< यर्मिया 42 >
1 तब सेनाका सबै कप्तान र कारेहका छोरा योहानान, होशयाहका छोरा येजन्याह अनि सानादेखि ठुलासम्म सबै मानिसले यर्मिया अगमवक्ताकहाँ आए ।
Tad visi kara virsnieki, Jehohanans, Kareūs dēls, un Jaazanija, Ozajas dēls, un visi ļaudis, mazi un lieli, piegāja
2 तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्नुहोस् । परमप्रभु तपाईंका परमेश्वरलाई यी बाँकी रहेका मानिसहरूको पक्षमा बिन्ती चढाउनुहोस्, किनकि तपाईं देख्नुहुन्छ, हामी सङ्ख्यामा एकदम थोरै छौं ।
Un sacīja uz pravieti Jeremiju: lai jel mūsu sirsnīgā lūgšana tev ir pieņēmīga, un lūdz mūsu dēļ To Kungu, savu Dievu, par šiem atlikušiem, jo no daudziem mēs mazums esam atlikušies, kā tavas acis mūs redz,
3 हामीले जानुपर्ने बाटो हामीलाई देखाउन र हामीले के गर्नुपर्छ भनेर परमप्रभु तपाईंका परमेश्वरलाई सोध्नुहोस् ।”
Ka Tas Kungs, tavs Dievs, mums darītu zināmu to ceļu, pa ko mums jāstaigā un to vārdu, pēc kā mums jādara!
4 त्यसैले यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनेको छु । हेर, तिमीहरूले अनुरोध गरेझैं म परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रार्थना चढाउनेछु । परमप्रभुले जे जवाफ दिनुहुन्छ, म तिमीहरूलाई बताउनेछु । म तिमीहरूबाट कुनै कुरो लुकाउनेछैनँ ।”
Un pravietis Jeremija uz tiem sacīja: es paklausīšu, redzi, es pielūgšu To Kungu, jūsu Dievu, pēc jūsu vārdiem, un visu, ko Tas Kungs atbildēs, to es jums sacīšu un nekā neslēpšu.
5 तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले हामीलाई भन्नुभएअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन् ।
Tad tie sacīja uz Jeremiju: lai Tas Kungs pret mums ir patiesīgs un taisns liecinieks, ja mēs nedarīsim pēc ikkatra vārda, ko Tas Kungs, tavs Dievs, mums pavēlēs.
6 असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्दा हाम्रो भलो होस् ।”
Lai būtu labs, lai ļauns, mēs klausīsim Tā Kunga, sava Dieva balsij, pie kā mēs tevi sūtam; lai mums labi klājās, kad mēs Tā Kunga, sava Dieva, balsij klausīsim.
7 दस दिनको अन्त्यमा परमप्रभुको वचन यर्मियाकहाँ आयो ।
Un pēc desmit dienām Tā Kunga vārds notika uz Jeremiju.
8 त्यसैले यर्मियाले कारेहका छोरा योहानान र तिनीसित भएका सेनाका सबै कप्तान र सानादेखि ठुलासम्म सबै मानिसलाई बोलाए ।
Tad viņš aicināja Jehohananu, Kareūs dēlu, un visus kara virsniekus, kas bija pie viņa, un visus ļaudis, mazus un lielus.
9 तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्न पठायौ,
Un viņš uz tiem sacīja: tā saka Tas Kungs, Israēla Dievs, pie kā jūs mani esat sūtījuši, jūsu lūgšanu nest priekš Viņa vaiga.
10 'तिमीहरू फर्केर जान्छौ र यस देशमा बस्छौ भने, म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ । म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ, किनकि मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु ।
Ja jūs paliksiet dzīvot šai zemē, tad Es jūs gribu uztaisīt un nenolauzīt, Es jūs gribu dēstīt un neizraut, jo Man jau ir žēl tā ļaunuma, ko Es jums esmu darījis.
11 बेबिलोनका राजा जसदेखि तिमीहरू डराउँदैछौ, अब त्यसदेखि नडराओ । उदेखि नडराओ, यो परमप्रभुको घोषणा हो, किनकि उसको हातबाट तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन म तिमीहरूसँगै छु ।
Nebīstaties no Bābeles ķēniņa, no kā vaiga jūs bīstaties; nebīstaties no viņa, saka Tas Kungs; jo Es esmu ar jums, jūs atpestīt un jūs izglābt no viņa rokas.
