< यर्मिया 36 >

1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्‍नुभयो,
A shekara ta huɗu ta Yehohiyakim ɗan Yosiya sarkin Yahuda, wannan magana ta zo wa Irmiya daga wurin Ubangiji cewa,
2 “आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज र इस्राएल, यहूदा र हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्यसमा लेख् । योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख् ।
“Ka ɗauki littafi ka rubuta dukan maganganun da na yi maka game da Isra’ila, Yahuda da kuma dukan sauran al’ummai daga lokacin da na fara maka magana a mulkin Yosiya har zuwa yanzu.
3 सायद मैले यहूदाका मानिसहरूमाथि ल्याउन चाहेका सबै विपत्तिबारे तिनीहरूले सुन्‍नेछन् । सायद हरेक व्‍यक्‍ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ, यसरी मैले तिनीहरूको अधर्म र तिनीहरूको पाप क्षमा दिन सकूँ ।”
Wataƙila sa’ad da mutanen Yahuda suka ji game da kowace masifar da na shirya in auka musu, kowa ya juya daga muguwar hanyarsa; sa’an nan in gafarta musu muguntarsu da kuma zunubinsu.”
4 तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्‍नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।
Saboda haka Irmiya ya kira Baruk ɗan Neriya, yayinda Irmiya yake fadar dukan waɗannan maganganun da Ubangiji ya faɗa masa, Baruk ya rubuta su a littafin.
5 त्‍यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए । तिनले भने, “म थुनामा छु, र परमप्रभुको मन्दिरमा जान सक्दिनँ ।
Sai Irmiya ya ce wa Baruk, “An hana ni, ba zan tafi haikalin Ubangiji ba.
6 त्यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्‍ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्‍ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।
Saboda haka ka tafi gidan Ubangiji a ranar azumi ka karanta wa mutane daga littafin maganar Ubangiji da na shibta maka ka rubuta. Ka karanta su ga dukan mutanen Yahuda waɗanda suka zo daga garuruwansu.
7 सायद कृपाको लागि तिनीहरूको बिन्ती परमप्रभुको सामु आउनेछ । परमप्रभुले यस जातिको विरुद्धमा घोषणा गर्नुभएको रिस र क्रोध गम्‍भिर भएको हुनाले सायद हरेक व्यक्ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ ।”
Wataƙila za su kawo kukansu a gaban Ubangiji, kowanne kuma ya juya daga muguwar hanyarsa, gama fushi da hasalar da Ubangiji ya furta a kan mutanen nan yana da girma.”
8 त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।
Sai Baruk ɗan Neriya ya yi dukan abin da annabi Irmiya ya ce ya yi; a haikalin Ubangiji kuwa ya karanta maganar Ubangiji daga littafin
9 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौं वर्षको नवौँ महिनामा यरूशलेमका सबै मानिस र यहूदाका सहरहरूबाट यरूशलेम आएका सबै मानिसले परमप्रभुको सामु उपवासको घोषणा गरे ।
A watan tara na shekara ta biyar ta Yehohiyakim ɗan Yosiya sarkin Yahuda, an yi shela a yi azumi a gaban Ubangiji ga dukan mutanen Urushalima da waɗanda suka zo daga garuruwan Yahuda.
10 माथिल्लो चोकमा, परमप्रभुको मन्दिरको नयाँ मूल ढोकाको छेउमा भएको सचिव शापानका छोरा गमर्याहको कोठाबाट बारूकले परमप्रभुको मन्दिरमा यर्मियाका वचनहरू चर्को सोरमा पढे । सबै मानिसले सुन्‍ने गरी तिनले यसो गरे ।
Daga ɗakin Gemariya ɗan Shafan magatakarda, wanda yake a fili na bisa a mashigin Sabuwar Ƙofar haikali, Baruk ya karanta wa dukan mutane a haikalin Ubangiji maganar Irmiya daga littafin.
