< यर्मिया 40 >
1 रामामा राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।
Yehova anayankhula ndi Yeremiya pamene Nebuzaradani mtsogoleri wa asilikali olonda mfumu anamasula Yeremiyayo ku Rama. Anamupeza Yeremiya ali womangidwa ndi unyolo pamodzi ndi amʼndende ena onse a ku Yerusalemu ndi a ku Yuda amene ankapita nawo ku ukapolo ku Babuloni.
2 अङ्गरक्षकका कप्तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।
Mtsogoleriyu anamupeza Yeremiya, anamuwuza kuti, “Yehova Mulungu wako analengeza kale zakuti malo ano adzawonongedwa.
3 त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।
Ndipo tsopano Yehova wachitadi zimenezi monga mmene ananenera. Izi zonse zachitika chifukwa anthu inu munachimwira Yehova ndipo simunamumvere.
4 तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ ।”
Koma tsopano taona, lero ndikukumasula unyolo umene unali mʼmanja mwako. Ngati ukufuna kupita nane ku Babuloni, tiye ndipo adzakusamala bwino. Koma ngati sukufuna kupita, ndiye usapite. Dziko ndi limeneli monga ukulioneramo. Uli ndi ufulu kupita kulikonse kumene ukufuna.”
5 यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्टिमा जहाँ जानु उचित लाग्छ, त्यहीँ जाऊ ।” राजाक अङ्गरक्षकका कप्तानले तिनलाई खाना र उपहार दिए, र त्यसपछि तिनलाई पठाए ।
Yeremiya asanayankhe, Nebuzaradani anamuwuzanso kuti, “Ngati supita ndiye pita, ubwerere kwa Gedaliya, mwana wa Ahikamu, mdzukulu wa Safani, amene mfumu ya ku Babuloni inamusankha kuti akhale bwanamkubwa wa Yuda. Ukakhale naye pakati pa anthu, kapena upite kulikonse ukufuna.” Ndipo mtsogoleri uja anamupatsa Yeremiya chakudya ndi mphatso zina ndi kumulola kuti apite.
6 त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे ।
Motero Yeremiya anapita kwa Gedaliya mwana wa Ahikamu ku Mizipa ndipo anakakhala naye kumeneko pakati pa anthu amene anatsala mʼdzikomo.
7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको गभर्नरमा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबैभन्दा गरिब पुरुषहरू, स्त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।
Panali atsogoleri ena a nkhondo ndi anthu awo amene sanadzipereke nawo. Iwowa anamva kuti mfumu ya ku Babuloni inasankha Gedaliya mwana wa Ahikamu kukhala bwanamkubwa wa dzikolo ndipo kuti yamuyika kukhala wolamulira amuna, akazi ndi ana amene anali osauka kwambiri mʼdzikomo, amene sanawagwire ukapolo kupita nawo ku Babuloni.
8 त्यसैले तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू यी नै थिएः नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोरा योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यी सबैका मानिसहरू ।
Iwowa anapita ku Mizipa kwa Gedaliya. Amene anapitawo ndi awa: Ismaeli mwana wa Netaniya, Yohanani ndi Yonatani ana a Kareya, Seraya mwana wa Tanihumeti, ana a Efai a ku Netofa, ndi Yezaniya mwana wa Maaka, iwowo pamodzi ndi anthu awo.
9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खुवाए र तिनीहरूलाई भने, “कल्दी अधिकारीहरूको सेवा गर्नदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ ।
Gedaliya mwana wa Ahikamu, mdzukulu wa Safani, anawalonjeza iwo pamodzi ndi anthuwo mwalumbiro. Ndipo anati, “Musaope kuwatumikira Ababuloni. Khalani mʼdziko muno, tumikirani mfumu ya ku Babuloni, ndipo zinthu zidzakuyenderani bwino.
10 हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न म मिस्पामा बस्दैछु । त्यसैले तिमीहरूले दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेलको खेती गर र आफ्ना भाँडाहरूमा जम्मा गर । तिमीहरूले छानेका सहरहरूमा बस ।”
Ine ndidzakhala ku Mizipa kuti ndizikuyimirirani kwa Ababuloni amene azidzabwera kwa ife, koma inu muzikolola vinyo wanu, zipatso zanu, mafuta anu ndi kuzisunga mʼmitsuko yanu, nʼkumakhala mʼmizinda imene mwalandayo.”
11 तब मोआबमा भएका सबै यहूदी, अम्मोनीहरू र एदोमीहरूका बिचमा भएका र हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्न दिएका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन् ।
Nawonso Ayuda onse a ku Mowabu, ku Amoni, ku Edomu ndi a ku mayiko ena onse anamva kuti mfumu ya ku Babuloni inasiyako anthu ena ku Yuda ndipo kuti inasankha Gedaliya mwana wa Ahikamu, mwana wa Safani, kukhala bwanamkubwa wawo.
12 त्यसैले सबै यहूदी आफू छरपष्ट भएको हरेक ठाउँबाट फर्के । तिनीहरू यहूदाको देशको मिस्पामा गदल्याहकहाँ फर्केर आए । तिनीहरूले प्रचुर मात्रा दाखमद्य र ग्रीष्म ऋतुको फल उत्पादन गरे ।
Tsono Ayuda onsewo anabwerera ku Yuda, ku Mizipa kwa Gedaliya, kuchokera ku mayiko onse kumene anabalalikira. Ndipo anakolola zipatso zochuluka ndi vinyo wambiri.
13 कारेहका छोरा योहानान र गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए ।
Yohanani mwana wa Kareya ndi atsogoleri a ankhondo onse amene sanadzipereke aja anabwera ku Mizipa kwa Gedaliya
14 तिनीहरूले तिनलाई भने, “अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको हत्या गर्न पठाएका छन् भन्ने कुरो तपाईंलाई थाहा छ?” तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरो विश्वास गरेनन् ।
ndipo anamufunsa kuti, “Kodi sukudziwa kuti Baalisi mfumu ya Aamoni watuma Ismaeli mwana wa Netaniya kuti akuphe?” Koma Gedaliya mwana wa Ahikamu sanawankhulupirire.
15 त्यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्तमा कुरा गरे र भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् । कसैले मलाई शङ्का गर्नेछैन । त्यसले तपाईंलाई किन मार्ने? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर-बितर हुन दिने र यहूदाका बाँकी रहेकाहरूलाई किन नष्ट हुन दिने?”
Tsono Yohanani mwana wa Kareya, mwamseri anawuza Gedaliya ku Mizipa kuti, “Loleni ndipite ndikaphe Ismaeli mwana wa Netaniya, ndipo palibe amene ati adziwe. Akuphereninji ndi kuchititsa Ayuda onse, amene akuzungulirani kuti abalalike ndi kuti otsala a ku Yuda awonongeke?”
16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “यो कुरो नगर, किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ ।”
Koma Gedaliya mwana wa Ahikamu anawuza Yohanani mwana wa Kareya kuti, “Usachite zimenezo! Zimene ukunena za Ismaeli ndi zabodza.”