< यर्मिया 34 >

1 बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः
巴比伦王尼布甲尼撒率领他的全军和地上属他的各国各邦,攻打耶路撒冷和属耶路撒冷所有的城邑。那时,耶和华的话临到耶利米说:
2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।
“耶和华—以色列的 神说,你去告诉犹大王西底家,耶和华如此说:我要将这城交付巴比伦王的手,他必用火焚烧。
3 तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'
你必不能逃脱他的手,定被拿住,交在他的手中。你的眼要见巴比伦王的眼,他要口对口和你说话,你也必到巴比伦去。
4 ए यहूदाका राजा सिदकियाह, परमप्रभुको यो वचन सुन् । तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ तरवारले मारिनेछैनस् ।
犹大王西底家啊,你还要听耶和华的话。耶和华论到你如此说:你必不被刀剑杀死,
5 तँ शान्तिमा मर्नेछस् । तेरा पुर्खाहरू अर्थात् तँभन्दा अगिका राजाहरूको मृत्यु संस्कारमा भएजस्तै तिनीहरूले तेरो लाश जलाउनेछन् । तिनीहरूले भन्‍नेछन्, 'हाय मालिक!' तिनीहरूले तेरो निम्ति विलाप गर्नेछन् । मैल यो कुरा भनेको छु, यो परमप्रभुको घोषणा हो ।”
你必平安而死,人必为你焚烧物件,好像为你列祖,就是在你以前的先王焚烧一般。人必为你举哀说:‘哀哉!我主啊。’耶和华说:这话是我说的。”
6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।
于是,先知耶利米在耶路撒冷将这一切话告诉犹大王西底家。
7 बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका बाँकी रहेका सबै सहरः लाकीश र आजेकाको विरुद्धमा युद्ध गरे । यहूदाका यी सहर किल्लाबन्दी गरिएका सहरको रूपमा बाँकी रहेका थिए ।
那时,巴比伦王的军队正攻打耶路撒冷,又攻打犹大所剩下的城邑,就是拉吉和亚西加。原来犹大的坚固城只剩下这两座。
8 राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,
西底家王与耶路撒冷的众民立约,要向他们宣告自由,叫各人任他希伯来的仆人和婢女自由出去,谁也不可使他的一个犹大弟兄作奴仆。(此后,有耶和华的话临到耶利米。)
9 हरेक मानिसले आ-आफ्ना हिब्रू कमारा-कमारीलाई फुक्‍का गर्नुपर्छ । कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारा राख्‍नुहुँदैनथ्यो ।
10 त्यसैले सबै अगुवा र मानिसहरू यस करारमा संलग्‍न भए, जसमा तिनीहरू हरेकले आ-आफ्ना कमारा-कमारी फुक्‍का गर्नुपर्थ्यो, जसले गर्दा तिनीहरू फेरि कमारा हुनेछैनन् । तिनीहरूले पालन गरे र तिनीहरूलाई फुक्‍का गरे ।
所有立约的首领和众民就任他的仆人婢女自由出去,谁也不再叫他们作奴仆。大家都顺从,将他们释放了;
11 तर यसपछि तिनीहरूले आफ्नो मन बद्ले । तिनीहरूले फुक्‍का गरिदिएका कमारा-कमारीहरूलाई फर्काएर ल्याए, र तिनीहरूलाई फेरि कमारा-कमारी हुन जबरदस्ती गरे ।
后来却又反悔,叫所任去自由的仆人婢女回来,勉强他们仍为仆婢。
12 त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
因此耶和华的话临到耶利米说:
13 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट निकालेर ल्याएको दिनमा म आफैले तिनीहरूसित एउटा करार बाँधें । त्‍यसति बेला मैले भनेको थिएँ,
“耶和华—以色列的 神如此说:我将你们的列祖从埃及地为奴之家领出来的时候,与他们立约说:
14 'प्रत्येक सात वर्षको अन्त्यमा हरेक मानिसले आफ्नो हिब्रू दाजुभाइलाई मुक्त गरिदिनू, जसले आफैलाई तँकहाँ बेचेको छ र छ वर्षसम्म तेरो सेवा गरेको छ । त्यसलाई स्वतन्त्र गराएर पठाउनू ।' तर तिमीहरूका पुर्खाहरूले मेरो कुरा सुनेनन् वा मेरा कुरा सुन्‍नमा आफ्‍ना ध्यान लगानन् ।
‘你的一个希伯来弟兄若卖给你,服事你六年,到第七年你们各人就要任他自由出去。’只是你们列祖不听从我,也不侧耳而听。
15 तर तिमीहरू आफैले चाहिं पश्‍चात्ताप गरेका र मेरो दृष्‍टिमा जे ठिक छ, सो गर्न थालेका छौ । तिमीहरू हरेकले आफ्नो छिमेकीलाई स्वतन्त्रताको घोषणा गर्‍यौ, र मेरो नाउँद्वारा कहलाइने मन्दिरमा तिमीहरूले मेरो सामु करार बाँध्यौ ।
如今你们回转,行我眼中看为正的事,各人向邻舍宣告自由,并且在称为我名下的殿中、在我面前立约。
16 तर तिमीहरू तर्केर गयौ र मेरो नाउँलाई दुषित पार्‍यौ । तिमीहरूले हरेक मानिसलाई आ-आफ्ना कमारा-कमारी तिनीहरूका आफ्‍ना इच्‍छाले जहाँ गएका थिए त्‍यहाँबाट तिनीहरूलाई तिमीहरूले फिर्ता ल्याउन लगायौ । तिमीहरूले फेरि तिनीहरूलाई जबरदस्ती आफ्‍ना कमारा तुल्यायौ ।'
你们却又反悔,亵渎我的名,各人叫所任去随意自由的仆人婢女回来,勉强他们仍为仆婢。
17 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरू आफूले पनि मेरो कुरा सुनेका छैनौ । तिमीहरू हरेकले आफ्ना दाजुभाइ र इस्राएली बन्‍धुलाई स्वतन्त्रताको घोषणा गर्नुपर्थ्यो । त्यसैले हेर्, अब मैले तिमीहरूका निम्ति स्वतन्त्रताको घोषणा गर्नै लागेको छु, यो परमप्रभुको घोषणा हो । तिमीहरूलाई तरवार, विपत्ति र अनिकालबाट मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु, किनकि म तिमीहरूलाई पृथ्वीका हरेक राज्यको दृष्‍टिमा घिनलाग्दो पात्र बनाउनेछु ।
所以耶和华如此说:你们没有听从我,各人向弟兄邻舍宣告自由。看哪!我向你们宣告一样自由,就是使你们自由于刀剑、饥荒、瘟疫之下,并且使你们在天下万国中抛来抛去。这是耶和华说的。
18 त्यसपछि मेरो करार भङ्ग गरेका मानिसहरू, मेरो सामु गरेका करारका वचन पुरा नगर्ने ती मानिसहरूसँग म त्यही साँढेसित गरेजस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारे र त्यसको बिचबाट हिंडे,
犹大的首领、耶路撒冷的首领、太监、祭司,和国中的众民曾将牛犊劈开,分成两半,从其中经过,在我面前立约。后来又违背我的约,不遵行这约上的话。
19 र यहूदा र यरूशलेमका अगुवाहरू, नपुंसकहरू र पुजारीहरू अनि देशका सबै मानिस त्यही दुई फ्याक गरिएको साँढेको बिचबाट हिंडे ।
20 म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।
我必将他们交在仇敌和寻索其命的人手中;他们的尸首必给空中的飞鸟和地上的野兽作食物。
21 म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।
并且我必将犹大王西底家和他的首领交在他们仇敌和寻索其命的人,与那暂离你们而去巴比伦王军队的手中。
22 यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”
耶和华说:我必吩咐他们回到这城,攻打这城,将城攻取,用火焚烧。我也要使犹大的城邑变为荒场,无人居住。”

< यर्मिया 34 >