11 गमर्याहका छोरा, शापानका नाति मीकायाले मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने ।
Sa’ad da Mikahiya ɗan Gemariya, ɗan Shafan, ya ji dukan maganar Ubangiji daga littafin,
12 तिनी राजमहलमा भएको सचिवको कोठामा गए । हेर, त्यहाँ सबै अधिकारी अर्थात् सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह र अन्‍य सबै अधिकारी बसिरहेका थिए ।
sai ya sauka zuwa ɗakin magatakarda a fada, inda dukan fadawa suke zaune, Elishama magatakarda, Delahiya ɗan Shemahiya, Elnatan ɗan Akbor, Gemariya ɗan Shafan, Zedekiya ɗan Hananiya, da dukan sauran fadawa.
13 तब सबै मानिसले सुन्‍ने गरी बारूकले चर्को सोरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए, तिनले तिनीहरूलाई ती बताइदिए ।
Bayan Mikahiya ya faɗa musu kome da ya ji Baruk ya karanta wa mutane daga littafin,
14 त्यसैले सबै अधिकारीले नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ पठाए । यहूदीले बारूकलाई भने, “सबै मानिसले सुन्‍ने गरी तिमीले पढेको मुट्ठो आफ्नो हातमा लेऊ र आऊ ।” त्यसैले नेरियाहका छोरा बारूकले आफ्नो हातमा मुट्ठा लिए र अधिकारीहरूकहाँ गए ।
sai dukan fadawan suka aiki Yehudi ɗan Netaniya, ɗan Shelemiya, ɗan Kushi, ya ce wa Baruk, “Ka zo tare da littafin da ka karanta wa mutane.” Saboda haka Baruk ɗan Neriya ya tafi wurinsu tare da littafin a hannunsa.
15 तब तिनीहरूले तिनलाई भने, “बस र यो हामीले सुन्‍ने गरी पढ ।” त्यसैले बारूकले मुट्ठो पढे ।
Suka ce masa, “Zauna, ka karanta mana littafin.” Sai Baruk ya karanta musu littafin.
16 जब तिनीहरूले यी सबै वचन सुने, तब डरले हरेक मानिसले एक-अर्कालाई हेर्न लागे, बारूकलाई भने, “निश्‍चय नै हामीले यी सबै वचन राजालाई बताउनैपर्छ ।”
Da suka ji dukan maganar, sai suka dubi juna a firgice suka ce wa Baruk, “Dole mu sanar da dukan maganan nan ga sarki.”
17 तब तिनीहरूले बारूकलाई सोधे, “हामीलाई बताऊ, तिमीले यर्मियाको आवाज सुनेर यी सबै वचन कसरी लेख्यौ?”
Sa’an nan suka ce wa Baruk, “Faɗa mana yadda ka yi ka rubuta dukan wannan. Irmiya ne ya yi maka shibtar ta?”
18 बारूकले तिनीहरूलाई भने, “तिनले यी सबै वचन मलाई बोले र मैले तिनलाई यस मुट्ठोमा मसीले लेखें ।”
Baruk ya amsa ya ce, “I, shi ne ya faɗa mini dukan wannan magana, na kuwa rubuta su a takarda.”
19 तब अधिकारीहरूले बारूकलाई भने, “जाऊ तिमी र यर्मिया पनि गएर लुक । तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् ।”
Sa’an nan fadawan suka ce wa Baruk, “Kai da Irmiya ku je ku ɓuya. Kada ku bari wani ya san inda kuke.”
20 त्यसैले तिनीहरूले त्यस मुट्ठोलाई सचिव एलीशामाको कोठामा राखिदिए, र तिनीहरू चोकमा राजाकहाँ गए, अनि राजाले सुन्‍ने गरी हरेक कुरा तिनीहरूले बताए ।
Bayan da suka ajiye littafin a ɗakin Elishama magatakarda, sai suka tafi wurin sarki a fili suka sanar da shi kome.
21 तब राजाले यहूदीलाई त्यो मुट्ठो लिन पठाए । यहूदीले सचिव एलीशामाको कोठाबाट त्‍यो मुट्ठो लिए । तब तिनले राजा र तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्‍ने गरी त्‍यो पढे ।
Sai sarki ya aiki Yehudi ya kawo littafin daga ɗakin Elishama magatakarda ya kuma karanta wa sarki da kuma dukan fadawan da suke tsaye kusa da shi.
