< यर्मिया 4 >

1 यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,
אִם־תָּשׁוּב יִשְׂרָאֵל ׀ נְאֻם־יְהֹוָה אֵלַי תָּשׁוּב וְאִם־תָּסִיר שִׁקּוּצֶיךָ מִפָּנַי וְלֹא תָנֽוּד׃
2 'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।”
וְנִשְׁבַּעְתָּ חַי־יְהֹוָה בֶּאֱמֶת בְּמִשְׁפָּט וּבִצְדָקָה וְהִתְבָּרְכוּ בוֹ גּוֹיִם וּבוֹ יִתְהַלָּֽלוּ׃
3 यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर ।
כִּי־כֹה ׀ אָמַר יְהֹוָה לְאִישׁ יְהוּדָה וְלִירוּשָׁלַ͏ִם נִירוּ לָכֶם נִיר וְאַֽל־תִּזְרְעוּ אֶל־קֹצִֽים׃
4 हे यहूदाका मानसिहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्‍ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्‍टताको कारणले कसैले निभाउन नसक्‍ने गरी बल्नेछ, मेरो क्रोध आगोझैं दन्कनेछ ।
הִמֹּלוּ לַיהֹוָה וְהָסִרוּ עׇרְלוֹת לְבַבְכֶם אִישׁ יְהוּדָה וְיֹשְׁבֵי יְרוּשָׁלָ͏ִם פֶּן־תֵּצֵא כָאֵשׁ חֲמָתִי וּבָֽעֲרָה וְאֵין מְכַבֶּה מִפְּנֵי רֹעַ מַעַלְלֵיכֶֽם׃
5 यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।'
הַגִּידוּ בִֽיהוּדָה וּבִירוּשָׁלַ͏ִם הַשְׁמִיעוּ וְאִמְרוּ (ותקעו) [תִּקְעוּ] שׁוֹפָר בָּאָרֶץ קִרְאוּ מַלְאוּ וְאִמְרוּ הֵאָסְפוּ וְנָבוֹאָה אֶל־עָרֵי הַמִּבְצָֽר׃
6 सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।
שְׂאוּ־נֵס צִיּוֹנָה הָעִיזוּ אַֽל־תַּעֲמֹדוּ כִּי רָעָה אָנֹכִי מֵבִיא מִצָּפוֹן וְשֶׁבֶר גָּדֽוֹל׃
7 आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्‍ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्‍ने गरी भग्‍नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।
עָלָה אַרְיֵה מִֽסֻּבְּכוֹ וּמַשְׁחִית גּוֹיִם נָסַע יָצָא מִמְּקֹמוֹ לָשׂוּם אַרְצֵךְ לְשַׁמָּה עָרַיִךְ תִּצֶּינָה מֵאֵין יוֹשֵֽׁב׃
8 यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।
עַל־זֹאת חִגְרוּ שַׂקִּים סִפְדוּ וְהֵילִילוּ כִּי לֹֽא־שָׁב חֲרוֹן אַף־יְהֹוָה מִמֶּֽנּוּ׃
9 यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”
וְהָיָה בַיּוֹם־הַהוּא נְאֻם־יְהֹוָה יֹאבַד לֵב־הַמֶּלֶךְ וְלֵב הַשָּׂרִים וְנָשַׁמּוּ הַכֹּהֲנִים וְהַנְּבִאִים יִתְמָֽהוּ׃
10 त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्‍चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।”
וָֽאֹמַר אֲהָהּ ׀ אֲדֹנָי יֱהֹוִה אָכֵן הַשֵּׁא הִשֵּׁאתָ לָעָם הַזֶּה וְלִירוּשָׁלַ͏ִם לֵאמֹר שָׁלוֹם יִהְיֶה לָכֶם וְנָגְעָה חֶרֶב עַד־הַנָּֽפֶשׁ׃
11 त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन ।
בָּעֵת הַהִיא יֵאָמֵר לָעָם־הַזֶּה וְלִירוּשָׁלַ͏ִם רוּחַ צַח שְׁפָיִם בַּמִּדְבָּר דֶּרֶךְ בַּת־עַמִּי לוֹא לִזְרוֹת וְלוֹא לְהָבַֽר׃
12 मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।
רוּחַ מָלֵא מֵאֵלֶּה יָבוֹא לִי עַתָּה גַּם־אֲנִי אֲדַבֵּר מִשְׁפָּטִים אוֹתָֽם׃
13 हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं ।
הִנֵּה ׀ כַּעֲנָנִים יַעֲלֶה וְכַסּוּפָה מַרְכְּבוֹתָיו קַלּוּ מִנְּשָׁרִים סוּסָיו אוֹי לָנוּ כִּי שֻׁדָּֽדְנוּ׃
14 ए यरूशलेम, दुष्‍टताबाट आफ्‍नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्‍न सक्‍छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्‍ने विषयमा हुनेछ?
