< यर्मिया 38 >

1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,
Sefatiya mwana wa Matani, Gedaliya mwana wa Pasi-Huri, Yukali mwana wa Selemiya, ndi Pasi-Huri mwana wa Malikiya anamva zimene Yeremiya ankawuza anthu onse kuti,
2 “परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।
“Yehova akuti, ‘Aliyense amene akhale mu mzinda muno adzafa ndi nkhondo njala kapena mliri. Koma aliyense amene atatuluke kukadzipereka kwa Ababuloni adzapulumutsa moyo wake; iyeyo adzakhala ndi moyo.
3 परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।”
Mzinda uno udzaperekedwa ndithu kwa gulu lankhondo la mfumu ya ku Babuloni, amene adzawulande.’”
4 त्यसैले अधिकारीहरूले राजालाई भने, “यो मान्छे मरोस्, किनकि यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दै छ । त्यसले यी वचनहरू घोषणा गर्दैछ, किनकि मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ ।”
Tsono akuluakuluwo anawuza mfumu kuti, “Munthu uyu ayenera kuphedwa. Iye akutayitsa mtima asilikali pamodzi ndi anthu onse amene atsala mu mzinda muno, chifukwa cha zimene akuwawuza. Munthu ameneyu sakufunira zabwino anthuwa koma chiwonongeko chawo.”
5 त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”
Mfumu Zedekiya anayankha kuti, “Munthuyu ali mʼmanja mwanu. Ine sindingakuletseni chimene mukufuna kumuchitira.”
6 तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए । यो इनार गारदको चोकमा थियो । तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे । इनारमा पानी थिएन, तर त्‍यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए ।
Choncho iwo anatenga Yeremiya nakamuponya mʼchitsime cha Malikiya, mwana wa mfumu, chimene chinali mʼbwalo la alonda. Iwo anamutsitsira mʼdzenjemo ndi chingwe. Munalibe madzi koma matope okhaokha, ndipo Yeremiya anamira mʼmatopewo.
7 राजदरबारमा भएका नपुंसकमध्ये कूशी एबेद-मेलेक एक जना थिए । तिनीहरूले यर्मियालाई इनारमा राखे भनी तिनले सुने । त्यस बेला राजा बेन्यामीनको मूल ढोकामा बसिरहेका थिए ।
Koma Ebedi-Meleki, Mkusi, mmodzi mwa anthu ofulidwa ogwira ntchito mʼnyumba ya mfumu, anamva kuti Yeremiya anamuponya mʼchitsime. Nthawi imeneyo nʼkuti mfumu ili ku chipata cha Benjamini.
8 त्यसैले एबेद-मेलेक राजदरबाट गए र राजासित बात गरे । तिनले भने,
Ebedi-Meleki anatuluka ku nyumba ya mfumu kukayiwuza kuti,
9 “हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”
“Mbuye wanga mfumu, zimene anthu awa amuchitira mneneri Yeremiya ndi zoyipa kwambiri. Iwo amuponya mʼchitsime, ndipo adzafa ndi njala chifukwa buledi watha mu mzinda muno.”
10 तब राजाले कूशी एबेद-मेलेकलाई हुकुम गरे । तिनले भने, “यहाँबाट तिस जना मानिस साथमा लिएर जाऊ र यर्मिया अगमवक्ता मर्नुअगि तिनलाई इनारबाट निकाल ।”
Tsono mfumu inalamula Ebedi-Meleki, Mkusi, kuti, “Tenga anthu makumi atatu, ndipo mukamutulutse mʼchitsimemo mneneri Yeremiya asanafe.”
11 त्यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लिए र राजदरबारको एउटा भण्डर कोठामा गए । त्यहाँबाट तिनले थोत्रा र फाटेका कपडाहरू निकाले, र त्‍यसपछि तिनले इनारमा यर्मियाको लागि डोरीले बाँधेर ती झारिदिए ।
Pamenepo Ebedi-Meleki anatenga anthuwo, napita nawo ku nyumba ya mfumu ya pansi pa chipinda chosungiramo chuma. Kumeneko anakatengako sanza ndipo anatsitsira sanzazo ndi chingwe mʼchitsime mʼmene munali Yeremiya.
12 कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा पाखुरा र डोरीहरूको माथिपट्टि यी थोत्रा र फाटेका लुगाहरू लगाऊ ।” यर्मियाले त्यसै गरे ।
Ebedi-Meleki, Mkusi, anawuza Yeremiya kuti, “Ika sanzazo mkwapa mwako kuti zingwe zingakupweteke.” Yeremiya anachitadi zimenezi,
13 त्यसपछि तिनीहरूले यर्मियालाई डोरीको सहायताले ताने । यसरी तिनीहरूले तिनलाई इनारबाट बाहिर निकाले । यसरी यर्मिया गारदको चोकमा बसे ।
ndipo anamukoka ndi zingwe ndi kumutulutsa mʼchitsimecho. Ndipo Yeremiya anakhalabe ku bwalo la alonda.
14 तब राजा सिदकियाहले खबर पठाए र यर्मिया अगमवक्तालाई आफूकहाँ परमप्रभुको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याए । राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरो सोध्‍न चाहन्छु । मबाट जवाफ नलुकाऊ ।”
Tsiku lina Mfumu Zedekiya anayitana mneneri Yeremiya ndipo anabwera naye ku chipata chachitatu cha Nyumba ya Yehova. Mfumu inawuza Yeremiya kuti, “Ndikufuna kukufunsa kanthu kena, ndipo usandibisire chilichonse.”
15 यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई साँच्‍चै नै मार्नुहुन्‍न त?” तर मैले तपाईंलाई सल्लाह दिएँ भने तपाईंले सुन्‍नुहुनेछैन ।”
Yeremiya anati kwa Zedekiya, “Ndikakuyankhani, kodi simundipha? Ngakhaletu ine nditakulangizani, inu simudzandimvera.”
