< यर्मिया 4 >
1 यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,
“Sɛ wobɛsane wʼakyi a Ao, Israel, sane bra me nkyɛn,” sei na Awurade seɛ. “Sɛ woyi wʼahoni a ɛyɛ akyiwadeɛ firi mʼani so na sɛ woammane bio,
2 'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।”
na sɛ, nokorɛ, pɛyɛ ne tenenee mu woka ntam sɛ, ‘Sɛ Awurade te ase yi,’ a afei mobɛyɛ nhyira ama aman no na ne mu na wɔbɛnya animuonyam.”
3 यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर ।
Yei ne asɛm a Awurade ka kyerɛ Yuda mmarima ne Yerusalem: “Monsiesie mo asase a wɔmfuntum da na monnnua wɔ nkasɛɛ mu.
4 हे यहूदाका मानसिहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्टताको कारणले कसैले निभाउन नसक्ने गरी बल्नेछ, मेरो क्रोध आगोझैं दन्कनेछ ।
Montwitwa mo ho twetia mma Awurade montwitwa mo akoma twetia, mo Yuda mmarima ne Yerusalemfoɔ, anyɛ saa a mʼabufuhyeɛ bɛsɔre na adɛre sɛ ogya. Mo bɔne a moayɛ enti, ɛbɛhye a obiara rennum.”
5 यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।'
“Bɔ nkaeɛ wɔ Yuda na pae mu ka wɔ Yerusalem sɛ, ‘Hyɛn totorobɛnto no wɔ asase no nyinaa so!’ Team denden sɛ: ‘Mommoaboa mo ho ano! Momma yɛn nnwane nkɔ kuropɔn a wɔabɔ ho ban no so!’
6 सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।
Momma frankaa so na monkɔ Sion monnwane nkɔbɔ mo ho adwaa! Ɛfiri sɛ mede amanehunu firi atifi fam reba, ɔsɛeɛ a ɛyɛ hu.”
7 आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्ने गरी भग्नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।
Gyata bi afiri ne tu mu; ɔbɔaman bi asi mu. Wafiri ne tenabea sɛ ɔrebɛsɛe wʼasase. Wo nkuro bɛbubu na ada mpan.
8 यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।
Enti fira ayitoma, di awerɛhoɔ na twa adwo, ɛfiri sɛ Awurade abufuhyeɛ no nnane mfirii yɛn so.
9 यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”
“Saa ɛda no,” Awurade na ɔseɛ, “ɔhene no ne adwumayɛfoɔ no bɛbɔ hu, asɔfoɔ no bo bɛtu, na adiyifoɔ no ho bɛdwiri wɔn.”
10 त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।”
Afei, mekaa sɛ, “Aa, Otumfoɔ Awurade, woadaadaa nnipa yi ne Yerusalem. Wokaa sɛ, ‘Mobɛnya asomdwoeɛ,’ wɔ ɛberɛ a akofena da yɛn mene mu.”
11 त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्ने वा शुद्ध पार्ने छैन ।
Saa ɛberɛ no wɔbɛka akyerɛ nnipa yi ne Yerusalem sɛ, “Mframa a emu yɛ hyeɛ bɛbɔ afiri nkokoɔ wesee a ɛwɔ anweatam so aba me nkurɔfoɔ so, ɛnyɛ deɛ ɛpɔ ho anaa ɛhuhu soɔ;
12 मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।
mframa a ano yɛ den boro saa no firi me nkyɛn. Afei, mepae mu ka mʼatemmuo a ɛtia wɔn.”
13 हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्कार छ, किनकि हामी सर्वनाश हुनेछौं ।
Hwɛ! Ɔreba sɛ omununkum, ne nteaseɛnam reba sɛ, ntwahoframa, nʼapɔnkɔ ho yɛ herɛ sene akɔdeɛ. Yɛnnue! Yɛawu!
14 ए यरूशलेम, दुष्टताबाट आफ्नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्न सक्छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्ने विषयमा हुनेछ?
Ao, Yerusalem, yi bɔne firi wʼakoma mu na woanya nkwa. Wode adwemmɔne bɛhyɛ wo mu akɔsi da bɛn?
