara asene.
38 मोआबको हरेक समतल कौसी र मोआबका चोकहरूमा जताततै शोक छ । किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैं नाश पारेको छु, यो परमप्रभुको घोषणा हो ।
Adan a ɛwɔ Moab nyinaa atifi ne ɔmanfoɔ adwaberem nyinaa, biribiara nni hɔ sɛ awerɛhoɔ, ɛfiri sɛ mabubu Moab ayɛ no sɛ ahina a obiara mpɛ,” Awurade na ɔseɛ.
39 त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।”
“Hwɛ sɛdeɛ wabubuo afa! Hwɛ sɛdeɛ wɔretwa adwoɔ! Na hwɛ sɛdeɛ Moab de aniwuo dane nʼakyi! Moab ayɛ fɛdideɛ ne ahodwiredeɛ ama wɔn a wɔatwa ne ho ahyia nyinaa.”
40 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।
Yei ne deɛ Awurade seɛ: “Monhwɛ! Ɔkɔdeɛ reto hoo aba fam. Watrɛ ne ntaban mu wɔ Moab so.
41 किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन् । किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्‍त्रीहरूका हृदयझैं हुनेछन् ।
Wɔbɛfa Keriot nnommum na wafa nʼaban denden no. Saa ɛda no Moab nnɔmmarima akoma bɛtu sɛ ɔbaa a ɔrekyem awoɔ so.
42 त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।
Wɔbɛsɛe Moab na ɛrenyɛ ɔman bio, ɛfiri sɛ, ɔbuu Awurade animtia.
43 ए मोआबका बासिन्दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदैछन्, यो परमप्रभुको घोषणा हो ।
Ehu, nkomena ne mfidie retwɛn mo, Ao Moabfoɔ,” Awurade na ɔseɛ.
44 त्रासको कारणले भाग्‍ने जो कोही पनि खाडलमा खस्‍नेछ, र खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ, किनकि म तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।
“Deɛ ɔdwane deɛ ɛyɛ hu no bɛtɔ nkomena mu, deɛ ɔbɛforo afiri nkomena no mu no, afidie bɛyi no; na mede Moab asotwe afe no bɛba ne so,” Awurade na ɔseɛ.
45 भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ ।
“Hesbon nwunu ase na adwanefoɔ no gyinagyina a wɔnni mmoa biara, ɛfiri sɛ ogya bi atu afiri Hesbon; ɛgyadɛreɛ bi firi Sihon mfimfini; ɛhye Moabfoɔ moma, ne ahohoahoafoɔ a wɔn ano yɛ den no ti kwankoraa.
46 ए मोआब, तँलाई धिक्‍कार छ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन् ।
Nnome nka wo Ao, Moab! Wɔasɛe Kemos nkurɔfoɔ no; wɔde wo mmammarima kɔ nnommumfa mu na wo mmammaa nso kɔ nkoasom mu.
47 तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिने छु, यो परमप्रभुको घोषणा हो । मोआबको इन्साफ यहीँ समाप्‍त हुन्छ ।
“Nanso mede Moab adenya bɛsane ama no wɔ nna a ɛbɛba no mu,” Awurade na ɔseɛ. Moab atemmuo no awieeɛ nie.

< यर्मिया 48 >