< यर्मिया 33 >
1 तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो,
Bere a Yeremia da so da dua mu wɔ awɛmfo adiwo hɔ no, Awurade asɛm baa ne nkyɛn ne mprenu so se:
2 “बनाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो ।
“Sɛɛ na Awurade se, nea ɔbɔɔ asase, Awurade a ɔyɛe na ɔma egyinae, Awurade ne ne din:
3 'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'
‘Frɛ me na megye wo so, na maka wo nsɛm akɛse ne nneɛma a ahintaw a wunnim.’
4 किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,
Na nea Awurade, Israel Nyankopɔn, ka de fa afi a ɛwɔ saa kuropɔn yi mu ne Yuda ahemfi ahorow a wɔabubu no ho, sɛnea ɛbɛyɛ a wubenya nea wɔde besiw ntuano afasu ne afoa no ano,
5 'मेरो क्रोध र मेरो रिसमा लडाइँ गर्न र मैले मार्ने मानिसहरूका लाशहरूले म ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन्, जति बेला तिनीहरूका सबै दुष्टताको कारणले म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु ।
wɔ wɔne Babiloniafo ɔko no mu. ‘Nnipa a mede mʼabufuw ne mʼabufuwhyew bekunkum wɔn no afunu bɛyɛ hɔ ma. Meyi mʼani afi saa kuropɔn yi so esiane nʼamumɔyɛ nyinaa nti.
6 तर हेर्, मैले निको पार्न र हेरविचार गर्नै लागेको छु, किनकि म तिनीहरूलाई निको पार्नेछु, र तिनीहरूकहाँ प्रचुरता, शान्ति र विश्वासयोग्यता ल्याउनेछु ।
“‘Nanso mede ahoɔden ne ayaresa bɛbrɛ no; mɛsa me nkurɔfo yare na mama wɔanya asomdwoe ne bammɔ a ɛdɔɔso.
7 यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्तै म तिनीहरूलाई निर्माण गर्नेछु ।
Mɛsan de Yuda ne Israel afi nnommum mu aba na masan agye wɔn asi hɔ sɛ nea na wɔte dedaw no.
8 तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट म तिनीहरूलाई शुद्ध पार्नेछु । तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म र तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई म क्षमा दिनेछु ।
Mɛhohoro wɔn bɔne a wɔayɛ atia me no nyinaa, na mede wɔn atuatew ho bɔne nso akyɛ wɔn.
9 किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्नेछन् ।'
Na saa kuropɔn yi bɛma me din ahyeta, ɛbɛma me anigye, ayeyi ne anuonyam wɔ asase so aman a wɔte nnepa a meyɛ ma no nyinaa mu; wobesuro na wɔn ho apopo wɔ yiyedi ne asomdwoe bebrebe a mede ma no nti.’
10 परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्यहाँ फेरि पनि आवाज सुनिनेछ,
“Sɛɛ na Awurade se: ‘Woka fa saa beae yi ho se, “Ada mpan a nnipa anaasɛ mmoa nni so.” Nanso Yuda nkurow ne Yerusalem mmɔnten a ada mpan na nnipa anaa mmoa nni no, hɔ na wɔbɛsan ate bio,
11 आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्नुहुन्छ ।
ahurusi ne anigye nnyigyei, ayeforo ne ayeforokunu nne ne wɔn a wɔde aseda afɔrebɔ reba Awurade fi nne se, “‘“Momfa aseda mma Asafo Awurade, efisɛ Awurade ye, na ne dɔ wɔ hɔ daa.” Na mɛsan de asase no so nnepa a wɔwɔ hɔ dedaw no aba bio,’ Awurade, na ose.
12 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा— यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् ।
“Sɛɛ na Asafo Awurade se: ‘Ɛha yi a ada mpan a nnipa ne mmoa nni no; ne nkurow nyinaa so no, wobenya nguanhwɛfo adidibea ne nea wɔn nguankuw bɛhome.