12 किनकि म तिमीहरूलाई कृपा देखाउनेछु । म तिमीहरूमाथि दया देखाउनेछु, र म तिमीहरूलाई फर्काएर तिमीहरूकै देशमा ल्याउनेछु ।
Un Es jums došu žēlastību, ka viņš par jums apžēlojās un jūs atkal atlaiž uz jūsu zemi.
13 तर तिमीहरूले यसो भन्छौ, 'हामी यस देशमा बस्नेछैनौं'—अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्वरको आवाज सुन्दैनौ ।
Bet ja jūs sacīsiet: mēs šai zemē negribam palikt, un neklausīsiet Tā Kunga, sava Dieva, balsij,
14 तिमीहरूले यसो भन्छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्यहाँ बस्नेछौं' ।”
Un sacīsiet: Nē, bet mēs iesim uz Ēģiptes zemi, kur neredzēsim karu un nedzirdēsim trumetes balsi, nedz būsim izsalkuši pēc maizes, un tur mēs gribam dzīvot,
15 ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्यहाँ जाने र बस्ने पक्का गरिसकेका छौ भने,
Nu tad klausiet Tā Kunga vārdu, jūs atlikušie no Jūda! Tā saka Tas Kungs Cebaot, Israēla Dievs: ja jūs savu vaigu griezīsiet, iet uz Ēģipti un iesiet tur piemājot, -
16 तब जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई मिश्रदेशमा भेट्टाउनेछ । तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्रसम्म खेद्नेछ, र तिमीहरू त्यहीँ मर्नेछौ ।
Tad tas zobens, no kā jūs bīstaties, jūs panāks Ēģiptes zemē, un tas bads, par ko jūs bēdājaties, jums tur noies pakaļ, un jūs tur nomirsiet.
17 त्यसैले मिश्रमा गएर त्यहीँ बस्ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।
Tā visiem vīriem, kas savu vaigu griež, iet uz Ēģipti, tur piemājot, būs mirt caur zobenu un caur badu un caur mēri, un no tiem neviens neatliks un neizbēgs no tā ļaunuma, ko Es pār tiem vedīšu.
18 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः जसरी मेरो रिस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्नेछौ, र फेरि तिमीहरूले यो देश देख्नेछैनौ ।”
Jo tā saka Tas Kungs Cebaot, Israēla Dievs: tā kā Mana dusmība un Mana bardzība ir izgāzta pār Jeruzālemes iedzīvotājiem, tā Mana bardzība pār jums izgāzīsies, kad jūs iesiet uz Ēģipti, un jūs būsiet par lāstu un briesmām un par apsmieklu un kaunu, un vairs neredzēsiet šo vietu.
19 तब यर्मियाले भने, “ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्का थाहा छ ।
Tas Kungs pret jums runājis, jūs atlikušie no Jūda: neejat uz Ēģipti. Ziniet zinādami, ka es šodien pret jums esmu liecību devis.
20 तिमीहरूले मलाई परमप्रभु आफ्ना परमेश्वरकहाँ यसो भनेर पठाउँदा तिमीहरूले आफैलाई घातक रूपमा धोका दियौ, 'हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरमा प्रार्थना गर्नुहोस् । परमप्रभु हाम्रा परमेश्वरले बताउनुहुने हरेक कुरा हामीलाई बताउनुहोस्, र हामी त्यो पूरा गर्नेछौं ।'
Jo jūs pieviļat savas dvēseles: Jūs mani esat sūtījuši pie Tā Kunga, sava Dieva, un sacījuši: lūdz par mums To Kungu, mūsu Dievu, un tā kā Tas Kungs, mūsu Dievs, sacīs, tā mums to dari zināmu, un mēs to gribam darīt.
21 किनकि मैले आज तिमीहरूलाई त्यो बताएको छु, तर तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको कुरा सुनेका छैनौ वा जे कुरा भन्नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, त्यो तिमीहरूले मानेका छैनौ ।
Nu es jums to esmu sacījis, bet jūs neklausāt Tā Kunga, sava Dieva, balsij, nedz tam, ar ko Viņš mani pie jums sūtījis.
22 त्यसैले अब तिमीहरूले जुन ठाउँमा गएर बस्ने इच्छा गरेका छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ भन्ने कुरा तिमीहरूले पक्का रूपले जानिराख ।”
Tad ziniet nu, ka jūs caur zobenu, caur badu un caur mēri mirsiet tai vietā, kurp gribat iet, tur piemājot.