22 नवौँ महिनमा राजा हिउँदमा बस्‍ने महलमा बसिरहेका थिए, र तिनको सामु मकलमा आगो बलिरहेको थियो ।
A watan tara ne sarki kuwa yana zaune a gidansa na rani, wuta kuwa tana ci a kasko a gabansa.
23 जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्‍कूले ती काटे र जम्मै मुट्ठो नष्‍ट नभएसम्म त्‍यसलाई बलिरहेको मकलमा फाले ।
Duk sa’ad da Yehudi ya karanta sashi uku ko huɗu na littafin, sai sarkin ya sa wuƙa ya yanke su, ya zuba a wutar da take ci a kasko, da haka ya ƙone dukan littafin.
24 तर यी वचन सुन्‍ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते ।
Sai sarki da dukan masu yin masa hidima waɗanda suke jin maganan nan ba su firgita ba, balle su keta rigunansu.
25 एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।
Ko da yake Elnatan, Delahiya da Gemariya sun roƙi sarki kada yă ƙone littafin, bai saurare su ba.
26 तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्‍तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
A maimakon haka, sai sarki ya umarci Yerameyel ɗan sarki, Serahiya ɗan Azriyel da Shelemiya ɗan Abdeyel su kama Baruk marubuci da Irmiya annabi. Amma Ubangiji ya ɓoye su.
27 तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
Bayan sarki ya ƙone littafin da ya ƙunshi maganar da Baruk ya rubuta daga shibtar Irmiya, sai maganar Ubangiji ta zo wa Irmiya cewa,
28 “फर्केर जा, आफ्‍नो निम्‍ति अर्को मुट्ठा लि, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्‍यसमा लेख् ।
“Ka ɗauki wani littafi ka rubuta a kansa dukan maganar da littafi na farin ya ƙunsa, wanda Yehohiyakim sarkin Yahuda ya ƙone.
29 तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’
Ka kuma faɗa wa Yehohiyakim sarkin Yahuda cewa, ‘Ga abin da Ubangiji yana cewa, ka ƙone wancan littafin ka kuma ce, “Don me ka rubuta a cikinsa, cewa lalle sarkin Babilon zai zo ya hallaka wannan ƙasa, zai kashe mutum duk da dabba?”
30 त्यसकारण यहूदाका राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः तेरो कुनै पनि सन्तान कहिल्यै पनि दाऊदको सिंहासनमा बस्‍नेछैन । तेरो विषयमाचाहिं, तेरो लाश दिउँसोको घाममा र रातीको शीतमा लडिरहने छ ।
Saboda haka, ga abin da Ubangiji yana cewa game da Yehohiyakim sarkin Yahuda. Ba zai kasance da wani wanda zai zauna a kan gadon sarautar Dawuda ba; za a jefar da gawarsa ta sha zafi da rana da dare kuma ta sha matsanancin sanyi.
31 किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्‍ड म तेरा सन्तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्‍दा र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैंले त्‍यसमा ध्यानै दिइनस्' ।”
Zan hukunta shi da kuma’ya’yansa da masu hidimarsa saboda muguntarsu; zan kawo kowace masifar da na furta a kansu da kuma waɗanda suke zama a Urushalima da na Yahuda, domin sun ƙi su saurara.’”
32 त्यसैले यर्मियाले अर्को मुट्ठो लिए र त्‍यो नेरियाहका छोरा सचिव बारूकलाई दिए । यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको मुट्ठोमा यर्मियाको आवाज सुनेर बारूकले लेखेका सबै वचन त्‍यसमा लेखे । यसबाहेक, अन्य धेरै उस्तै वचनहरू पनि त्यस मुट्ठोमा थपिए ।
Sai Irmiya ta ɗauko wani littafi ya ba wa Baruk ɗan Neriya marubuci, kuma yayinda Irmiya yake shibtawa, Baruk ya rubuta a littafin dukan maganar da take a littafin da Yehohiyakim sarkin Yahuda ya ƙone. Ya kuma ƙara ire-iren maganganun nan a kansu.

< यर्मिया 36 >