15 दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ ।
Ɛnne bi rebɔ kaseɛ firi Dan, ɛrebɔ amanehunu ho dawuro firi Efraim nkokoɔ so.
16 जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्ला मच्चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर् ।
“Monka yei nkyerɛ aman no, mommɔ no dawuro nkyerɛ Yerusalem sɛ, ‘Atuafoɔ dɔm firi akyirikyiri asase bi so reba, wɔma ɔko nteamu so de tia Yuda nkuropɔn.
17 तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो,
Wɔtwa kuropɔn no ho hyia sɛ mmarima a wɔrewɛn afuo, ɛfiri sɛ me nkurɔfoɔ ate me so atua,’” sei na Awurade seɛ.
18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
“Wʼankasa abrabɔ ne nneyɛeɛ na ɛde yei aba wo so. Yei yɛ wʼasotwe. Ɛyɛ nwono! Ɛwowɔ akoma!”
19 ए मेरो हृदय, मेरो हृदय! म आफ्नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
Ao mʼahoyera, mʼahoyera! Mede ɔyea nukanuka me mu. Ao mʼakoma ɔyeadie! Mʼakoma bɔ paripari wɔ me mu, mentumi nyɛ komm. Ɛfiri sɛ, mate totorobɛnto no nnyegyeɛ; mate ɔko frɛ no.
20 विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्ट पारिए ।
Amanehunu di amanehunu akyi; asase no nyinaa asɛe. Wɔasɛe me ntomadan prɛko pɛ, ne me hintabea mpofirim.
21 मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्नेछु?
Ɛsɛ sɛ mehwɛ ɔko frankaa no na metie totorobɛnto no nnyegyeeɛ kɔsi da bɛn?
22 मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् ।
“Me nkurɔfoɔ yɛ nkwaseafoɔ; wɔnnim me. Wɔyɛ mma a wɔnni adwen; wɔnte hwee ase. Wɔwɔ bɔneyɛ ho nyansa; na wɔnnim sɛdeɛ wɔyɛ papa.”
23 मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन ।
Mehwɛeɛ asase no, na ɛnni bɔbea na hwee nni so; mehwɛɛ ɔsorosoro, na wɔn hann no nni hɔ.
24 मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।
Mehwɛeɛ mmepɔ no, na wɔrewosowoso, na nkokoɔ no nyinaa rehinhim.
25 मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।
Mehwɛeɛ, na nnipa nni hɔ; ewiem anomaa biara atu kɔ.
26 मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।
Mehwɛeɛ, na nsasebereɛ no adane anweatam na ne nkuro nyinaa asɛe wɔ Awurade anim, wɔ nʼabufuhyeɛ anim.
27 परमप्रभु यसो भन्नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्ट पार्दिनँ ।
Sei na Awurade seɛ: “Wɔbɛsɛe asase no nyinaa, mmom merensɛe no korakora.
28 यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्नँ ।
Enti asase bɛdi awerɛhoɔ na ɔsorosoro bɛduru sum, ɛfiri sɛ makasa na merentwe nsan. Masi gyinaeɛ na mennane no.”
29 घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।
Apɔnkɔsotefoɔ ne agyantofoɔ nnyegyeeɛ ma kuro biara sofoɔ dwane. Ebinom kɔhyɛ nkyɛkyerɛ mu ebinom foro kɔ abotan mu. Nkuro no nyinaa so ada mpan; na obiara nte so.
30 अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस्? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।
Ɛdeɛn na woreyɛ Ao wo a woasɛe woɔ? Adɛn na wofira kɔben de sikakɔkɔɔ agudeɛ asiesie wo ho? Adɛn na wode nnuro keka wʼani? Wohyehyɛ wo ho kwa. Wʼadɔfoɔ bu wo animtia; wɔrepɛ wo akum wo.
31 त्यसैले म पीडाको आवाज, पहिलो बच्चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्याहट सुन्दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”
Mete osu bi te sɛ ɔbaa a awoɔ aka no, mete apinisie te sɛ ɔbaa a ɔrebɔne awoɔ, Ɔbabaa Sion su te sɛ deɛ nisupɔporɔ ahini no, ɔtrɛ ne nsa mu na ɔka sɛ, “Afei deɛ, meretɔ baha; wɔde me kra ama awudifoɔ.”