16 तर राजा सिदकियाहले यर्मियासित गुप्‍तमा वाचा बाँधे र भने, “हामीलाई बनाउनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु, कि म तिमीलाई मार्नेछैनँ वा तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछैनँ ।”
Koma Mfumu Zedekiya mwachinsinsi inalumbira kwa Yeremiya kuti, “Pali Yehova wamoyo, amene amatipatsa moyo, sindidzakupha ngakhalenso kukupereka kwa amene akufuna kukuphawa.”
17 त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् ।
Pamenepo Yeremiya anati kwa Zedekiya, “Yehova Wamphamvuzonse, Mulungu wa Israeli akuti, ‘Ngati mutuluka kukadzipereka kwa ankhondo a mfumu ya ku Babuloni, mudzakhala ndi moyo ndipo mzinda uno sadzawutentha, inu pamodzi ndi banja lanu mudzakhala ndi moyo.
18 तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।”
Koma ngati simutuluka kukadzipereka kwa ankhondo a mfumu ya ku Babuloni, mzinda uno udzaperekedwa kwa Ababuloni ndipo adzawutentha; inuyo simudzapulumuka mʼdzanja mwawo.’”
19 सिदकियाह राजाले यर्मियालाई भने, “तर कल्दीहरूकहाँ भागेर गएका यहूदाका मानिसहरूदेखि म डराएको छु, किनकि ममाथि खराब व्‍यवहार गर्नलाई मलाई तिनीहरूको हातमा सुम्‍पिएला ।”
Mfumu Zedekiya inati kwa Yeremiya, “Ine ndikuopa Ayuda amene anathawira kale kwa Ababuloni, pakuti mwina Ababuloniwo adzandipereka kwa Ayudawo ndipo iwowo adzandizunza.”
20 यर्मियाले भने, “तिनीहरूले तपाईंलाई उनीहरूका हातमा सुम्पिनेछैनन् । परमप्रभुबाट आएको सन्देशलाई मान्‍नुहोस्, जुन मैले तपाईंलाई बताउँदैछु जसले गर्दा तपाईंको भलो हुनेछ, र जसले गर्दा तपाईं बाँच्नुहुनेछ ।
Yeremiya anayankha kuti, “Ngati mumvera Yehova ndi kuchita zimene ndakuwuzani, ndiye kuti zinthu zidzakuyenderani bwino. Inu simudzaphedwa.
21 तर जान तपाईंले इन्कार गर्नुभयो भने त परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो ।
Koma mukakana kudzipereka, chimene Yehova wandiwululira ndi ichi:
22 हेर्नुहोस्, यहूदाका राजा अर्थात् तपाईंको महलमा छाडिएका सबै स्‍त्रीहरूलाई बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछ । यी स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंका मित्रहरूद्वारा तपाईं छलमा पर्नुभएको छ । तिनीहरूले तपाईंलाई नष्‍ट पारेका छन् । अब तपाईंका खुट्टा हिलोमा डुबेका छन्, र तपाईंका मित्रहरू भाग्‍नेछन् ।'
Akazi onse amene atsala mʼnyumba ya mfumu ya Yuda adzaperekedwa kwa akuluakulu a mfumu ya ku Babuloni. Akazi amenewo adzakuwuzani kuti, “‘Abwenzi ako okhulupirika aja anakusokeretsa, ndipo anakugonjetsa. Poti tsopano miyendo yako yazama mʼmatope; abwenzi ako aja akusiya.’
23 किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”
“Akazi pamodzi ndi ana anu adzaperekedwa kwa Ababuloni. Inuyo simudzapulumuka mʼmanja mwawo koma mfumu ya ku Babuloni idzakugwirani; mzinda uno adzawutentha.”
24 तब सिदकियाहले यर्मियालाई भने, “यी वचनको विषयमा कसैलाई नभन, जसले गर्दा तिमी मारिनेछैनौ ।
Pamenepo Zedekiya anati kwa Yeremiya, “Usawuze munthu wina aliyense zimene takambiranazi, ukatero udzaphedwa.
25 मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने र तिमीकहाँ आएर यसो भन्‍छन् भने, 'तिमीले राजालाई के भन्यौ, सो हामीलाई बताऊ, र हामीबाट त्‍यो नलुकाऊ, नत्र तिमीलाई हामी मर्नेछौ,'
Akuluakulu akamva kuti ndinayankhula nawe ndipo akabwera kwa iwe nʼkudzakufunsa kuti, ‘Tiwuze zimene unanena kwa mfumu ndi zimene mfumu inanena kwa iwe; usatibisire, ukatero tidzakupha,’
26 तब तिमीले तिनीहरूलाई यसो भन्‍नू, 'राजाले मलाई जोनाथनको घरमा मर्नलाई नपठाऊन् भनी मैले राजाको सामु विनम्र बिन्ती चढाएँ' ।”
udzawawuze kuti, ‘Ine ndimapempha mfumu kuti isandibwezerenso ku nyumba ya Yonatani kuti ndikafere kumeneko.’”
27 तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् ।
Akuluakulu onse anabweradi kwa Yeremiya kudzamufunsa. Iye anawayankha monga momwe mfumu inamulamula. Choncho palibe amene ananenanso kanthu, pakuti palibe amene anamva zomwe anakambirana ndi mfumu.
28 यसरी यरूशलेम कब्जा नभएसम्म यर्मिया गारदको चोकमा नै बसे ।
Ndipo Yeremiya anakhalabe mʼbwalo la alonda mpaka tsiku limene mzinda wa Yerusalemu unalandidwa.

< यर्मिया 38 >