< यर्मिया 41 >
1 सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय घरानाका थिए, तिनी राजाका दस जना अधिकारीसँगै मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए । मिस्पामा तिनीहरूले सँगसँगै खानपान गरे ।
In the seventh month of the year, Ishmael son of Nethaniah, son of Elishama, a member of the royal family and one of the king's chief officers, came with ten of his men to see Gedaliah at Mizpah. While they were eating to have a meal together,
2 तर नतन्याहको छोरो इश्माएल र तिनीसित भएका दस जना मानिस उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए ।
suddenly Ishmael and his ten men got up and attacked Gedaliah, killing him—the one appointed by the king of Babylon as the country's governor.
3 त्यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदी र त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे ।
Ishamel also killed all the other Judeans who were with Gedaliah at Mizpah, along with the Babylonian soldiers there.
4 तब गदल्याह मारिएको दोस्रो दिन भएको थयो तर पनि कसैलाई थाहा थिएन ।
The day after Gedaliah had been murdered and before anyone knew about it,
5 शकेम, शीलो र सामरियाबाट आ-आफ्ना दारी खौरेका, लुगा च्यातेका र शरीर चिरै-चिरा पारेका असी जना मानिस आ-आफ्ना हातमा खानाका भेटीहरू र धुप लिएर परमप्रभुको मन्दिरमा जानलाई आए ।
a group of eighty men arrived from Shechem, Shiloh, and Samaria. They had shaved off their beards, torn their clothes, and cut themselves. They were carrying grain offerings and frankincense for the Lord's Temple.
6 तिनीहरू रुँदै जाँदै गर्दा नतन्याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के । तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ ।”
Ishmael came out to meet them from Mizpah, weeping as he went along. When Ishmael met the men, he said, “Come and see what's happened to Gedaliah son of Ahikam!”
7 जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले ।
But when they arrived in town, Ishmael and his men killed most of them and threw their bodies into a cistern.
8 तर तिनीहरूका बिचमा भएका दस जना यस्ता मानिस थिए जसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्, किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ, जौ, तेल र मह छन् ।” त्यसैले तिनले तिनीहरू र तिनका साथीहरूलाई मारेनन् ।
But ten of them pleaded with Ishmael, “Don't kill us! We've got some good things hidden in the fields—wheat, barley, olive oil, and honey.” So Ishmael didn't kill them along with the others.
9 इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए, त्यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे ।
(The cistern where Ishmael had thrown all the bodies of the men he'd killed, including Gedaliah, was a large one that King Asa had dug because of the threat of attack by Baasha king of Israel. Ishmael filled it with bodies.)
10 त्यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिस, राजाका छोरीहरू र अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्गरक्षकका कप्तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसलाई समाते । यसरी नतन्याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे र सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए ।
Then Ishmael took all the people left in Mizpah prisoner, including the daughters of the king, as well as everyone else living there. These were the people that Nebuzaradan the commander of the guard had put under the care of Gedaliah. Ishmael took them prisoner and left to go to the Ammonites.
11 तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने ।
Johanan and all the army commanders of the armies with him found out about all of Ishmael's crimes.
12 त्यसैले तिनीहरूले आफ्ना सबै मानिसलाई लिए र नतन्याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए । तिनीहरूले तिनलाई गिबोनको ठुलो तलाउमा फेला पारे ।
So they assembled all their men and went to attack Ishmael. They caught up with him near the large pool in Gibeon.
13 जब इश्माएलसित भएका सबै मानिसले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानलाई देखे, तब तिनीहरू साह्रै खुसी भए ।
When Ishmael's prisoners saw Johanan and all the army commanders with him, they were happy.
14 इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के र कारेहका छोरा योहानानकहाँ गए ।
All those that Ishmael had taken prisoner at Mizpah turned around and ran back to Johanan.
15 तर नतन्याहको छोरो इश्माएल आठ जना मानिससँगै योहानानबाट भागे । तिनी अम्मेनका मानिसहरूकहाँ गए ।
Ishmael and eight of his men managed to escape from Johanan and get away to the Ammonites.
16 कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्त्रीहरू, बालबालिका र नपुंसकहरूलाई लगे ।
Then Johanan and all the army commanders with him took charge of the survivors from Mizpah he'd rescued from Ishmael in Gibeon—the soldiers, women, children, and court officials that Ishmael had taken prisoner after he'd killed Gedaliah.
17 त्यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे ।
They set off for Geruth Chimham near Bethlehem and stayed there, before leaving for Egypt
18 कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए ।
to get away from the Babylonians. They were afraid of what the Babylonians would do because Ishmael had assassinated Gedaliah, the governor of the country appointed by the king of Babylon.