< यर्मिया 43 >
1 परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियालाई भन्न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।
Un kad Jeremija bija beidzis runāt uz visiem ļaudīm visus Tā Kunga, viņu Dieva, vārdus, ar ko Tas Kungs, viņu Dievs, viņu pie tiem bija sūtījis, (proti) visus šos vārdus,
2 होशयाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसले यर्मियालाई भने, “तिमी झूट बोल्दैछौ । 'मिश्रदेशमा बसोबास गर्न त्यहाँ नजाओ' भनेर परमप्रभु हाम्रा परमेश्वरले तिमीलाई भन्न पठाउनुभएको छैन ।
Tad runāja Azarija, Ozajas dēls, un Jehohanans, Kareūs dēls, un visi tie nebēdnieki, un sacīja uz Jeremiju: tu runā melus; Tas Kungs, mūsu Dievs, tevi nav sūtījis nedz sacījis: jums nebūs iet uz Ēģipti, tur piemist.
3 हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”
Bet Bāruks, Nerijas dēls, tevi pret mums skubina, mūs nodot Kaldejiem rokā, lai tie mūs nokauj un aizved uz Bābeli.
4 त्यसैले कारेहका छोरा योहानान, सेनाका सबै अधिकृत र सबै मानिसले यहूदा देशमा बस्नू भन्ने परमप्रभुको आज्ञालाई इन्कार गरे ।
Un Jehohanans, Kareūs dēls, un visi tie kara virsnieki un visi tie ļaudis neklausīja Tā Kunga balsij, palikt Jūda zemē.
5 कारेहका छोरा योहानान र सेनाका सबै कप्तानले यहूदमा बाँकी रहेका सबै मानिसलाई लिएर गए, जो छरपष्ट भएका सबै जातिकहाँबाट यहूदा देशमा बस्न आएका थिए ।
Bet Jehohanans, Kareūs dēls, un visi kara virsnieki ņēma visus Jūda atlikušos, kas no visām tautām, kurp tie bija aizdzīti, bija griezušies atpakaļ dzīvot Jūda zemē,
6 तिनीहरूले पुरुषहरू र स्त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।
Vīrus un sievas un bērnus un ķēniņa meitas, un visas tās dvēseles, ko pils karavīru virsnieks Nebuzaradans, bija atstājis pie Ģedalijas, Aīkama dēla, Safana dēla dēla, ir pravieti Jeremiju un Bāruku, Nerijas dēlu,
7 तिनीहरू मिश्र देशमा, तहपेनसमा गए किनभने तिनीहरूले परमप्रभुको आज्ञा मानेनन् ।
Un tie gāja uz Ēģiptes zemi, jo tie neklausīja Tā Kunga balsij, un tie nāca uz Takvanesu.
8 त्यसैले तहपेनसमा परमप्रभुको वचन यसो भनेर आयो,
Tad Tā Kunga vārds notika uz Jeremiju Takvanesā sacīdams:
9 “तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड् ।”
Ņem savā rokā lielus akmeņus un ieroc tos mālos akmeņu bruģī, kas ir pie Faraona nama durvīm Takvanesā, priekš Jūdu vīru acīm, un saki uz tiem:
10 त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ ।
Tā saka Tas Kungs Cebaot, Israēla Dievs: redzi, Es sūtīšu un atvedīšu Nebukadnecaru, Bābeles ķēniņu, Savu kalpu, un celšu viņa goda krēslu pār šiem akmeņiem, ko Es esmu ieracis, un viņš izplētīs savu skaisto telti tur virsū.
11 किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।
Un viņš nāks un sitīs Ēģiptes zemi; kam nāve uziet, tam lai uziet, un kam cietums uziet, tam lai uziet, un kam zobens uziet, tam lai uziet.
12 त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ ।
Un Es iededzināšu uguni Ēģiptes dievu namos, un viņš tos sadedzinās un aizvedīs. Un viņš apvilks Ēģiptes zemi, ka gans apvelk savu mēteli, un viņš izies no turienes ar mieru.
13 उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”
Un viņš satrieks BetŠemes (saules dieva) pīlārus Ēģiptes zemē un sadedzinās Ēģiptes dievu namus ar uguni.