13 पहाडी देशका सहरहरू, तराई र नेगेव, बेन्यामीनको इलाका र सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरूमा बगालहरू तिनीहरूको गोठाला गर्नेहरूका हातले गनी-गनीकन चराउनेछन्,’ परमप्रभु भन्नुहुन्छ ।
Nkurow a ɛwɔ ɔman a ɛda bepɔw so no atɔe fam mmepɔw ase mu, Negeb, Benyamin mantam mu, nkuraa a atwa Yerusalem ho ahyia ne Yuda nkurow mu, nguankuw betwa mu bio wɔ nea ɔkan wɔn no nsa ase.’ Awurade, na waka.
14 ‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु ।
“‘Nna no reba,’ Awurade na ose, a mɛma adom bɔ a mehyɛɛ Israel ne Yudafi no aba mu.
15 ती दिनमा र त्यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्नेछु, र तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन् ।
“‘Nna no mu ne saa bere no mɛma trenee Dubaa afefɛw afi Dawid ase; ɔbɛyɛ nea ɛteɛ ne nea eye wɔ asase no so.
16 ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।'
Saa nna no mu, wobegye Yuda nkwa na Yerusalem bɛtena asomdwoe mu. Eyi ne din a wɔde bɛfrɛ no Awurade, Yɛn Trenee.’
17 किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,
Na sɛɛ na Awurade se: ‘Ɔbarima a ɔbɛtena Israel ahengua so no remmɔ Dawid da,
18 न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'”
saa ara nso na asɔfo a wɔyɛ Lewifo no, ɔbarima a obegyina mʼanim daa abɔ ɔhyew afɔre ne aduan afɔre na ɔde afɔre ahorow abrɛ me, remmɔ wɔn da.’”
19 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
Awurade asɛm baa Yeremia nkyɛn se:
20 “परमप्रभु यसो भन्नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने,
“Sɛɛ na Awurade se: ‘Sɛ wubetumi abu me ne adekyee ne adesae apam so, na adekyee ne adesae amma wɔn bere a wɔahyehyɛ no a,
21 तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्नेछौ, जसको कारणले उसको सिंहासनमा बस्न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।
ɛno de, na me ne mʼakoa Dawid apam ne Lewifo a wɔyɛ asɔfo a wɔsom wɔ mʼanim no apam no nso, wubetumi abu so, na Dawid rennya nʼaseni a ɔbɛtena ahengua so adi hene bio.
22 जसरी आकाशका ताराहरू गन्न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।”
Mɛma mʼakoa Dawid asefo ne Lewifo a wɔsom wɔ mʼanim no ase adɔ te sɛ ɔsoro nsoromma a wontumi nkan ne mpoano nwea a wontumi nsusuw.’”
23 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
Awurade asɛm baa Yeremia nkyɛn se,
24 “के यी मानिसले भनेका कुरामा तैंले ध्यान दिएको छैनस्? तिनीहरूले भनेका छन्, 'परमप्रभुले चुन्नुभएका दुईवटा परिवारलाई उहाँले अहिले त्याग्नुभएको छ ।' यसरी तिनीहरूले मेरो मानिसलाई तिरस्कार गर्छन् । तिनीहरूका दृष्टमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा हरेनन् भन्दैछन् ।
“Wontee sɛ nnipa yi reka se, ‘Awurade apo ahenni abien a oyii no’ ana? Enti wobu me man animtiaa na wɔmmfa wɔn sɛ wɔyɛ ɔman bio.
25 म, परमप्रभु यसो भन्छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए,
Nea Awurade se ni: ‘Sɛ mantintim me ne adekyee ne adesae apam ne ɔsoro ne asase mmara no a,
26 मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”
ɛno de anka mɛpo Yakob ne mʼakoa Dawid asefo, na merenyi ne mmabarima mu baako sɛ onni Abraham, Isak ne Yakob asefo so. Na mede wɔn ahonyade bɛsan ama wɔn, na manya ayamhyehye ama wɔn.’”