< यर्मिया 45 >

1 यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,
הַדָּבָר אֲשֶׁר דִּבֶּר יִרְמְיָהוּ הַנָּבִיא אֶל־בָּרוּךְ בֶּן־נֵרִיָּה בְּכׇתְבוֹ אֶת־הַדְּבָרִים הָאֵלֶּה עַל־סֵפֶר מִפִּי יִרְמְיָהוּ בַּשָּׁנָה הָרְבִעִית לִיהוֹיָקִים בֶּן־יֹאשִׁיָּהוּ מֶלֶךְ יְהוּדָה לֵאמֹֽר׃
2 “बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई यसो भन्‍नुहुन्छः
כֹּה־אָמַר יְהֹוָה אֱלֹהֵי יִשְׂרָאֵל עָלֶיךָ בָּרֽוּךְ׃
3 तैंले भनिस्, 'धिक्‍कार छ मलाई! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्‍नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।'
אָמַרְתָּ אֽוֹי־נָא לִי כִּֽי־יָסַף יְהֹוָה יָגוֹן עַל־מַכְאֹבִי יָגַעְתִּי בְּאַנְחָתִי וּמְנוּחָה לֹא מָצָֽאתִי׃
4 तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।
כֹּה ׀ תֹּאמַר אֵלָיו כֹּה אָמַר יְהֹוָה הִנֵּה אֲשֶׁר־בָּנִיתִי אֲנִי הֹרֵס וְאֵת אֲשֶׁר־נָטַעְתִּי אֲנִי נֹתֵשׁ וְאֶת־כׇּל־הָאָרֶץ הִֽיא׃
5 तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस्? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”
וְאַתָּה תְּבַקֶּשׁ־לְךָ גְדֹלוֹת אַל־תְּבַקֵּשׁ כִּי הִנְנִי מֵבִיא רָעָה עַל־כׇּל־בָּשָׂר נְאֻם־יְהֹוָה וְנָתַתִּי לְךָ אֶֽת־נַפְשְׁךָ לְשָׁלָל עַל כׇּל־הַמְּקֹמוֹת אֲשֶׁר תֵּלֶךְ־שָֽׁם׃

< यर्मिया 45 >