כַּבְּסִי מֵרָעָה לִבֵּךְ יְרוּשָׁלַ͏ִם לְמַעַן תִּוָּשֵׁעִי עַד־מָתַי תָּלִין בְּקִרְבֵּךְ מַחְשְׁבוֹת אוֹנֵֽךְ׃
15 दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ ।
כִּי קוֹל מַגִּיד מִדָּן וּמַשְׁמִיעַ אָוֶן מֵהַר אֶפְרָֽיִם׃
16 जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्‍ला मच्‍चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर् ।
הַזְכִּירוּ לַגּוֹיִם הִנֵּה הַשְׁמִיעוּ עַל־יְרוּשָׁלַ͏ִם נֹצְרִים בָּאִים מֵאֶרֶץ הַמֶּרְחָק וַֽיִּתְּנוּ עַל־עָרֵי יְהוּדָה קוֹלָֽם׃
17 तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्‍नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो,
כְּשֹׁמְרֵי שָׂדַי הָיוּ עָלֶיהָ מִסָּבִיב כִּי־אֹתִי מָרָתָה נְאֻם־יְהֹוָֽה׃
18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
דַּרְכֵּךְ וּמַעֲלָלַיִךְ עָשׂוֹ אֵלֶּה לָךְ זֹאת רָעָתֵךְ כִּי מָר כִּי נָגַע עַד־לִבֵּֽךְ׃
19 ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
מֵעַי ׀ מֵעַי ׀ [אוֹחִילָה] (אחולה) קִירוֹת לִבִּי הֹמֶה־לִּי לִבִּי לֹא אַחֲרִשׁ כִּי קוֹל שׁוֹפָר (שמעתי) [שָׁמַעַתְּ] נַפְשִׁי תְּרוּעַת מִלְחָמָֽה׃
20 विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्‍नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्‍ट पारिए ।
שֶׁבֶר עַל־שֶׁבֶר נִקְרָא כִּי שֻׁדְּדָה כׇּל־הָאָרֶץ פִּתְאֹם שֻׁדְּדוּ אֹֽהָלַי רֶגַע יְרִיעֹתָֽי׃
21 मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु?
עַד־מָתַי אֶרְאֶה־נֵּס אֶשְׁמְעָה קוֹל שׁוֹפָֽר׃
22 मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्‍ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् ।
כִּי ׀ אֱוִיל עַמִּי אוֹתִי לֹא יָדָעוּ בָּנִים סְכָלִים הֵמָּה וְלֹא נְבוֹנִים הֵמָּה חֲכָמִים הֵמָּה לְהָרַע וּלְהֵיטִיב לֹא יָדָֽעוּ׃
23 मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन ।
רָאִיתִי אֶת־הָאָרֶץ וְהִנֵּה־תֹהוּ וָבֹהוּ וְאֶל־הַשָּׁמַיִם וְאֵין אוֹרָֽם׃
24 मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।
רָאִיתִי הֶהָרִים וְהִנֵּה רֹעֲשִׁים וְכׇל־הַגְּבָעוֹת הִתְקַלְקָֽלוּ׃
25 मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।
רָאִיתִי וְהִנֵּה אֵין הָאָדָם וְכׇל־עוֹף הַשָּׁמַיִם נָדָֽדוּ׃
26 मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।
רָאִיתִי וְהִנֵּה הַכַּרְמֶל הַמִּדְבָּר וְכׇל־עָרָיו נִתְּצוּ מִפְּנֵי יְהֹוָה מִפְּנֵי חֲרוֹן אַפּֽוֹ׃
27 परमप्रभु यसो भन्‍नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्‍ट पार्दिनँ ।
כִּי־כֹה אָמַר יְהֹוָה שְׁמָמָה תִֽהְיֶה כׇּל־הָאָרֶץ וְכָלָה לֹא אֶעֱשֶֽׂה׃
28 यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्‍नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्‍नँ ।
עַל־זֹאת תֶּאֱבַל הָאָרֶץ וְקָדְרוּ הַשָּׁמַיִם מִמָּעַל עַל כִּֽי־דִבַּרְתִּי זַמֹּתִי וְלֹא נִחַמְתִּי וְלֹא־אָשׁוּב מִמֶּֽנָּה׃
29 घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।
מִקּוֹל פָּרָשׁ וְרֹמֵה קֶשֶׁת בֹּרַחַת כׇּל־הָעִיר בָּאוּ בֶּעָבִים וּבַכֵּפִים עָלוּ כׇּל־הָעִיר עֲזוּבָה וְאֵין־יוֹשֵׁב בָּהֵן אִֽישׁ׃
30 अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस्? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।
(ואתי) [וְאַתְּ] שָׁדוּד מַֽה־תַּעֲשִׂי כִּֽי־תִלְבְּשִׁי שָׁנִי כִּֽי־תַעְדִּי עֲדִי־זָהָב כִּֽי־תִקְרְעִי בַפּוּךְ עֵינַיִךְ לַשָּׁוְא תִּתְיַפִּי מָאֲסוּ־בָךְ עֹגְבִים נַפְשֵׁךְ יְבַקֵּֽשׁוּ׃
31 त्यसैले म पीडाको आवाज, पहिलो बच्‍चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्‍याहट सुन्‍दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्‍कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”
כִּי קוֹל כְּחוֹלָה שָׁמַעְתִּי צָרָה כְּמַבְכִּירָה קוֹל בַּת־צִיּוֹן תִּתְיַפֵּחַ תְּפָרֵשׂ כַּפֶּיהָ אֽוֹי־נָא לִי כִּֽי־עָיְפָה נַפְשִׁי לְהֹרְגִֽים׃

< यर्मिया 4 >