< यर्मिया 47 >

1 पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । फारोले गाजालाई आक्रमण गर्नुअगि यो वचन तिनीकहाँ आयो ।
Слово Господнє, що було пророкові Єремії на филисти́млян, перше як фараон побив Аззу.
2 “परमप्रभु यसो भन्‍नुहुन्छः उत्तरमा पानीको बाढी उर्लंदैछ । तिनीहरू बाढीको भलझैं हुनेछन् । तिनीहरूले यस देश र यसमा भएका हरेक थोक, यसका सहरहरू र यसका बासिन्दाहरूलाई डुबाउनेछन् । त्यसैले हरेको मदतको लागि गुहार माग्‍नेछ, र देशका सबै बासिन्दाले विलाप गर्नेछन् ।
„Так говорить Госпо́дь: Ось підіймаються во́ди із пі́вночі, і стануть вони за поті́к заливни́й, і заллю́ть вони землю та все, що на ній, місто й заме́шкалих в ньому, — і буде кричати люди́на, і кожен мешка́нець землі заголо́сить.
3 बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन् ।
Через гук тупоті́ння копи́т баских ко́ней його, через гу́ркіт його колесниць, через скрип його кіл не зверну́лись батьки́ до синів, бо зомлі́ли їм руки,
4 किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्‍तोरको टापुमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्छ ।
бо настав це той день, щоб понищити всіх филисти́млян, щоб Ти́ру й Сидо́нові ви́губити помічну́ всяку рештку. Бо понищить Господь филисти́млян, рештку о́строва Кафтора,
5 गाजाको तालु खुइलिनेछ । अश्कलोनको बेँसीमा बाँकी रहेका मानिसहरू मौन रहनेछन् । शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ?
шолуди́вою стане Азза́, згине Ашкело́н, решта долини їхньої. Як довго ти будеш нарі́зи робити собі у жало́бі?
6 हाय परमप्रभुको तरवार! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो ।
О ме́чу Господній, аж доки ти не заспоко́їшся? Вернися до пі́хви своєї, заспоко́йся й замо́вкни!
7 अशक्लोन र समुद्र किनारका देशहरूलाई आक्रमण गर्न परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र?
Але як заспоко́їться він, коли наказав йому це Сам Господь? До Ашкелону й до берегу моря, — туди Він призна́чив його!“

< यर्मिया 47 >